दाङमा जिल्ला स्तरीय दलित निगरानी केन्द्र गठन

जातिय बिभेद अन्त्य गर्नका लागि दाङमा जिल्ला स्तरीय दलित निगरानी केन्द्र गठन गरिएको छ । दलित अधिकारकर्मी चुर्णँ परियारको अध्यक्षतामा १९ सदस्यीय दलित निगरानी केन्द्र गठन गरिएको हो । केन्द्रको सदस्य सचिबमा अधिकारकर्मी लालिका पोखरेल रहनुभएको छ । त्यस्तै सदस्यहरुका बिभिन्न क्षेत्रमा कृयाशिल व्यक्तिहरुलाई चयन गरिएको छ । 
सदस्यहरुमा ईश्वर वादी, लक्ष्मी चौधरी, ममता परियार, सगुन चौधरी, उषा अधिकारी, हस्तकुमारी
बिक, नरेन्द्र केसी, बिना खनाल, रामबहादुर बैरागी, राजेन्द्र अधिकारी, पूणर््ँाबहादुर मल्ल, हिरा योगि, भोला नेपाली, अस्ताक महमद, चन्द्रबहादुर नेपाली, बलदेव बिश्वकर्मा र कमला बिक रहनुभएको छ । निगरानी केन्द्रको संरक्षकमा सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकीएको छ । नवगठित केन्द्रले जिल्लामा हुने जातिय बिभेदको मुद्धाहरु उठाउने र घटनाको अनुगमन तथा कानुनी प्रकृयामा सघाउने छ ।
साभार :- jagaranmediacenter बाट

No comments:

Post a Comment