विभेद बिरुद्ध अभियान-१२ भदौ । गरिबीका कारण केहि पैसा कमाउने आशामा १४ बर्ष अगाडी २०६२ सालमा साउदी पुगेका भाचोक-७ मकैखोला, पोखरा कास्कीका जित बहादुर दमाई अहिले सम्म नेपाल फर्कने आशामा साउदीको बिरानो ठाउमा नै आफ्नो दुखि जीवन कटाउन विवस छन् ।
बिगत ७ बर्ष देखि घर परिवार संग पनि सम्पर्क बिहिन भएका जित बहादुर साउदीको रफा भन्ने ठाउमा रहेको हामीलाई जानकारी दिएका छन् । जित बहादुरले हामी संग भने, म नेपाली दुतावास पनि गएको थिए एउटा कागज बनाएर दिएको थियो तर मलाई साहुले पासपोर्ट नदिएकोले नेपाल जान सकिन। लामो समय देखि साउदीमा रहेका जित बहादुर काठमाडौं पुगेपछि आफ्नो घर पुग्न पनि अरुको सहयोग लिनु पर्ने बताउछन् । सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई मेरो अवस्थाको बारेमा नेपाल सरकार सम्म पुर्याइदिएर मेरो उद्धार गर्न पहल गरिदिन विनम्र आग्रह गर्नु भएको छ ।
१४ बर्ष देखि घर फर्किन नसकेका जित बहादुर घर फिर्ता गराउन पहल गरिदिनका लागि सँघसँस्था , नेपाली समुदाय र नेपाल सरकारसँग बिलाप गरेका छन, म ५५ बर्षकाे सेतै फुलेकाे बुढाे मान्छे मर्नु आज हाेकि भाेलि टुङ्गाे छैन , नेपाली माटाेमा टेकेर मर्न पाउ भन्छन । गरिबिले थिचिरहेकाे बुढ्याैलिमा प्रदेशिन रहर थिएन जित बहादुर दमाई लाई , बाध्यता थियाे भाेकाे पेट नाङ्गाे शरीर अनि लाला बालाकाे उज्वल भबिष्य । त्यहि सपना बाेकेर २०६० ताका अरब हानिएका थिए जित बहादुर भाचाेक ७ मकैखाेला कास्कीका जित बहादुर पाेखरा महेन्द्र गुफाका लक्षुमन बस्नेत नामक दलाल मार्फत साउदि पुगेका हुन् । तर उनकाे सपना अन्धकार , कालकाेठरि अनि मरुभुमिकाे बालुवा सँगै रुमल्लिन पुग्याे ।
साउदि मा मासिक ४०० रियाल मा बाख्रा चराउन पुगेका उनी साहुकै भाईकाे व्यवहार का कारण फसेकाे बताउछन् ।तिनै जित बहादुर परियार लाई नेपाल फिर्तिका लागि NRN NCC कतार बाट केन्द्रिय सदस्य प्रकाश परियार लगायतले पहल गर्नुभएकाे छ भने NRN कतार ले NRN साउदि सँग समन्वय गरि घटना बारे बुझ्न र समबन्धित निकाय सँग समन्वय गर्न अनुराेध गरेकाे छ ।
जित बहादुर संग केन्द्रिय सदस्य प्रकाश परियार टेलिफाेन सम्पर्कमा पोखेको आफ्नाे ब्यथा:-
साहुकाे भाइले बाख्रा लाई दाना घाँस ल्याउने , खाना खर्च पानी ल्याउने गर्दथे । साहुले नै भाइ हाे भनी चिनाजानि गराएकाे ले उनी घाँस ल्याउने लाई पनि साहु नै सम्झन्थे । साहुकाे भाईले बाख्रा लैजान मागेपछि जित ले साहुसँग साेधे साुहले दपनु भनेपछि साहुकाे भाइ लाई केही भन्न पनि नमिल्ने उ पनि त साह न हाे भनेर पटक पटक बाख्रा लग्याे ।
एक दिन साहुले फाेन गर्याे त पुलिस चाैकि जानू छ भनेर साहु लिन आयाे साहुकै गाडिमा चढेर पुलिस थाना गएँ किन पुलिस थाना जाँदै छु थाहा भएन भाषिक समस्याका कारण साेधपुछ पनि भएन । दस दिन सम्म पुलिस चाैकिमा राख्याे किन मलाई चाैकिमा राखेकाे हाे म अनबिज्ञ थिएँ । दस दिन पछि साहुकाे भाइ पनि चाैकि आयाे र दुबैजना लाई जेल चलान गरियाे ।हामी दुबैजना लाई ६ महिना सम्म जेलमा राखियाे र ६ महिना पछि काेर्टमा लगियाे , मलाई ८ र उसकाे भाईलाई एक महिना जेल सजाय दिईयाे । त्यसपछि हामिलाई फिर्ता गरायाे ।
केही दिनै अदालतले फेरि बाेलायाे र साहुले मेराे माथि ७७ हजार र उसकाे भाइ माथि ५५ हजार काे केस गरेकाे छ भन्ने जानकारि गरायाे , त्याे रकम नेपाली रपैयाँ हाे वा साउदि रियाल म अनबिज्ञ थिएँ ।यसरी मुद्दा चलाउदै दुई बर्ष फेरि ज्ल राखियाे र चाैकि ल्याईयाे ७७ हजार तिर्नुपर्ने बताईयाे मैले ४०० रियाल मा मजदुरि गर्ने मान्छे कहाँ हुन्छ ७७ हजार म त्यहि माथि जेलमा छु भनेपछि दुई दिन राखेर फेरि ज्ल चलान गरियाे ।
तीन बर्ष ज्ल सजाय भएपछि नेपाल एम्बिसि बाट आदिकारिक ब्यक्ति आएमा र हस्ताक्षर गरेमा तिमी फिर्ता हुन पाउछाै भनेपछि हार गुहार गरेँ र ३जना आउनु भयाे , र हस्ताक्षर पछि अब २७ दिनपछि छुटकारा मिल्ने का भयाे । खुशि भएँ नफस्नु फसे अब छुट्नसाथ नेपाल जान्छु र दुखजिलाे गरेर खान्छु भनेर २७ दिनकाे प्रतीक्षा गरेँ । तर कैयाै २७ दिनहरु बिते तर मलाई लबाट फुकुवा गरिएन सात बर्ष बित्याे अनि म जेलबाट फुकुवा भएँ ।
जेलबाट सजाए सकिएकाे र फुकुवा भएकाे कागजात दियाे , प्रहरी चाैकि ले पनि छुटकारा पाएकाे कागजात दिए । घर जाने तयारिमा थिएँ , घर जानू पुर्ब एकामाकाे पैसा तिर्नुपर्छ भन्ने नया बज्रपात बज्रियाे म माथि ।
म १४ लामाे समय जेलमा बिताएकाे हुदा राेटि खानलाइ समेत पैसा थिएन । अन्तत साहुले एकामाकाे पैसा तिर्ने भयाे । घर फिर्ने कुरा हुदाहुदै जवाजात ले पासपाेर्ट बिना नेपाल फिर्ता हुन नपाउने भनेपछि थप समस्यामा परेँ । म सँग पासपाेर्ट थिएन । पासपाेर्ट नभएपछि रियाद नेपाल एम्बिसि गएर पासपाेर्टका लागि लिखित कागजात ल्याएँ । तर ती कागजातले नेपाल फिर्ता हुन नपाउने भएँ ।
पासपाेर्ट बिना नेपाल फिर्ता हुन नपाउने र कपिलले पासपाेर्ट नदिने भएपछि मैले केही साथिहरुकाे सल्लाह बमाेजिम कपिलले पासपाेर्ट नदिएकाे हुदा पासपाेर्ट दिलाई पाउ भने अदालतमा मुद्दा दायर गरेँ ।पुरै कर्म काण्ड हिसाब गर्दा १४ बर्ष भयाे , न पासपाेर्ट पाएँ न नेपाल फिर्ता हुन नै पाएँ ।
दुई छाेरा र एक छाेरि र श्रीमती परिवारमा रहेका जित बहादुर भन्छन्, १४ बर्ष देखि परिवार सँग सम्पर्क हुन सकेकाे छैन, परिवार के कस्ताे हालतमा छन् थाहा छैन ।
म ५५ बर्षकाे सेतै फुलकाे बुढाे भईसके , कहिले बाटाेमा सुत्छु, कहिले बाटाेमा फालेका खानेकुरा खाएर सास धानेकाे छु ।नेपाल फर्किने आशा र मर्नु परेपनि नेपाली माटाेमा पुगेर मर्न पाउ भन्दै नेपाल सरकार , नेपाली सँघसँस्था, साथै नेपाली जनता हरुलाइ नेपाल फिर्तिका लागि पहल गरिदिनका लागि बिलाप गरेका छन् । जित बहादुर रफा साउदि मा रहेका छन् , +९६६-५५०८१७६५८ सम्पर्क नम्बर रहेकाे छ ।
No comments:
Post a Comment