खोरमा थुनिएका दुइ दलीत् बालकलाई आर्थिक सहयोग


ओखलढुंगा -०७० असोज ७ गते , आर्थिक अभावले उपचार गर्न नसकेर खोरमा थुनिएका ओखलढुङगा- ४ गोरुमारेभञ्ज्याङका दुई बालकलाई असोज ४ गते जिल्ला बालकल्याण समिति ओखलढुङ्गाले राहत स्वरुप आर्थिक सहयोग गरेको छ ।

दुई बालक खोरमा थुनिएको समाचार इन्सेक अनलाइनमा आएपछि समितिले सहयोग गरेको बताउको छ । खोरमा थुनिएका १२ वर्षीय निर्मल विश्वकर्मा र ८ वर्षीय निराज विश्वकर्माको अवस्थाबारे अनलाइनमा समाचार प्रकाशन भएपछि समितिले जनही १ हजार ५ सय रुपैयाँका दरले राहत स्वरुप आर्थिक सहयोग गरेको हो । जिल्लाका प्रहरी प्रमुख, बाल कल्याण अधिकारी, बाल अधिकार अधिकृत, विभिन्न कार्यालयका प्रमुख लगायतले स्थलगत अवलोकन गरेका
थिए । जन्मजात शारीरिक लुलोपन र मानसिक समस्या भएर खोरमा थुनिँदै आएका बालकहरूको उद्दार र उपचार गर्न समितिले विराटनगरमा रहेको बाल सुधार गृहमा समेत पहल गरिरहेको जिल्ला बाल कल्याण समितिको कार्यालय ओखलढुङ्गाका बाल अधिकार अधिकृत झम्केश्वर ओझाले बताए ।
     
दुई वर्षदेखि खोरमा थुनिएका बालकहरूको पालन पोषण र बसाइका लागि सहयोग भए पनि उद्दार हुन भने अझै सकेको छैन । घामपानीमा समेत छाना विनाको खोरमा राखिँदा बालकहरूको अवस्था दिनदिनै बिग्रँदै गइरहेको छ । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बालकहरूका अभिभावकले काममा बाधा नपुर्‍याउन भनेर खोरमा बाँधेर समेत राख्दै आएका छन् ।

No comments:

Post a Comment