साथै उहाँले दलित समुदाको हकअधिकार सुनिश्चित गर्न हाल पहिचानसहितको संघीयता, संघीयता सहितको संविधान र सविधनासभाबाटै नयाँ संविधान भन्ने मुलमुद्दा रहेको बताउनुभयो ।
मोर्चाले जातीय, भाषिक, साँस्कृतिक क्षेत्रीय एवं लैङ्गिक उत्पीडनमा परेका समुदाय तथा वर्ग दलित आन्दोलनको मित्र शक्तिको रुपमा लिएर छ । साथै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समाबेशीलोकतन्त्र, सामाजिक न्याय सहित जातीय भेदभाव तथा छुवाछूत (कसुर सजाय) ऐन २०६८ जस्ता ऐतिहासिक उपलब्धीको रक्षा गरी थप उपलब्धी हासिल गर्न र बिशेषअधिकार सुनिश्चित गर्न संघर्ष गर्नु दलित आन्दोलनको तत्कालीन कार्यदशा भएको अध्यक्ष श्रीपालीले बताउनुभयो ।
जातपात छुवाछूतको दुव्र्यवहार तथा आर्थिक, सामाजिक, साँस्कृतिक, लैङ्गिक, क्षेत्रीय भाषिक लगायतका शोषण उत्पीडनबाट मुक्त भई समतामुलक समाज निर्माण गर्नु दलित आन्दोलनको रणनीति बनेको बताइएको छ ।
साथै मोर्चाले संगठनमा दलित समुदाय भित्रका बिभिन्न जातजातिको समानुपातिक प्रतिनिधित्व गराइने श्रीपालीले बताउनुभयो । भदौँ २८ गते सम्पन्न पाँचौ राष्ट्रिय सम्मेलनले २९९ सदस्यीय केन्द्रिय कार्यसमिति निर्वाचित गरेको छ । त्यसैगरी नेता भुवन सुनारको अध्यक्षतामा ६५ सदस्यीय केन्द्रिय सल्लाहकार परिषद् चयन गरेको छ ।
No comments:
Post a Comment