कैलालीको गोदावरी गाविस जातिय विभेद तथा छुवाछुतमुक्त गाविस घोषणा

कैलालीको गोदावरी गाविस जातिय विभेद तथा छुवाछुत मुक्त घोषणा गरिएको छ । सोमवार एक बिशेष कार्यक्रमका बिच गाविसलाई जातिय विभेद तथा छुवाछुत मुक्त गाविस घोषणा गरिएको हो । राष्ट्रिय दलित नेटवर्क नेपाल र दलित बिकास सेवा समितिले निकै लामो प्रयास पछि गाविसलाई छुवाछुत मुक्त गाविस घोषणा गर्न सकिएको बताएका छन ।
समाज भित्रको एउटा कुरिती र समाज बिकासको एउटा बाधकका रुपमा रहेको विभेदको सोच पछिल्लो समय केहि कम हुदै गएको र राज्यले घोषणा गरेको जातिय विभेद तथा छुवाछुत मुक्त राज्य घोषणाको कार्यान्वयनमा जोड दिन गाविसलाई जातिय छुवाछुत मुक्त घोषणा गरिएको राष्ट्रिय दलित नेटवर्क नेपालका कार्यक्रम संयोजक टेकबहादुर बिकले बताए । उनले भने – २०५८ सालमा राज्यले जातिय विभेद तथा छुवाछुत मुक्त राज्य घोषणा गरेको थियो तर त्यो घोषणामा मै सिमित बन्दा
जातिय विभेद तथा छुवाछुतको जरो समाजमा गडी नै रह्यो । यसकारण हाम्रो प्रयास त यो जातिय विभेद र छुवाछुतको संस्कार समाजबाटै उखेलियोस र समाजमा जातिय नाममा मानिसले मानिसबाटै विभेद नखेपुन भन्ने हो । त्यहि अभियान अन्तर्गत पहिलो पटक मानिसमा रहेको अन्धविश्वासी सोच हटोस र जातिय विभेद तथा छुवाछुत मुक्त राज्य घोषणा कार्यान्वयका लागि राज्यले ब्यबहारीक रुपमा अगाडी बढ्न सकोस भन्ने सकारात्मक दबाबका रुपमागोदावरी गाविसलाई जातिय विभेद तथा छुवाछुत मुक्त गाविस घोषणा गरिएको हो । सोमवार गाविस जातिय छुवाछुत मुक्त घोषणा हुन लागेका बेला गाविस भित्र रहेको एउटा समुदाय निकै हर्षित थियो । वर्षौको विभेद खप्दै आएको दलित समुदायमा घोषणाले केहि नयाँ जोश उमंग र खुसियाली ल्याएको थियो । उनिहरुमा अब हामि पनि समाजका आखाँमा मानिस हुन्छौ कि भन्ने विश्वास जागेको छ । गोदावरीकि स्थानिय करिब ५० वर्षिय अमृता बिकले भनिन – म धेरै सार्वजनिक कार्यक्रममा सहभागी बनेकि छु ।
कार्यक्रम हुन्छ, त्याहाँ हामिले पानि ल्याउन जादा भेगौ तपाई यहि बस्नुहोस, हामी ल्याउछौ भन्ने कुरा हुन्छ, यसरी मानसिक रुपमा विभेद कायमै रहेको छ तर यो घोषणाले मलाई मात्रै होईन हामि जस्ता पिल्सिएकि दबाईएका समुदायमा नयाँ उमंग छाएको छ तर यो कार्यन्वयनमा राज्यको ठुलो सहयोगको खाचो छ । जातिय विभेद तथा छुवाछुत मुक्त गाविस घोषणाको पुर्व सन्ध्यामा गाविसका नौ वटै वडा बाट बाजागाज सहित भव्य र्याली निकालिएको थियो । सो र्याली गोदावरी गाविस ४ को सरस्वती उमावी ओलानीको प्राङगणमा पुगी एउटा औपचारिक कार्यक्रममा परिणत भएको थियो । जातिय विभेद तथा छुवाछुत मुक्त अभियानका गाविस संयोजक लालबहादुर कोलीको सभापतित्वमा सम्पन्न घोषणा कार्यक्रममा मानव अधिकार आयोग, ईन्सेक, राजनितिक दल, बिभिन्न संघसस्थाका प्रतिनिधी, अधिकारकर्मीहरु, बुद्धिजिवी, समाजसेवी लगायत सयौँको संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी सवैले दुवै हात माथी गरि – आजदेखि हामी जातिय विभेद तथा छुवाछुत रोक्नका लागि प्रतिबद्ध छौ भन्ने प्रतिबद्धता गर्दै वाचा गरेका थिए ।
कार्यक्रम चलिरहदा गोदावरीकि कक्षा १२ मा अध्ययनरत सरस्वती बिकले भनिन – हामि जस्ता युवाहरुले समेत जातिय विभेदका नाममा धेरै हण्डर खाईसकेका छौ । गाविसलाई जातिय विभेद तथा छुवाछुत मुक्त घोषणा गरिदैछ । अब केहि परिवर्तन हुनेमा म आशाबादी छु । दलित बिकास सेवा समिति गोदवारीका पुर्व कार्यक्रम संयोजक कृष्णबहादुर बिक र अहिलेका कार्यक्रम संयोजक कृष्णबहादुर बिकको नाम मात्रै होईन बिचार समेत एउटै थियो –गाविसमा निकै जातिय विभेद थियो आज भन्दा १० ÷ १२ वर्ष अगाडी, निकै टकराव हुन्थो, उच निचका ंिहसामा, यसरी संगठित भएर युवाहरु यसका लागि लागि पर्यौ । फलस्वरुप अहिले त्यो विभेदमा निकै कमि आएको छ । तर यसलाई नै निकै सकारात्मक मान्न चाहि सकिदैनन् । अझै गाविसका कुना काप्चामा भने अझै १२ वर्ष अघिकै जस्तो विभेद कायमै रहेको छ । यसका लागि हामी युवाहरु जुटिरहेका छौ, सर्घष गरिरहेका छौ । यता स्थानिय एक बिद्यालयमा अध्यापन गराईरहेका शिक्षक बिष्णु सेरेलाको समेत अनुभव पनि तितो सत्य नै छ – जातिय विभेदको निकै बलियो जरा गाडेको गोदावरी गाविसमा उनले आफ्नो अध्यापनको शुरुवातमा निकै हण्डर खानुपर्यो । गाविसमा चलिरहेको प्रौड शिक्षाका क्रममा उपल्लो जाति भन्नेहरुले दलितले पढाउने कक्षामा हामि पढ्दैनो भन्ने कुरा समेत गरे । तर अहिले त्यो विभेद र त्यस्ता भनाई चाहि कमि भएका छन । उनले भने – अब यो घोषणा पछिको ब्यबहार कस्तो हुन्छ त्यसको पखाईमा छौ हामी ।
एक दशक अगाडी जातिय विभेदका नाममा निकै घटना र मुद्धाहरु हुने गोदावरी गाविसमा अहिले निकै कम विभेदका घटनाहरु घट्न गरेका छन । चिया पिउदा चियाको गिलास सफा नगर्दा कुटिएका घटना समेत गोदावरी गाविसमा घटेको बताउदै गाविसका पुर्व अध्यक्ष भानसिंह बिकले भने – पहिला र अहिले हेर्दा गाविस, प्रहरी चौकी र केहि सार्वजनिक चोकका पसल होटलमा यस्तो विभेद छैन तर गाविसका अझै कुना कुनामा रहेका स साना पसलहरुमा भने अझै चिया पिएको गिलास सफा नगर्दा दलितहरुले कुटाई खानु पर्ने अवस्थाको भने अन्त्य भएको छैन । सवै सरोकारवालाहरुले जातिय विभेद रोक्न हामि एकबद्ध छौ भनेर प्रतिबद्धता जनाएका छन अब केहि परिवर्तन हुनेमा हामीहरु आशाबादी बनेका छौ बिकले बताए ।
जातिय विभेद तथा छुवाछुत मुक्त अभियानका गाविस संयोजक लालबहादुर कोलीले समाज भित्रको विभेद हटाई समाज र राष्ट्रको बिकासका लागि एक भएर अगाडी बढ्ने सन्देश दिनका लागि यस्तो कार्यक्रम गरिएको बताए । उनले भने – जव सम्म दलित र मलित, मलित र मलित, दलित र दलित भित्रको जातिय विभेद हट्दैन तब सम्म न त ब्यक्ति, नत समाज कसैको बिकास हुदैन । त्यसकारण हामी सवै एकै हो र अब भाईबन्धुको नाता जोडेर अगाडी बढ्नुपर्छ भन्ने अभियानका साथ हामिहरुले यो कार्यक्रम आगडी बढाएको बताए । जातिय विभेद तथा छुवाछुत मुक्त गाविस घोषणा कार्यक्रममा बोल्ने अधिकासंश बक्ताहरुले समेत जातिय विभेद तथा छुवाछुक्त गर्नु अपराध रहेको बताउदै यसका लागि अब सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । उनिहरुले आफुले पनि विभेद नगर्ने र अरुलाई पनि विभेद नर्गन आग्रह गरेका छन । कार्यक्रममा राष्ट्रिय मानव अधिकारी आयोगका मानव अधिकृत झंकर रावल, ईन्सेकका क्षेत्रिय संयोजक खड्कराज जोशी, स्थानिय शान्ति समिति कैलालीका संयोजक बिरबहादुर जेठारा, ईएसपी कार्यक्रमका देवेन्द्र अधिकारी राष्ट्रिय दलित नेटवर्क नेपालका महासचिव मोहन ओड, महिलाअधिकारकर्मी चित्रा पनेरु, दलित महिलाअधिकारकर्मी पार्वर्ती आग्री लगायतका बक्ताहरुले हाम्रो मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको उदेश्य माथी प्रकाश राष्ट्रिय दलित नेटवर्क नेपालका कार्यक्रम संयोजक टेक बहादुर बिकले प्रकाश पारेका थिए भने शिव बिकले कार्यक्रमको संचालन गरेका थिए ।साभार :- jagaranmediacenter बाट

No comments:

Post a Comment