रहस्यमय मृत्यु भएको यतिका दिनसम्म प्रहरीले कुनै काम अघि बढाएन

अजित मिजार र कल्पना पराजुली
 नगेन्द्र अधिकारी , साउन १९ , विभेद बिरुद्ध अभियान - किटानी जाहेरी दिएको लामो समयसम्म पनि प्रहरीले पक्राउ गर्न चासो नदिएको भन्दै मृतकका परिवारसहित दलित समुदायले सदरमुकाममा प्रदर्शन गरेका छन् । उनीहरूले १८ दिनसम्म पनि मृतकको सदगद नगरेका हुन् । ज्याम्दीकी पराजुली थरकी १७ वर्षीया युवतीसँग प्रेम विवाह गरेका पाँचखाल ६ का १८ वर्षीय अजित ढकाल मिजार साउन ३० गते धादिङको गजुरीमा मृत फेला परेका थिए । पीडित परिवारले केटीका बाबु, दिदी र काका पर्नेविरुद्ध धादिङ प्रहरीमा किटानी जाहेरी दिएका थिए । प्रहरीले अनुसन्धान फितलो बनाएको पीडित परिवारले आरोप लगाउदै आएका छन्। ‘घटना भएको यतिका दिनसम्म प्रहरीले कुनै काम अघि बढाएन,’ दलित संघर्ष समितिका संयोजक रामचन्द्र रम्तलेले भने, ‘किटानी जाहेरी दिंदा पनि प्रहरीले पक्राउ गर्न चासो दिएको छैन ।’
असार २५ गते प्रेमविवाह गरेका उनीहरूलाई दुवै परिवारले २७ गते पाँचखाल प्रहरीबाट कागज गरी छुटाएर लगेका थिए । दुवै जना कम उमेरका भएकाले ‘प्रहरी विवाह गराउने र छुटाउने निकाय नभएको’ भन्दै प्रहरीले परिवारको जिम्मा लगाएको थियो । २९ गते दिउँसो १ बजेबाट बेपत्ता उनी ३० गते बिहान ६ बजे मृत अवस्थामा गजुरीमा फेला परेका थिए । ‘अलग भएपछि पनि केटी पक्षले निरन्तर धम्क्याउदै आएका थिए । मृतकका बाबु हरिभक्त ढकाल मिजारले भने, ‘प्रहरी चौकीमा नै ३ दिनभित्रमा सिध्याउने धम्की दिएका थिए ।’
अजित मिजार को शव उत्खनन गर्दै प्रहरी
परिवारका अनुसार अजितको साथमा ५० रुपैयाँ मात्रै थियो । सो रकम लिएर धादिङ पुग्न नसकिने र आत्महत्या नै गर्न त्यति टाढा पुग्नु नपर्ने भएकाले ‘हत्या’ नै भएको उनीहरूको दाबी छ । गजुरी प्रहरीले बेबारिसे भन्दै पोस्टमार्टम गररे स्थानीयको रोहवरमा साउन १ गते खाल्डो खनेर गाडेको थियो । दलित अधिकारकर्मीसहितको टोलीले घटना रहस्यमय भएको र आफ्नो संस्कार अनुसार सदगद गर्ने बताएपछि प्रहरीले स्काभेटर प्रयोग गरी शव निकालेर परिवारको जिम्मा लगाएको थियो । ‘स्थानीयले गन्हाएर बस्न नसक्ने भन्दै लिखित निवेदन दिएपछि बेवारिसे भनेर गाडेका थियौं,’ गजुरीका प्रहरी निरीक्षक प्रकाश जगेबुले भने, ‘देशभरका प्रहरी युनिट र सामाजिक सञ्जालमा पनि सूचना निकाल्दासमेत कोही पनि सम्पर्कमा नआएका कारण गाडेका हौं ।’
अजित मिजार धादिङबेसी जाने सडकको फुर्केखोला पुलनजिकै एउटा काठको पाटीमा यसरि झुन्डिएको अवस्थामा फेला परेका थिए
परिवार र दलित अधिकारकर्मीको दबाबपछि पुनः पोस्टमार्टम गर्न प्रहरीले स्विकृति प्रदान गरेको थियो । परिवारले भने धादिङमा पोस्टमार्टम नै नभएको दाबी गरेको छ । ‘कुनै घाउ–चोटपटक छैन,’ दलित महिला संघकी अध्यक्ष मैया रोकायले भनिन्, ‘स्वास्थ्य चौकीमा कसरी पोस्टमार्टम हुन्छ ।कान्तिपुर बाट 

No comments:

Post a Comment