सात जना दलित महिलाले उद्योगका रूपमा दर्ता गरेर सामूहिक आरन चलाए
Thursday, September 26, 2013
रुकुम, आश्विन ११ - बालीघरे प्रथाबाट जीविकोपार्जन गर्न समस्या परेपछि रुकुमकोट-४ का सात जना दलित महिलाले उद्योगका रूपमा दर्ता गरेर सामूहिक आरन चलाएका छन् । यसले उनीहरूको गुजारा सजिलो मात्र भएन, छोटो अवधिमै सदरमुकाममा घडेरी किन्नसमेत उनीहरू सफल भएका छन् ।
औजार बनाउन होस् वा मर्मत गर्न गाउँलेको भीड लाग्छ । बालीघरे प्रथामा हुर्केका उनीहरू श्रमअनुसारको मूल्य पाउँदा मख्ख छन् । उनीहरूले पुख्र्यौली पेसा र सीपलाई नयाँ ढंगले अघि बढाउन घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी वर्षअघि सामूहिक आरन थालेका हुन् । उनीहरूले निर्माण गरेका हँसिया, खुकुरी, फरुवा, चुलेसी, बन्चरो, कुटो,
कोदालीहरू स्थानीय बजार र अन्य जिल्ल्ाामा समेत जाने गरेको छ । सदरमुकामबाट फलाम किनेर ल्याई औजार बनाउने गरेको हीरा नेपालीले बताइन् । 'उत्पादनलाई सदरमुकामलगायत स्थानीय व्यापारिक केन्द्रमा पठाउने गरेका छौं,' उनले भनिन्, 'खुकुरी र हँसिया देशका विभिन्न ठूला सहरमा जाने गरेका छन् ।' बालीप्रथामा काम गर्दा जीविकोपार्जनमा हम्मे पर्ने गरेकामा अहिले परिवारको सबै खर्च धानेर महिनामा २० हजारसम्म बचत हुने गरेको उनले बताइन् । 'मासिक चालीस हजारसम्म कमाइ हुन्छ,' नेपालीले भनिन् ।
आरनमा दैनिक सय ग्राहक आउने पवित्रा विकले बताइन् । आरनमा दस जना दलितले रोजगारी पाएका छन् । 'गि्रल उद्योगका कामसमेत गर्छौं,' उनले भनिन्, 'कमाइ राम्रो हुन थालेपछि सबैले रुकुमकोटमा एकएकवटा घडेरीसमेत जोडेका छौं ।'
एक दशक अघि सिक्ने क्रममा सुरु भएको थियो मेरो ब्लग यात्रा ।एकोहोरो शैलीमा देश, समाज र व्यक्तिहरूबारे मन लाग्दो लेख्दै टास्दै आए ।सुरुवाती दिनमा त्यति साह्रो गम्भीरता र जिम्मेवारी बोध गरेर लेखिएन फेरी पनि बुद्धिले जति भ्यायो, जे मन लाग्यो उही लेख्दै आइयो । लेखाइमा उन्मुक्त र निर्धक्क उडियो । तर जब आफ्नै दाजुभाई दिदीबहिनी जातका कारण यत्रतत्र पिडित भएको देखे सुने पढे अनि त्यहि पीडाको, पिडितको लहरमा एकाकार भएर जाने बुझेको लेख्न थाले।
दलित समुदायको पिडा ,खुसि देखि आन्दोलन सँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली दलित समुदायको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। दलित समुदायले भोग्नु परेका सामाजिक समस्या, उत्पीडन , ज्यादतीको बिरुद्दमा , विभेदको बिरुद्दमा आफुलाई मिसाउने सानो प्रयास हो ।दशक देखि मेरो ब्लगिङमा प्रत्यक्ष-परोक्ष साथ दिने अनि आलोचना र विरोधको स्वर उरालेर कुतकुत्याउने सबैलाई आभार !
गोपाल परियार शिवा
RECENTS-POSTS
1/random/post-list
NEWSLETTER
Get All The Latest Updates Delivered Straight Into Your Inbox For Free!
No comments:
Post a Comment