आधुनिकीकरण नहुदा दलितहरुले पुर्खेली उद्योग आरण वन्द हुने अवस्थामा-प्रविर ददेल

असोज ८, रुकुम ।आधुनिकीकरण नहुदा दलितहरुले पुर्खेली उद्योग आरण वन्द हुने अवस्थामा पुगेको छ । पुरानो परम्परा अनुसार गाउघरमा तामा तथा फलामका भाडा कुडा वनाउनको लागी प्रयोग हुने स्थानीय उद्योग आरण वन्द हुदै गएका हुन ।
पुरानो पर्खेली पेसा अनुसार जिवीकोपार्जको लागी चलाईने आरणहरुवाट देशमा वढेको महगीको समस्यालाई धान्न नसकेपछि दलितहरको पुर्खेली उद्योग (आरण) वन्द हुने अवश्थामा पुगेका व्यवसायीहरु वताउछन ।
आरण चलाउदा वालीघरे प्रर्थाका कारण मुल्य नपाउने र दलित भनि उत्पिडीत उपेक्षित हुने हुने भएपछि दलित युवा वर्गहरु कामको लागी विदेशीन थालेका छन । स्थानिय वासी खड्कवहादुर कामीका अनुसार सिप अनुसरा मुल्य नहुदा व्यवसायीमा वितिस्ना पैदा भएको छ ।
उनले भने, समय अनुसार आरणको आधुनिकीकरण हुन नसकेपछि युवापुस्ताहरुमा यो पेसा हस्तातरण गर्न नसकेको हो ।
दलितको वाहुल्यता रहेको रुकुम जिल्लाका छिवाङ,पेउघा,गरायला,सिम्ली,खारा,मुरु,अर्मा ,भलाक्चा लगाएतका दुई दर्जन भन्दा वढी गाविसका दलीत घरघरमा परम्परागत रुपमा आरण रहेका भएपनि आज भोली लोप हुदै गएका छन ।
तामाका गाग्री ,ताउला, हुन्नो फलामका हसीया,कुटो, कोदाली, खुकुरी,वन्चरो लगाएतका घरायसी सामाग्रीहरु आरणवाट वनाईने भएपनि उचित मुल्य र सम्मान नपाएका कारण वन्द हुन थालेका छन ।
आरण चलाउदा वर्षमा २ पाथी अन्न मात्र पाउने र यसवाट साझ विहानको छाक टार्न गाहे हुने लामो समय देखी आरण व्यवसाय गदै आएका भलाक्चा १ का राजविर कामीले जनाए ।
रुकुममा अझै पनि वालीघरे प्रर्था कायमै भएकाले समस्या रहेको वुद्धीजिवीको भनाई रहेको छ । दलीत युवाहरु सिपवाट सम्मान नहुने भन्दै विदेशिसन थालेका छन ।
फलाम र तामा का भाडाकुडा वनाएपनि वजार नपाउदा समस्या झन जटिल वनेको पेसाकर्मिहरु वताउछन ।
पहिले गाउमा वनाएका फलाम र तामा का सामान किन्नेको भिड हुन्थ्यो ,अहिले भने आरण देखीन छाडेका छन यसको विक्रीवितरण नहुने भएपछि गाउनै सुनसान भएको स्थानिय वासीले वताए । आजभोली गाउमा फलामका भाडाकुडा वनाउने मुस्कीले भेट्न सकिन्छ । जिल्लामा आरण चलाउनेको संख्या घटेपनि यसको तथ्याक कुनै संस्थाले राखेको छैन । यस्ता उद्योग घरलु तथा साना उद्योग विकास समितीमा दर्ता नहुदा यसको तथ्याक नभएको हो ।साभार : जागरण मिडिया

No comments:

Post a Comment