सत्ता-विमर्श र दलित अम्बेडकर : दृष्टिकोण र विवेचना प्रकाशक : समता फाउन्डेसन पृष्ठ : २४४ मूल्य : ३५० रुपियाँ |
भारतीय दलित आन्दोलनका प्रवर्तक भीमराव अम्बेडकर हुन् । दलित आन्दोलनका प्रवृत्ति र त्यसले सतहमा ल्याएका मुद्दाहरूका विषयमा पनि नेपालमा गम्भीर बहस भएको छैन। हालै प्रकाशित सत्ता-विमर्श र दलित, अम्बेडकर ः दृष्टिकोण र विवेचना पुस्तकले यही विषयमा भएको मिहिन बहसलाई नेपालसँग जोड्ने चेष्टा गरेको छ। भारतीय बुद्धिजीवीहरूबीच आजसम्म पनि अम्बेडकरले चलाएको दलित मुक्तिको आन्दोलनमाथि विचार र विमर्श जारी छ। यस पुस्तकले भारतीय समाजमा जस्तै जातीय छुवाछूत र उचनिच व्याप्त रहेको नेपाली समाजमा अम्बेडकरको दर्शन र विचारले दलित आन्दोलनलाई मार्गनिर्देश गर्न सक्ने अपेक्षा बोकेको देखिन्छ।
सुखदेव थोराटले अम्बेडकरको दृष्टिकोण र नेपाल शीर्षकको आलेखमा अम्बेडकरले दलितहरूको मुक्तिका लागि चालेका कदमको सूक्ष्म व्याख्या गरेका छन्। सामाजिक वर्ण व्यवस्था र त्यसैको जगमा उभिएको उचनिचको परम्पराले सामाजिक विभेदको जन्म गराएको तर्क गरेका छन्। त्यस्ता कदम नेपालको सन्दर्भमा कसरी लागू हुन सक्छन् भन्ने चर्चा थोरै मात्र गरएिको छ।
नेपालको सन्दर्भमा दलित मुक्तिका निम्ति आरक्षण जरुरी छ कि समावेशी नीति ? यसको उत्तर खोज्ने चेष्टा पनि थोराटले गरेका छन्। उनले सामाजिक चरत्रिको मिहिन व्याख्या गर्दै शासकीय संरचनाबाटै हुने गरेका विभेदका पाटा उजिल्याएका छन्, जुन नेपालको दलित अगुवाहरूका निम्ति गतिलो खुराक हुन सक्छ।
गेल ओम्बेटले आफ्नो जात र वर्गको सिद्धान्ततिर शीर्षकको आलेखमा अम्बेडकरका सिद्धान्त र दर्शनहरूको व्याख्या गरेका छन्। उनले जात र वर्गबीचको फरकलाई गहिरो रूपमा केलाउँदै अम्बेडकरले वर्ग र जातसम्बन्धी पूर्ण सिद्धान्तको निमर्ाण गर्न नसकेको औँल्याएका छन्।
घनश्याम शाहले 'जात र छुवाछूत ः सिद्धान्त र व्यवहार' शीर्षक आलेखमा अम्बेडकरले व्याख्या गरेको जातप्रथा, छुवाछूत र यसको उन्मूलन गर्न अगाडि सारेका सुझावहरूको अध्ययन गरेका छन्। उनले अम्बेडकरले धर्म परविर्तनले समाजिक समानता कायम गर्छ भनी सुरु गरेको धर्म परविर्तनको अभियान किन अलमलमा पर्यो भन्ने प्रश्न उठाएका छन्। जात र यसले निम्त्याएको छुवाछूतका सामाजिक उदाहरण र त्यसका कारणमाथि शाहले गरेको व्याख्या नेपाली समाजकै चिरफारजस्तो लाग्छ।
पुस्तकको तेस्रो अध्यायमा चार आलेखमा अम्बेडकरका विचार र दर्शनले भारतीय राज्य व्यवस्थामा कस्तो प्रभाव पार्यो भन्ने व्याख्या गरएिका छन्। जवाहरलाल नेहरु युनिभर्सिटीका प्राध्यापक भ्यालेरयिन रोडिग्ज र गोपाल गुरुले अम्बेडकरका राजनीतिक सिद्धान्त र दर्शनमाथि विवेचना गरेका छन्। रोडिग्जले त आफ्नो आलेखमा अम्बेडकरको राज्य समाजवादसम्बन्धी मार्गचित्र सोभियत क्रान्तिपछि लेनिनको राज्य समाजवादसम्बन्धी धारणासँग मिल्दोजुल्दो रहेको तर्क गरेका छन्। गोपाल गुरुले अम्बेडकर राजनीतिक सत्तासम्बन्धी उदारवादी धारणाको साँघुरो वृत्तभित्र खुम्चिएर रहे कि आफूलाई सीमित तुल्याउने सत्तासम्बन्धी आत्मसीमितीकरणको धारणाभन्दा माथि उठे भन्ने प्रश्न उठाएका छन्।
पुस्तकको सम्पादकीयमा भनिएजस्तै यो पुस्तक उत्पीडित र दलित मुक्तिको यात्रामा निस्केका अन्वेषकका लागि सन्दर्भ सामग्री मात्रै हो। विभिन्न प्राध्यापक र अनुसन्धानकर्मीको नेपाली अनुवादले नेपाली दलित आन्दोलनका समस्यालाई भारतीय दलित आन्दोलनको गति र प्रवृत्ति बुझ्न सघाएको छ।
No comments:
Post a Comment