दलित एकता समाजको सहयोगार्थ कार्यक्रम सम्पन्न-विलियम सिङ

कैलाली, असोज–५
कैलालीको गेटा गाउँ विकास समितिमा रहेको दलित एकता समाजको शनिबार सहयोगार्थ कार्यक्रम सम्पन्न भएको छ । २०७० जेष्ठमा जागरुक युवाहरु संगठित भई एकता , जातिय समान्ता , सहकार्य , उधमशील्ता , श्रिजनशीलता र समन्वय गर्ने उद्देयले स्थापना भएको समाजले हालसम्म रहेका सम्पूर्ण सदस्यहरुबाट रकम संकलीत गरी उठेको ४१ हजार ५०० सय रुपँया अती बिपन्न दलित ८ जना महिला हरुलाई ५÷५ हजारका दरले गाई÷बाख्रा पालन गर्न उक्त रकम सहयोग गरेको हो ।

गेटा ६ बसन्तपुरमा सम्पन्न भएको कार्यक्रममा सहयोग रकम प्रदान गर्दै समाजका अध्यक्ष विलियम सिङले अब परिवर्तनशिल समाजमा जातिय छुवाछुतको लागि कुरामा मात्र सिमित नभैइ एकता र सहकार्य गर्दै आथिर्क सम्मुनत गर्न उधमशिल कामहरु गर्न अघी बड्नु पर्ने बताए । त्यस्तै दलित अगुवा भिम दमाइले यसरी नै हरेक गाउँ गाउँ बाट एकता , समान्ताका लागि अग्रसर यवम् सङठित् हुनु पर्नेमा जोड दिए । कार्यक्रममा गेटा , मालाखेति , श्रीपुर , गोदावरी गाविस लगायतका ठाउँ का व्यक्तीहरुको उपस्थिती रहेको थियो । उक्त सहयोग रकम जुटाई दिने सम्पूर्ण सदस्यहरुलाई समाजले धन्यवाद दिएको छ । कार्यक्रमको सहजिकारण सचिव सुवाश बिक ले गरेका थिए ।साभार : जागरण मिडिया

No comments:

Post a Comment