पुजा गर्न प्यूठान पुगेका एक दलित परिवारलाई गैरदलितले कुटपिट गरी फर्काए

अमृत हरिजन - साउन २१, विभेद बिरुद्ध अभियान - रुपन्देहीबाट पुजा गर्न प्यूठान पुगेका एक दलित परिवारलाई गैरदलितले कुटपिट गरी फर्काएका छन् । प्युठान जिल्लाको स्वर्गद्धारी मन्दिरमा पुजाका लागि पुगेका रुपन्देहीको कम्हरिया ८, सुन्डी गाउँका राम अचल हरिजनको परिवारलाई कुटपिट गरी घाईते बनाएका हुन् ।दलितले पहिला पुजा गरेको भन्दै संगै पुजा गर्न पुगेका व्यक्तिको कुटपिटबाट हरिजनकी बुहारी सोनी हरिजन घाइते भएकी छन् । पिडित परिवारले डरका कारण घटना सार्वजनिक नगरेपछि आफन्तले घटना सार्वजनिक गरेका छन् ।

साउन १६ गते उक्त मन्दिरमा पुजा गर्न पुगेकाी सोनी हरिजन, सासु कनरावती हरिजन र देवर धर्मेन्द्र हरिजनलाई संगै गएका सुनिल बनियाँले पुजा गर्न नदिएका हुन् । ‘तिमिहरु चमार निच जातिको अछुत हौ तिमिहरु मन्दीरमा पुजा गर्ना पाउदैनौ भनेर मन्दिर प्रवेश समेत गर्न दिएनन’ कनरावतीले भनिन् ‘बुहारी सोनी हरिजन टाउकोमा जोडले हान्दा टाउको समेत फुटेको छ ।’ कनरावतीका अनुसार परिवारका अन्य सदस्य लाई समेत सुनिल बनियाले पिटेका थिए ।

कुटपिट पछि गाडी उनीहरुले गाडी रीजर्व गरी लगेको ३२ हजार रुपैयाँ समेत खोसेर सुनिल भागेको उनले बताईन । ‘पहिला डराएर बसेको पिडीत परीवार पैसा चो¥यो भन्दै भैरहवमा रहेको तराई दलित सरोकार केन्द्रमा आए पछि बल्ल यो कुरो थाहा भयो’ दलित गैर सरकारी संस्था रुपन्देहीका उपाध्यक्ष बुद्धि हरीजनले भने ।

No comments:

Post a Comment