विभेद बिरुद्ध अभियान , २३ साउन- मैले जस्तो देख्दैछु, त्यस्तै भन्दैछु , जस्तो भोग्दैछु त्यस्तै पोख्दै छु किन हो कुन्नी मेरो तालु पनि पड्कििदैछ र मुटुु पनि पट्कीरहेको छ रक्तकुण्डमै भएर होला मेरो सिंगो जीवननै पड्किरहेछ । केही सोच्न सकिरहेको छैन । जताततै जालझेल छ । मनीबादीहरुको विगविगी छ । कुकुर र स्यालको हार्दिक मेल छ अनि समाज कलँकीत छ ।
भुइमान्छेहरु रातोदिन रगत संग पैसा साटेर । आधा पेट खाएर , एक सरो लाएर यो राज्यलाई तिरो तिरेका छन् । तिनै स्वाभिमानी शिरहरुमा जतिय विभेदको तिर हानिएको छ । एलिटहरु , रगत चुसिरहेकाछन् । देशको अस्तिपञ्जर मात्र बाकी छ । सर्प, विच्छी र भ्यागुताहरु अस्वाभाविक मोटाएका छन् । सर्पहरु हरियो घाँसेमौदान बाट लुकी लुकी मर्म स्थलमै डसिरहेछ । सर्प उर्फ प्रहरी । प्रहरी स्वयम कानुन कार्यन्वयन गर्ने निकाय । देश र जनताको शान्ती र सुरक्षाको लागी ।र स्वभिमान र अस्मिताको रक्षा गर्ने निकाय पनि हो । भुइमान्छेहरु निकै भरोसा गर्छन् । पत्तै पाउदैनन उनीहरु सर्पहरु कसरी डसिरहेको छ । सदियौ देखी जो रक्षक उही भक्षक भएको छ । यस्ले दलितहरुलाई सामान्य नागरिक भएर बाच्न पाउने अधिकारबाट बञ्चित मात्र गरदैन् उनीहरुको स्वाभिमान र आस्थामाथी प्रत्यक्षरुपमा बलात्कार गर्दछ । र एउटा एसएसपी सार्वजनीक पदधारण गरेको गोमन सर्प सार्वजनिकरुपमा बोल्छ छुवाछुत हटाउने कानून बनाउन हुदैन । दलित दलितनै हुनुपर्छ र दमित दमितनै । कानुन बनाएर अगाडि बढ्दा दलित र गैरदलितबीच द्वन्द्व हुन्छ । समाज कुरुप बन्छ । दलित भित्रका एकाध अधिकारबादी कर्मी होइन केही बेर कुर्लीन्छन् सासकले सायद ललिपप चखायो । चुपचाप छन् । सर्पहरु डसिरहेकै छन् । युगौ युगदेखी निरन्तर ।
अधिकारबाट बञ्चित मात्र गरदैन् उनीहरुको स्वाभिमान र आस्थामाथी प्रत्यक्षरुपमा बलात्कार गर्दछ ।
बैतडीकी हिरा भुल मर्नु न बाच्नुको दोसाधमा छट्पटिएकी छिन् । पेटमा तिन ओटा बच्चा बोकेर । जेष्ठ २२ गते सुत्केरी व्याथाले च्यापेपछि गाउलेहरुको सहयोगमा स्टेचरमा चढेर जिल्ला अस्पताल बैतडी पुगिन । नियत हो या संयोग । त्यहा डेलीभरी नहुने भयो । नेपालगञ्ज जानुपर्ने भो ।
अस्पताल भुइमान्छे फाल्ने सेल्टर, मान्छे मार्ने ठेक्का लिएका चिकित्सक नामको विच्छी उपचार गर्ने त कुरै भएन एम्वुलेन्स सहयोग माग्दा डुम,दलितहरु लाई कहा एम्बुलेन्स मिल्छ ? जसलाई भोट दिएको हो उसै लाई भन, हेलिकप्टर मगा,मेरो अस्पतालको एम्बुलेन्स दिन्न , जे मनमा लाग्छ गर भन्छ । गाउलेहरु तत्कालै हिराको नेपालगञ्ज जाने बन्दोबस्ता मिलाए । दलित एक भए । एम्बुलेन्स माग्न गएका महिलाहरूलाई मदिरा सेवन गरेर डुम भन्दै थर्काउने मेडिकल सुपरिटेन्ड डा. गुणराज अवस्थीलाई कालोमसो दले , उनीहरु अवस्थी विरुद्ध लड्ने हिम्मत जुटाए । जिल्ला प्रहरी कार्यालय बैतडीमा जातिय विभेद बिरुद्धको जोहरी दर्ता गर्न गए फेरी सर्प आफ्नो जात देखाएको छ । जाहेरी अझै लिएको छैन् । तर कालोमोसो दलेको विषयमा अवस्थीको सार्वजनिक अपराध मुद्धा भने २४ गते नै दर्ता भयो । घटना भएकै दिन पक्राउ गरि महिलाहरुलाई प्रहरीले उल्टै हिरासतामा राखिरहेको छ । दुख दिइरहेको छ । यसरी समाजमा सर्प र विच्छीहरुको विगविग बढिरहेको छ । न्याय माग्न गएका पिडितहरु थुनामा छन् । मुद्धा राजनितीकरण भएको छ । दलितहरु विभाजित भएका छन् । दलित आन्दोलन भजाएर खानेहरु । नेपालको राजनितीक आन्दोलन भन्दा जेठो दलित आन्दोलन भनि चिल्लाउने हरु, दलित मुतिmको प्रश्नलाई राज्य सत्ता र राज्यव्यवस्था संग जोडेर सम्पुर्ण उत्पिडित वर्ग जाति र समुदायको मुक्तीको ढोका खोल्ने समाजबाद भन्ने हरु सड्क र सदनमा हुनुपेर्ने कुन दुलोमा छन् ? केही सुइको छैन् । कठै दलित र दलित आन्दोलनको नियती । कुरा यतिमात्रमा सिमित छैन् । देशमा गणतन्त्र आयो, संविधान पनि आयो, संघियतामा आयो । धर्मनिरपेक्ष भयो । अझै पनि दलितलाई पशुसरहको व्यावहार गरिन्छ । अछुतको व्यावहार गरिन्छ । मन्दिर प्रवेशमा रोक लगाइन्छ । म अन्यायमा परे पिड्कलाई सजाए गरि पाउ भन्दा उल्टै यातना सहनुपर्ने । मुद्धा खेप्नु पर्ने । गाउनै छोड्नु पर्ने । उ नै समाजिक बहिस्करणमा पर्नु पर्ने ?? यो कस्तो चलन यो रित हो ?
भदौरे तामागीमा दलितलाई मन्दिर प्रवेशमा रोक लगाउने पूजारी दुर्गाप्रसाद पौडेल (देवी) जिल्ला अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलको आदेशमा ११ हजार रुपैयाँ धरौटी दिएर सोमबार रिहा भयो । हिन्दुधर्मको ठेकेदार पूजारी देविले मन्दिरमा पुजा गर्न जादाँ पुजा गर्न बन्देज गर्यो । दलित भएर मन्दिरमा पुजा गर्न आउने ? दलितहरुलाई पनि कसैले टिका दिन्छ भनेर अपमान गर्यो । जातिय विभेद गर्यो । जातिए विभेदमा परेका दलितहरुले त्यो घटनालाई मेडियाकरण गरे । प्रहरीकार्यलय हुदै अदालत सम्म पुग्यो ।
दलितहरु विचमा फाटो कहल , गुटवन्दी र आपसी द्धेष देखीएको छ । यसले सम्पुर्ण दलित आन्दोलन नै स्खलीत हुन्छ ।
दलित अधिकारको प्रत्याभुतीको ठेक्का लिएको राष्टिय दलित आयोगको र अन्य अधिकार बादी संघसस्थाहरुले स्थलगतरुमा घटना अध्यन गरे र भने जातिय विभेद भएकै हो । उ ससम्मान गाउ शहरमा छाएको छ आयोगको तथ्याङ्क भन्छ ‘२०६८ को ऐन आइसकेपछि मुलुकभर ४३ वटा जातीय विभेदका घटनामा मुद्दा दर्ता भएका छन,’ तर ‘ती कुनैपनि घटनामा दोषीले जेल बस्नु परेको उदाहरण छैन । जुन जोगी आए पनि कानै चिरको भने जस्तै देशमा जुन तन्त्र आएपनि पिडित झन पिडित छन् । मत्स्यनयाले आक्रान्त छन् ।
यी घटनालाई सरसर्ती हेर्दा, विचार गर्दा, दलित विरुद्ध बोल्ने एसएसपी पवनप्रसाद खरेलले भने जस्तै छुवाछुत विभेद हट्नै नस्कने नभए पनि केही दशक भने लाग्ने देखिन्छ । किनभने जातिय विभदे सिंगो मानव जिवनको लागी दुर्भाग्यपूर्ण कलँक हो । यो दलितहरुको मात्र समस्या होइन । एलिटहरुले दलितको मात्र बनाइदिएका छन् । र दलित मुक्ती आन्दोलनमा एलिटहरुको एक्यवद्धता, पक्षधरता स्वाभिक रुपामा पाउन सक्दैन् । किनकी यो समाज ब्राम्हणबादको खोल ओढेको समाज हो । र त्यस भित्र हामी आश्रीत छौ । मुलतः दलित मुक्ति आन्दोलन सामान्ती संस्कारद्धारा उत्पादित र रचित जातिय विभेदलाई अन्त्य गर्ने अभियान समाजीक संरचना र सामान्ती संस्कार विरुद्धको आन्दोलन भएकोले यसलाई एलिट अर्थात गैरदलितको सहभागीता सहज हुनै सक्दैन् । सधै बागी हुन्छ । सहजरुपमा त्यसतो हुदो हो त दलितहरुको आजको अवस्था आउने थिएन । मानिस भन्न र बन्न हिचकिचाउन पर्ने थिएन होला । अझ पनि दलितहरु विचमा फाटो कहल , गुटवन्दी र आपसी द्धेष देखीएको छ । यो गलत छ । यसले सम्पुर्ण दलित आन्दोललाइ नै दिशाहिन हुन्छ । स्खलीत हुन्छ । त्यसैले समाजका शोषित दलित र बञ्चितहरु मुक्त र समृद्ध जीवनको खोजीमा जाग्रत , एकताबद्ध र निरन्तर संघर्षरत हुनै पर्छ ।
No comments:
Post a Comment