दलित महिला संघद्वारा शीर्ष दलसमक्ष अवधारणा प्रस्तुत

काठमाडौं, ८ असोज । दलित महिला संघले मंगलबार विभिन्न राजनीतिक दलहरुलाई आफ्नो अवधारणा पत्र बुझाएको छ । उनीहरुले आफ्नो मागलाई राजनीतिक दलहरुको कानसम्म पु¥याई दिन निर्वाचन आयोगलाई समेत ध्यानाकर्षण पत्र बुझाएका छन् । बाँके, कैलाली, कञ्चनपुर र काठमाडौं ३५ जना दलित महिलाले मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले, मधेशी जनअधिकार फोरम, नेकपा मालेलगायतका दलहरुलाई आगामी निर्वाचनमा दलित महिलाको समानुपातिक सहभागिता गराउन आफ्नो अवधारपत्र बुझाए ।
यसअधि सोमबार एनेकपा माओवादीका प्रबक्ता अग्नि सापकोटासँग अवधारणा पत्र बुझाएका थिए । अघिल्लो संविधानसभाको निर्वाचनमा अधिकाँस राजनीतिक दलहरुले आफ्नो चुनावी घोषणापत्रमा दलित महिलाका एजेण्डाका बारेमा उल्लेख गरेका छैनन् । त्यसकारण आगामी दिनमा सबै राजनीतिक दलहरुले आफ्ना चुनावी घोषणापत्रमा दलित महिलाका एजेण्डा समावेश गर्न माग गर्दै ध्यानाकार्षण गराएका छन् । उनीहरुले आफ्ना एजेण्डालाई समावेश नगरे सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
दलित महिला संघकी बरिष्ठ केन्द्रिय सदस्य रेनु सिजापतिको अगुवाईमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा निर्वाचना आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले संविधानसभाको निर्वाचन भए मात्र जनताले जित्ने भएकाले गाउगाउँ जान राजनीतिक दलहरुलाई आग्रह गरे । उनले अब दलित महिलाको समान सहभागिताका लागि राजनीतिक दलहरुलाई दवाव दिनुको कुनै विकल्प नभएको समेत बताए । उनले भने भने ‘आयोगले त समाबोशी बनाएर ल्याउ भन्ने हो, कानुनमा दलित महिलाको मात्र यति प्रतिशत चाहिन्छ भन्ने नभएकाले प्राविधिक समस्या आउन सक्छ ।’ उनले समानुपातिकभित्र पनि समानुपातिक अहिलेको आवश्यकता बताए ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीलाई अवधारणा बुझ्दै अबको संविधानसभामा विगतको संविधानसभाले गरेका सहमतिलाई कार्यान्वयन गरिने प्रतिवद्धता जनाए । उनले ३३ प्रतिशत महिलाभित्र दलित महिलालाई समानुपातिक सहभागिता गराउने प्रयास गर्ने बताए । उनले हिजोका दिनमा भएका सबै दलीय समझदारीका राम्रा पक्षलाई घोषणापत्रमा उल्लेख गर्ने जानकारी दिए । मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलले अवधारणापत्र बुझ्दै मधेशी महिला पीडित भएको त्यसमा पनि मधेशका दलित महिला झन पीडित भएकाले आगामी संविधानसभाको निर्वाचनमा पीडितको आवाज समाबेस गर्ने प्रतिवद्धता जाहेर गरे ।साभार : जागरण मिडिया

No comments:

Post a Comment