'बालुवा नचाली मुखमा माड हुन्न, हामीलाई के को चुनाव ?'



बाँके , देशभर चुनावको सरगर्मी बढिरहेका बेला सुर्खेतको विकट क्षेत्र लाटी कोईली झुप्राका बादी समुदायलाई भने चुनावको हावाले छुन सकेको छैन् । ९९ घर परिवार बादी समुदाय रहेको उक्त स्थानका बादी समुदायका मानिसहरुलाई तिजको गीतमा भने जस्तै बाबुराम संविधान कुन चराको नाम भन्ने गीत ठ्याक्कै मिलेको छ । ‘ विहान उठेदेखी बेलुका नसुत्दासम्म खोलामै हाम्रो बास हुन्छ । हामीलाई के को चुनाव ? बादी समुदायकी अलिक बृद्धा ६० वर्षिया गोपी बादीले भनिन् । जंगलको कुनामा बस्छौँ बालुवा नचाली हुन्न ? एक दिन बालुवा नचाल्ने हो भने बेल्का मुखमा माड लाग्दैन् ।
उनी मात्रै होईन लाटी कोईली १ झुप्राका बादी समुदायहरु कसैलार्इृ न निर्वाचनका बारेमा थाहा छ न त उनीहरुलाई यसबारेमा चासो नै । संविधान सभाको दोस्रो निर्वाचनका लागी मंसिर ४ गते हुने चुनावका बारेमा सदरमुकाम विरेन्द्रनगरमा उम्मेदवारकाबारेमा कसले जित्ने टिका टिप्पणी भैरहँदा सोहि जिल्लाको बादी समुदायलाई भने निर्वाचन होस् नहोस्सँग कुनै मतलब नै छैन् । चुनाव भए पनि नभए पनि हामीलाई बालुवा नचालेसम्म हुन्न स्थानिय ४० वर्षिया भिमा बादीले भनिन् । मैले त फोटो सहितको मतदाता नामावलीमा नाम समेत लेखाईन । संविधान बनाउनका लागी सहि नेतृत्व चुन्नुपर्छ त्यो हाम्रो अधिकार र कर्तब्य दुबै हो भनेर नजानेका उनीहरुलाई निर्वाचनका बारेमा कसैले पनि जानकारी नदिएको स्थानिय गणेश बादीले बताए उनले भने जसलाई भोट चाहिन्छ उनीहरु नै आउलान पछि अहिले त कोही आएको मैले थाहा पाएको छैन् सञ्चारसेवा विद्युत सेवाबाट समेत वञ्चित रहेका बादी समुदायका बासीन्दाहरुलाई आफ्नो रोजी रोटीका लागी ढुङ्गाबाट बालुवा संकलन गर्नै भ्याई नभ्याई भएको जिल्ला बादी अधिकार संघर्ष समिति सुर्खेतका हरि बादीले बताए । एक पटक फोटो सहितको मतदाता नामावली संकलनका लागी सबैलाई खबर भएको थियो । त्यसपछि गाउँमै आएर निर्वाचनका बारेमा जानकारी भने कसैले नदिएको उनको भनाई छ । देशमा संविधान सभाका लागी हुने निर्वाचनमा कुन पार्टीको के धारणा ल्याएका छन् कुन पार्टीबाट कुन उम्मेदवार उठेको छ भन्ने कुराको जानकारी लिनु त परै जाओस् त्यहाँ पुगेका मानिसहरुसँग कुरा गर्ने फुर्सद समेत नभएको कक्षा नौमा पढ्ने जनक बादीले बताए । स्कुल तिर चुनावकाबारेमा सर मेडमले कुरा गर्नुहुन्छ उनले भने तर हाम्रो गाउँमा बा आमालाई पनि चुनावको बारेमा वास्ता छैन न जानकारी नै छ । गाउँमै बढि पढ्ने मध्ये गनिने उनलाई समेत निर्वाचनका बारेमा थाहा नभएको बताए । सरकारले निर्वाचनका बेलामा जनतालाई निर्वाचन शिक्षा प्रदान गर्नुपर्ने अवस्था देखिएको छ । निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा निकायले सुरक्षा अवस्था मजबुत पार्ने कार्य गरिरहेको अवस्थामा सुर्खेतका बादी समुदायलाई निर्वाचनबारे थाहा नहुनु सोचनिय विषय बनेको छ । 
साभार : हरेकपल 

No comments:

Post a Comment