बाढीले घर र जमिन बगाए पछि मुक्त हलिया परिवार विस्तापित -करन ताम्राकार


 डडेल्धुरा,असोज,७ गते । दार्चुलामा असार ३ गते आएका महाकलीले नदीको बाढीले घर र जमिन बगाए पछि तीन महिना देखि ३८ मुक्त हलिया परिवार विस्तापित भएका छन् । बाढी पछि विस्तापित भएका मुक्त हलिया परिवार अहिले उँकु गाविसको वेदमा खुल्ला आकाशमुनी बस्न बाध्य भएको दार्चुला जिल्ला मुक्त हलिया समाज संघका अध्यक्ष दनीराम तिरुवाले बताउनुभयो ।
दार्चुला जिल्लाकाको उँकु गाविस,३ भुनेलीका,१२ मुक्त हलिया परिवार र उँकु गाविस,४ का २५ मुक्तहलिया परिवार बाढी पछि विस्तापीत भएका हुन । दार्चुला
जिल्लामा असार पहलो सता आएको महाकालीको बाढीले घर र जमीन सबै बगाए विस्तापित हुन परेको उँकु गाविस,४ का मुक्त हलिया दर्पाराम टमटाले बताउनुभयो ।
बाढीले विस्तापति भए पछि त्यस ठाउँमा बस्न असुरक्षीत भएकोले सुरक्षित बास मिलाई दिन हुन जिल्ला प्रशासन कार्यालय लाई अनुरोध गर्दा कुनै वास्था नगरे पछि उँकु गाविसकै असुरक्षित ठाउँमा टेन्ट रोकेर वस्न बाध्य भएको मुक्त हलिया समाज संघका अध्यक्ष तिरुवाले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाट अहिले सम्म १८ परिवारलाई प्रतिपरिवारका दरले २० किलो चामल,अधा लिटर खानेतेल,२ किलो दाल,१५ मिटरका दरले कपडा र एक टेन्ट(पाल) मात्र उपलब्ध भएको र २० परिवाले अझै कुनै किसमको राज्यबाट रहात नपाएको मुक्त हलिया समाज संघका अध्यक्ष तिरुवाले बताउनछन् । तर हलिया हरुको लागि काम गर्देआहिरहेको मुक्त हलिया समाज महासघं केन्द्रीय कार्यालयले भने यो हलिया भन्दा पनि राज्यलेको जिम्वारी भएको र केन्द्री दैवी प्रकोप उद्धार समिति लाई विस्तापति मुक्त हलिया परिवारलाई चाडै पुनःस्थापनकालागि महासघंका तर्फबाट पत्र पठाईसकेको मुक्त हलिया समाज महासघकां केन्द्रीय महासचिव ईश्वर सुनारले बताए ।साभार : जागरण मिडिया

No comments:

Post a Comment