दलित बिद्यार्थीहरुको छात्रबृति रकम हिनामिना गर्ने प्रार्चाय अख्तियारको निगरानीमा

विलियम सिँ, असोज–२, कैलाली-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मालाखेति–७ अत्तरिया स्थित दुर्गालक्ष्मी उच्च माबिका प्रार्चालयलाई बर्खास्त गर्न परिपत्र गरेको छ । प्रार्चाय तुलबहादुर साँउदलाई बर्खास्त गर्न अख्तियारले शिक्षा बिभाग मार्फत जिल्ला शिक्षा कार्यालय कैलालीलाई परिपत्र गरेको हो । करिब २ वर्ष अघि अखत्यारमा बेनामे मुद्धा परेपछि मुद्धाको सुनवाई गर्दैै अख्तियारले उक्त परिपत्र गरेको हो । करिब दुई वर्ष अघि दलित बिद्यार्थीहरुको छात्रबृति रकम हिनामिना गरेको तथ्य बाहिर आएपछि अख्तियारमा मुद्धा परेको थियो ।
२०६४ सालमा निमित्त प्रार्चाय बनेका साउद निमावीका स्थायी शिक्षक हुन । कैलालीका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साँउदले अख्तियारको पत्र कार्यन्वयन गर्न आफुले बिद्यालयलाई पत्र पठाएको र बाँकी कुरा बिद्यालय
ब्यबस्थापन समितिले निर्णय गर्ने बताए । बिद्यालयका प्रार्चाय साउदले आफु माथी लगोको आरोप निराधार रहेको बताए । उनले आफु माथी लागेको आरोप आफुलाई फसाउने षडयन्त्र भएको बताए । यता बिद्यालय ब्यबस्थापन समितिले भने यस बिषयमा ठोस निर्णय गर्न सकेको छैन । केहि दिन अघि बसेको बैठकमा दुई धार देखिएपछि आरोप प्रत्यारोप समेत भएको श्र्रोतले बताएको छ ।
साभार :- jagaranmediacenter बाट

No comments:

Post a Comment