सारँगी र मादलको प्रचारप्रसार गर्न सुशिल र हेमराज गन्धर्वद्धय विश्व यात्रामा निस्कने

विभेद बिरुद्ध अभियान- काठमाडौं,  ९ भदौ । सारँगी र मादलको प्रचारप्रसार गर्नको लागि बाध्यवाधक सुशिल गन्धर्व र हेमराज गन्धर्व विश्व यात्रामा निस्कने भएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेपाली कला, संस्कृति, लोकसँगीत, लोक बाजालाई अन्र्तराष्ट्रियकरण र संरक्षण तथा प्रचारप्रसार गर्नको लागि आफूहरु विश्वयात्रामा होमिन लागेको जनाएका हुन् ।
‘‘हरेक देशको आफ्नो पहिचान हुन्छ । जीवनयापन गर्ने तरिकाहरू पनि बेग्ला–बेग्लै हुन्छन् । नेपालीहरूको प्रमुख चिनारीको रुपमा लोक गित र लोक बाजालाई लिने गरिएको पाईन्छ । हरेक समय नेता प्रधानमन्त्री, मन्त्रीका समाचार सुन्ने र पत्रकारले कलम चलाउने रिपोटर्स क्लवको हलमा सारङ्गी र मादल बजेको सुनियो । सारङ्गी र मादलको धुनमा पत्रकारहरू आज राम्रैसँग मन्त्रमुग्ध हुन पुगे ।’’
कार्यक्रमका प्रमुख अतिथी तथा पत्रकार ऋषि धमालाले आफ्नो रगतमा नेपाली लोकगितका शब्द र लोक बाजाको सुरिलो आवाज गुन्जिएको उल्लेख गर्दै पत्रकारहरूले राजनीतिक समाचारहरू मात्रै लेखेर जनताको मन जित्न नसकिने र पत्रकारको सच्चा धर्म त्यो नभएको स्पष्ट पारे ।अर्को प्रसँगमा धमलाले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसीभैलोमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि मादल र सारङ्गीको तालमा नाचेको स्मरण गरे ।
उनले सधै जसो प्रधानमन्त्री, मन्त्री, नेता कार्यकर्ता र समयका कुरा गर्ने पत्रकारले जनताको जीवनसँग जोडिएका र हाम्रो विशाल सँस्कार–सँस्कृतिको अर्थ बोकेका कैयन विषयमा लेख्न, खिच्न र प्रचार प्रसार गर्न कन्जुसाई गरेकोमा गुनासो पोखे ।
त्यसैगरि कार्यक्रममा प्राध्यापक केशव बस्नेतले मेचिदेखि महाकालीसम्म आफ्नो मातृ बाजा र गितको बारेमा अभियान चलाउनुपर्नेमा जोड दिए । उनले अघि थपे,‘अरुको सिको गर्ने र आफ्नो पहिचानलाई भुल्ने प्रवृति कदापी पनि राम्रो होईन ।’
अर्का बक्ता पदम बस्नेतले आफु दुःखी भएर पनि अरुलाई हसाँउन सक्ने कलाकारहरूको राज्यमा कुनै सम्मान नभएकोे गुनासो पोखे । उनले मादल र सारँगी अब कुनै समुदायको मात्रै नभएर यो विश्वमा नेपालीलाई चिनाउने अर्को सशक्त माध्यम हुने बताए ।
कार्यक्रमका सभापति एवं बाध्यवाधक सुशिल गन्धर्वले संसारको कुनैपनि देशमा नपाईने र नबज्ने त्यो पनि विधुतबिना सुमधुर धुन निस्किने बाजा नेपालीसँग मात्र रहेकोमा गर्व गरे ।
उनले आफू र अर्का अभियन्ता हेमराज गन्धर्वले डोल्पाको दुनहीबाट नेपालगञ्ज उड्दै गरेको हवाईजहाजमा विश्वको ईतिहासमै पहिलोपटक सारङ्गी र मादल बजाएको दावी समेत गरे ।
कार्यक्रममा गन्र्धवद्धय सुशिल र हेमराजले पत्रकार ऋषि धमलाको व्यक्तित्व र उनको काम गर्ने शैलीबाट आफूहरु निकै प्रभावित भएको उल्लेख गर्दै धमला समर्पित गीत समेत गाएका थिए ।बाध्यवाधकद्धय सुशिल गन्धर्व र हेमराज गन्धर्वको स्थायी घर दाङ हो ।

No comments:

Post a Comment