रुकुमका वादी परिवार व्यवसाय तिर लागे-प्रविर ददेल

सधै खोलाको किनारमा वस्ने र माछा मारी जिवीकोपार्जन चलाएका रुकुमका वादी परिवार व्यवसाय तिर लागेका छन ।जिल्लाका विपन्न छिवाङ १ मा वसोवास गर्ने विपन्न १० घरपरिवार वादी परीवारले पहिलोपटक वाख्रापालन व्यवासाय थालेका हुन ।परम्परागत पेसा अनुसार खोलामा माछा मार्ने र मादल वनाउने पेसामा संलग्न वादी परिवार पछिल्लो पटक वाख्रापालन व्यवसायमा आर्कषण भएका छन ।कम लगानी र परिश्रमवाट धेरै फाईदा हुने भएपछि उनीहरु वाख्रापालन व्यवसायमा आर्कषण भएको ६० वर्षीय पेउली वादीले अभियानलाई वताईन ।
“माछा मार्दा जिवन वित्यो, तर कहिल्यै जिवीकोपार्जन सुधार भएन त्यसैले वाख्रापालन पालन व्यवसाय थालेको हु” कालि वहादुर वादीले भने । उनका अनुसार – वाख्रापालन व्यवसायमा वार्षिक रु २५ हजार रुपया कमाएको वताए ।पहिलो पटक घरवारी विहीन विपन्न परिवार वाख्रापालन व्यवसाय गर्न पाउदा खुसी भएका छन । खानालाई अन्न , वस्नलाई आफनो घर नभएका वादी परिवारले वाख्रापालन व्यवसाय वाट राम्रो आम्दानी हुने आशा गरेका छन ।
वाख्रा पालन व्यवसायवाट राम्रो फाईदा हुने तर वाख्रापालन व्यवसायको ज्ञान नभएको वादी परिवारले जनाएको छ । उनका अनुसार वाख्रापालन व्यवसाय सम्वन्धी उचित तालिम दिन र वाख्रापालन व्यवसायमा सहयोग गर्न सरोकारवाल निकायलाई आग्रह समेत गरेका छन ।
वादी परिवारले महिला समुह मार्फत महिला विकास कार्यालय वाट प्रति परिवार रु १४ हजार रुपया अनुदान सहयोग पाएपछि यो व्यवासाय थालेको जनाए ।
साभार : जागरण मिडिया

No comments:

Post a Comment