बादी र गन्धर्व समुदायको घर निर्माणका लागि सरकारले ४० लाख विनियोजन




दाङ , १ असोज दाङ जिल्लामा बादी र गन्धर्व समुदायको घर निर्माणका लागि सरकारले ४० लाख विनियोजन गरेको छ ।भवनडिभिजन कार्यालय दाङका कार्यालय प्रमुख तिलकराम अधिकारीका अनुसार विनियोजित रकमबाट जिल्लामा उक्त समुदायका २० परिवारका लागि २० घरनिर्माण गरिनेछ । ‘जनताको आवास निर्माण’ शीर्षकमा पठाइएको सो रकम जिल्लाका अतिविपन्न वादी र गन्धर्व परिवारको पहिचान गरी घर निर्माणमा खर्च गरिनेछ । प्रतिघर निर्माणका लागि रु दुई लाख खर्च गरिने र सो रकमबाट बरन्डा, दुईकोठे घर, जस्तापाताको छानो निर्माण गरिनुपर्ने प्रावधान रहेको कार्यालयले जनाएको छ । 
साभार : हरेकपल

No comments:

Post a Comment