कैलालीमा दलित समुदायलाई लक्षित गरि मतदाता शिक्षा कार्यक्रम लागु गरिने

विलियम सिँङ, कैलाली, असोज–१२
आसंन्न संविधान सभाको निर्वाचनलाई मध्यनजर गर्दै कैलालीमा दलित समुदायलाई लक्षित गरि मतदाता शिक्षा कार्यक्रम लागु गरिने भएको छ । नेपाल राष्ट्रीय दलित समाज कल्याण संघ जिल्ला शाखा कैलाली र आईएफईएस÷यूएसएआईडिको संयुक्त साझेदारीमा मतदाता शिक्षा परियोजना अन्र्तगत कैलालीको दुबै नगरपालिका र ३६ गाविसमा सो कार्यक्रम लागु गरिने भएको हो ।
कैलाली जिल्लाको दलित समुदायलाई लक्षित गरि धनगढी र टिकापुर नगरपालिका तथा मालाखेती, गेटा, श्रीपुर, गोदावारी, सहजपुर, निगाली, फुलवारी, हसुलिया, पवेरा, उर्मा, बेलादेविपुर, चौमाला, मसुरिया,
पहलमानपुर, दोदोधारा, कोटातुल्सीपुर, बसौटी, चुहा, बलिया, मनुवा, थापापुर, जोशीपुर, दुर्गौली, धनसिंहपुर, नारायणपुर, भजनी, लालबोझी, खैलाड, साडेपानी, दरख, रामशिखरझाला, उदासीपुर, रतनपुर, प्रतापपुर, जानकीनगरमा मतदाता शिक्षा कार्यक्रम संचालन गर्न गैरहेको नेपाल राष्ट्रीय दलित समाज कल्याण संघ कैलालीका फिल्ड संयोजक मिथुन सिजापतिले बताउनुभयो । निर्वाचन शिक्षा कार्यक्रम सम्बन्धी विभिन्न किसिमका जनचेतना मुलक गतिविधिहरु, गाविस स्तरिय अभिमुखिकरण, सडक नाटक, नमुना मतदान, नमुना मतदान प्रर्दशन, निर्वाचन शिक्षा सम्बन्धि जानकारी मुलक पर्चा, पम्पलेट वितरणका साथै स्वयम सेवक प्रशिक्षण तथा परिचालन कार्यक्रम संचालन जिल्ला कार्यक्रम व्यवस्थापक तारीराम टमटाले जानकारी दिनुभयो ।साभार : जागरण मिडिया

No comments:

Post a Comment