सार्वजनिक शौचालयमा बस्दै आएकी परियारलाई सहयोग उपलब्ध

रक्तदाता अर्जुनप्रसाद मैनाली
काठमाडौं , आश्विन ४ - पाँच वर्षदेखि सार्वजनिक शौचालयमा बस्दै आएकी गुल्मीको वाग्ला गाविसकी ५० वर्षीया ज्ञानी परियारलाई अमेरिकामा बस्दै आएका रक्तदाता अर्जुनप्रसाद मैनालीले दसैं खर्च स्वरुप ३८ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । कान्तिपुरको अनलाइन संस्करण ईकान्तिपुरमा गुल्मी संवाददाता घनश्याम गौतमले लेखेको '५ वर्षदेखि शौचालयमा बास' समाचार पढेर रक्तदाता मैनालीले तत्काल दशै खर्चको लागि १० हजार र उनी र उनका तीन छोराहरुको पालनपोषणका लागि २८ हजारको अक्षय कोष स्थापना गरिदिएका छन् । ५ वर्षदेखि
शौचालयलाई बासस्थानका रुपमा प्रयोग गर्दै आएकी ज्ञानी परियारको घरबार र आफन्त छैनन् । बेसहारा अवस्थामै उनले  ३ छोरा जन्माइन । उनी पनि बेसहारा हुन् । उनलाई अभिभावकबारे जानकारी छैन । ५ वर्षको उमेरमा आमाको मृत्यु भएपछि ज्ञानीका बाले दोस्रो विहे गरेका थिए । त्यसपछि उनी बेसहारा भएकी थिइन् । गुल्मीको सिमलटारी बजारमा बेवारिसे अवस्थामा डुल्ने गरेकी ज्ञानीका १२ वर्षीय जेठो छोरा मजदुरीका लागि छिमेकी जिल्ला प्यूठानमा छन भने ११ वर्षीय माइलो छोरा सिमलटारी बजारमा माग्दै आमा र ६ वर्षको कान्छो भाइको हेरचाह गर्छन् । गरिबीबारे जानकारी पाएपछि काभ्रे सीपाली मुल घर भई हाल न्यूयोर्कमा बस्दै आएका रक्तदाता मैनालीले कान्तिपुर दैनिकका काठमाडौं संवाददाता सुरज कुँवरमार्फत सहयोग पठाइदिएका हुन । रक्तदाताका रुपमा चिनिने मैनालीले हालसम्म १ सय ४ पटक रक्तदान गरीसके । २२ वर्षदेखि रक्तदानमा सक्रिय मैनालीले गत वर्षको दसैंमा मासु किन्न नपाएपछि आत्महत्या गरेका चितवनको माडीका धन बहादुर परियारका १२ जना बच्चाहरुको लालनपालन र विधुवा पत्नीलाई १ लाख ४५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका थिए । त्यस्तै साउनको दोस्रो साता अत्याधिक रक्तश्राव भएर थलिएकी बाजुराकी सावित्री थापालाई रगत दिएर जीवनदान दिने चिकित्सक झपिन्द्र पोखरेललाई १० हजार नगद पुरस्कार उपलब्ध गराएका थिए । रक्तदानबारे नेपालका विद्यालयमा रक्तदान र कल्याणकारी कार्यबारे हुने जनचेतनामुलक निवन्ध लगायतका प्रतियोगीतामा हौसला दिलाउन उनी प्राय: नगद पुरस्कार प्रदान गर्दै आएका छन् । अनाथ विधुवा लगायतलाई राहत उपलब्ध गराउन उनी आफ्नो कमाई र अमेरिकामा बस्दै आएका  नेपालीहरुबाट राहत संकलन गरी नेपालका दुर्गम गाउमा पठाउँछन् । - SOURCE:- ekantipur

No comments:

Post a Comment