चनाचटपटे, चाट बेचेर २ हजार देखि २५ सयसम्म कमाइ - मेनका परियार

रुकुम असोज ३, “म त तराईको मान्छे पहाडमा ढुङ्गा, माटोसँग काम गर्दा त बाउको बिहे नै देखिन्थ्यो । यो काममा आजभोली पहिलेको जति दुःख गर्नुपर्दैन बसी बसी आरामसँग काम गरे भईहाल्छ ।” यो भनाई हो गीता सार्कीको ।
माइती घर नेपालगञ्ज भएकी गीता सार्कीको १४ बर्षको कलिलो बाल उमेरमा स्यालापाखा ४ कैलीदेउ रुकुममा बिहे भयो । सानै उमेरमा बिहे भएकाले उनले पढ्न लेख्न पाईनन् ।
उनी बिहे लगतै बच्चाकी आमा बनिन् । परिवारमा आर्थिक समस्या बढ्दै गएपछि उनका श्रीमान् कमाई गर्न कालीपार जानुपर्ने भयो । गीतालाई एक्लै घरपरिवार चलाउनु पर्ने भयो । उनका श्रीमान् लामो समयसम्म कालीपार बस्ने र बेलामौकामा मात्रै भेटघाट गर्न घर फर्कर्ने गर्थे । उनको त्यो बाँध्यता थियो । किनकी धेरै बेर घरमा बस्ने हो भने दुई पैसा भएपनि कमाई छुट्ने गथ्र्यो । क्रमश ः गीताको परिवार संख्या बढ्दै गयो र दैनिक समस्या टार्न श्रीमान्को मात्र कमाईले नपुग्ने भयो । त्यसैले उनीले आफुजस्तैं गाउँका साथीहरुसँग मिलेर ढुङ्गामाटाको ज्यालामजदुरी गर्न थालिन् । त्यो दिन सम्झदैं उनीले भनिन् ः– “दिनभरी ढुङ्गामाटोसँग लडीबुडी गर्न सा¥है गा¥हो हुन्थ्यो । दिनै भरी मरिमेटी काम गर्दा पनि मात्र १ सय ५० देखि बढीमा २ सय सम्म कमाई हुने गथ्र्यो । फेरि कहिले काम मिल्थयो त कहिले त्यसैबस्नु पथ्र्यो काम गरेको पैसा पनि समयमा पाउदैनथे कसैकसैले त काम गरेको पैसा अझैं पनि दिएका छैनन् ।”
उनका अनुसार उनी एकदिन बजार घुम्न गएकी थिईन् । उनले पानपुरी पसलेले पानपुरी बनाईरहेको देखिन् । बेलुका घर फर्केपछि उनीलाई पानपुरीको याद आईरह्यो । उनीलाई लाग्यो म पनि त्यो पानपुरी बनाउन सक्छु । उनीले एकदिन तरकारी पकाउँदै गरेको कराईमा पानपुरी बनाईन् त्यसपछि नजिकैकी एक मन मिल्ने छिमेकीलाई देखाएर भनिन् पानपुरी यस्तै त हुन्छ नि हैन ? छिमेकीले अचम्म मान्दै हो त नि कति गजबको भनेर सहराना गरिन् । यो कुराले उनीमा आँट आयो म पनि अब पानपुरीको व्यापार शुरु गर्छु । त्यसपछि उनीले त्यो ज्यालामजदुरी छोडेर सानो घुम्ती भाँडामा लिएर पसल खोलिन् । यसरी उनको व्यापार शुरु भयो । व्यापार गर्दै जाँदा उनीमा जाँगर बढ्दै गयो र चासो पनि । उनीले अरुले चनाचटपटे, चाट बनाएको पनि देख्थिन् र सुटुक्क पसलमा गएर किनेर खान्थिन् । त्यसैबेला मौका छोपी उनीहरुले बनाएको हेर्थिन् अनि नजानेका केहि कुरा सोध्ने गर्थिन् । त्यहाँबाट आफ्नो पसलमा फर्केपछि आफूले पनि तयसैगरी बनाउँथिन् । विस्तारै उनीले चनाचटपटे र चाट पनि बनाएर बेच्न थालिन् । उनको व्यापार राम्रो हुर्दै गयो । र घुम्तीमा पनि थोरै किराना समान राखिन् ।
आजभोली उनको व्यापार फस्टाउदै गएको छ । दिनभरीको उनको कमाई २ हजार देखि २५ सयसम्म हुन्छ । ग्राहकलाई चाट पु¥याउदै हसिलो मुख लगाएर उनी भन्छिन् ः– “मजदुरी गर्दाको कमाई र व्यापार गर्दाको कमाई कहाँ एकै हुनु आकाश पातलको फरक छ । कहाँको सय दुई सय कहाँको दुई हजार पच्चीस सय फेरी यो व्यापारमा खासै दौडधुप पनि गर्नु पर्दैन ।” उनको यो भनाईले स्पष्ट हुन्छ कि उनको व्यापार राम्रै छ र उनी यसैमा सन्तोष छिन् ।
उनको कामको प्रशंसा गर्दै स्थानिय पत्रकार गणेश वि.क भन्छन् ः–काम कुनै ठुलो सानो हुदैन । उनी सानै लगानीबाट पनि राम्रै श्रम गरेर उदाहरणीय बनेकी छन् । उनी थपछन् श्रीमान् बाहिर गएका कतिपय दिदीबहिनीहरु श्रीमान् कै भरमा आश्रित हुन्छन् । कोही त झन् समयलाई बर्बाद पार्दै नराम्रो काममा लागेका हुन्छन् । यस्ता राम्रा काम गर्ने गीता र उनी जस्तैको कामको सम्मान हुनुपर्छ र उनीहरुको कामको संचार माधयामले प्रचारप्रसार गर्नु पर्छ किनभने उनीहरु समाजका उदाहरण हुन् ।
साँच्चिकै गीता एउटा संघर्षशील महिला हुन् । उनी बिहानै पसलमा पुग्छिन् । दिनभर व्यापारको काममा व्यस्थ रहिन्छिन् । उनकै बारेमा चर्चा गर्छिन् महिला मानव अधिकार रक्षक संजालकी सचिव तुलसा शर्मा ः–जीवन जिउनको लागि जागिर खानैपर्छ भन्ने छैन । जागिरका लागि बेरोजगार बसेका तमाम व्यक्ति र बाँच्नका लागि भन्दै कुनैपनि काम नभएजस्तो गरी देह व्यापार समेत गर्न पछि नपर्ने महिलाहरुको लागि पनि यो एउटा चुनौती हो । उनी र उनीहरु जस्ताको कामको कदर र सम्मान गर्न सिक्नुपर्छ । साथै सीप सिकेर केही गर्न चाहनेहरुको लागि राज्य र उनीहरु जस्ता कै विकास गर्छौ भनी स्थापना भएका संघसंस्थाहरुले उनीरुलाई सीप सिकाई रोजगारीको सृजना गर्नुपर्छ ।
शुरुमा उनीले थोरै लगानीबाट व्यापार थालेकी हुन् । व्यापार गर्न थालेको अहिले ४ बर्ष भयो । व्यापार सबैभन्दा राम्रो दिउँसोमा हुने उनी बताउँछिन् किनकि दिनमा बजारमा चहलपहल बढ्ने र अफिसका कर्मचारीहरुले खाजा नास्ता खाने गर्छन् त्यस्तै दिउँसोमा विद्यार्थीहरुको हाप छुट्टी हुने हुँदा विद्यार्थीहरु पनि पसलमा भीड लाग्ने गर्छन ।
उनी अहिले २९ बर्ष की भईन् । उनका साथमा ३ भाईबहिनी छन् । छोराछोरीको पढाई खर्च, कोठा भाँडा, दैनिक घरव्यवहार सबै यसैबाट टरेको छ । उता श्रीमान्को पैसा पनि बचत गर्न सहयोग पुग्छ । श्रीमान्लाई आर्थिक बोझ हल्ला भएको छ । पहिले पहिले उनीलाई देखेर यस्तो व्यापार पनि के गरेकी ? भन्नेहरु, उनका बारेमा कुरा काट्नेहरु आजभोली उनको राम्रो अम्दानी देखेपछि आफूहरु पनि त्यहि व्यापार गर्न थालेका छन् । र भन्छन् यसले त राम्रै कमाउन पो गर्न थालि त । आफ्नो जस्तै व्यापार गर्न चाहने र सिक्न चाहनेहरुलाई उनी सिकाई दिन्छिन् । केहीले त उनीबाटै सिकेर व्यापार पनि थालेका छन् । काम कुनै सानो र ठुलो हुदैन सबैको आ–आफ्नो ठाउँमा महत्व हुन्छ । सबभन्दा राम्रो उपाय भनेको त कुनै पनि सीप सिकीसकेपछि त्यसैलाई व्यवसायीकरण गरि मेहनेतका साथ पेशाकै रुपमा अंगाल्ने हो भने जीवन धान्न खासै गा¥हो नहुने यो एउटा गतिलो उदाहरण हो ।साभार : जागरण मिडिया

No comments:

Post a Comment