अमित घिमिरेसम्पादक प्रकाशक ओखरेनी साप्ताहिक |
सत्ताले दलितलाई अमानवीय दमन लादिरह्यो । विवाहको लगनको दौरा भोटो सिलाउने, अघि-अघि लगेर पञ्चे बाजा घन्काउने दमाई होस् वा जीवन धान्ने औजारहरु निर्माण गर्ने, पिउने पानीको भाँडो तयार गर्ने कामी होस् वा हुन् जुनसुकै पनि दलित भनिएका जातिहरु । कुन-कुन आधारले कुन-कुन तथ्यहरुले हेयकर भए कतै पनि त्यसका आधारहरु छैनन् । बिना अधिकारका वेतुकका यिनै फजुलतामा कयौं शताब्दी नेपालीले मानवतामा कलंक थोपरेका मात्र छन् ।
एकीकरणपछि अदृश्यताले मुलुकमा झांगिने मौका प्रशस्त पायो । यिनै अदृश्यताका विरोधमा तत् समयदेखि नै व्रि्रोह उठे । किन्तु सीमित हिम्मतावाला दलित भनिएकाहरुलाई सजिलै दमन गरियो । परिवर्तित दुनियाँ, समय चक्र र दलितहरुको व्रि्रोहबाट भित्रभित्रै भयवित बनेका सत्ताधारीहरुले कानूनमा नै सम्बोधन गरेको स्वाङ रचे । २०२० सालको मुलुकी ऐन, त्यसको सबुत हो । मुलुकी ऐनले जातिपातिका आधारमा छुवाछुतको भेदभावपर्ूण्ा व्यवहारलाई अन्त्य गर्ने उद्घोष गरेता पनि व्यवहारमा-कार्यान्वयनमा २०२० सालको मुलुकी ऐनको महलको प्रयोग दलितलाई गर्न पाउने अवसर नै थिएन । प्रमाणको आधारमा चल्ने कानूनलाई दलितहरुले कथित माथ्ला भनौदाहरुको करतुतलाई लिएर कानूनको अन्धो आँखामा सप्रमाण पुर्याउन सकिने कहिले माहौल आएन र मुलुकी ऐनको महल, महलमा नै रह्यो । लिखित रुपमा दण्ड सजाय एवम् जरिवानाको किटानी भएता पनि उपल्लो भनिने जातिहरुको कोहोलोमा दलितहरुको दर्ददारुण नै रह्यो । किन पनि भने शासकहरु वास्तवमा दलितलाई सम्बोधन गर्ने भन्दा पनि अन्तर्रर्ााट्रय नजरमा मुलुकको कानून देखाउन मात्र चाहन्थे । असलमा शासकहरुले दलितहरुको मुद्दालाई ओझेलमा पार्ने, लामो समय लगाउने निराशा तुल्याउने कुत्सित खेलहरु मात्र मञ्चन भएको यथार्थ हामी माझ छ ।
२०४६ पछि दलितहरुलाई सम्बोधन गर्ने परिपाटी भनेको फगत २०२० को मुलुकी ऐनको अदलको महललाई २०४७ को संविधानले पछ्याएको मात्र पाइन्छ । विश्व परिवेशको बदलिंदो प्रविधि, विकासका विभिन्न चरणसँगै दलितहरुको बढ्दो संख्या र उनीहरुमा आएको परिवर्तनपश्चात् राजनीतिक दलहरुले आप\mनो भातृ संगठनमा समाविष्ट गराउने नाउमा अर्को शोषणको सुरुवात पनि भयो । सीमित र सुगम्य ठाउँका अलि टाठाबाठा दलितलाई मर्ूर्ति बराबर नाम उल्लेख माग गरेर समावेशीको कोहोलो पिटियो । दुनियाँलाई भ्रमित पार्न केही सुकिला मुकिला दलितसँग बसेर खानपान, आउजाउको देखावा गरेर भावनात्मक रुपले भोट आप\mनो पोल्टोमा हाल्ने भन्दा पृथक र उल्लेख्य क्यै भएको छैन । सामाजिक परिवेश आज पनि २०२० सालअघिकै जस्तो आज पनि उस्तै छ । किन पनि भने यदि उही र उस्तै नभएर समान भएको भए व्यावहारिक कार्यान्वयनका खातिर दलितहरुले आज पनि यो लर्डाईं किन जारी राख्नुपथ्र्यो -
ऐतिहासिक जनआन्दोलनपछि आमूल परिवर्तनका ठूला-ठूला घोषणाहरु गरिएका छन् । मुलुकलाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिसकेको पनि छ । त्यसैको खुशीयालीमा भएको कर्तल ध्वनिको जुलुसमा बाजा फुक्ने उही दमै उसैगरी पेटीमा बसेर आज पनि खानको लागि बसिरहेकै छ । रोजगारीको क्षेत्रमा पहिलो प्राथमिकता पाएर पनि दलितले कुनै उल्लेख्य अवसर पाएका छैनन् । केही शहर बजार र सुगम ठाउँ भन्दा पर त्यो परिवर्तनको घोषणाहरु सायद पुगेका छैनन् । हिजोआज पनि मरेको सिन्को फाले, बालिभरे प्रथा समाजबाट बीसको उन्नाइसमा पुगेको छैन । लेखनीमा, घोषणामा मात्र केही हुँदैन भन्ने दलित हामीसँग शताब्दी पुरानो छ । अब सामाजिक रुपले शहर बजार एवम् सुगम ठाउँ भन्दा पर प्रताडित बनेका दलितको समाजमा चेतनाको उद्बोध नगरेसम्म माखो मर्नेवाला छैन । नेपाल शहरबजार एवम् सुगम ठाउँले पर्ूण्ा राष्ट्र हैन । छिटफुट भएका परिवर्तन आमूल हैनन् । आमूलताका लागि गाउँ बस्ती-बस्तीमा पुगेर व्यवहारमा रुपान्तरणको प्रयास हुनर्ुपर्छ । यिनै कथित ठाउँहरुका सुकिला मुकिला राजनीतिक दलका भातृ संगठन चलाउने गिनेचुनेका दलितको उत्थानको वहानामा लाखौं वास्तविक दलितको दर्दनाक वस्तु स्थितिलाई नजरअन्दाज गरिनु हुँदैन ।
मुलुक नवसंरचनाको संघारमा छ । यतिबेला दलितहरुको झुण्ड ठूलै देखेर सबै राजनीतिक शक्ति आश्वासन सस्तो रुपले बढिरहेका छन् । ताकि सहानुभूतिले आप\mनो पक्षमा मत बटुल्ने अवसर कतै नगुमोस् । दलितलाई सम्बोधनको नाटक रचेर झुक्याइँदैछ । झुक्याइँदै यस अर्थमा छ कि छुवाछुत प्रथालाई सैद्धान्तिक रुपले भाषणबाजीमा मात्र कैद गरिंदैछ । त्यसको व्यावहारिक तथा कार्यान्वयनलाई ध्यान दिइएको छैन । टाठाबाठा, रातापिरा, सुकिलामुकिला केही बढी कखहरा भएका दलितहरुलाई सम्मोहनयुक्त फन्दामा अल्झाएर यदि तमाम दलितको पक्षमा कुठाराघात गर्ने दुस्साहस कसैले गर्छ भने त्यसको विरुद्ध उठ्ने अकल्पनीय वेहरीले क-कसको वजुदलाई स्वाहा पर्छ समयले अवश्य देखाउनेछ ।
source :- amurtaamit
No comments:
Post a Comment