दलित महिलाको वेदनाको कथा

प्रविर ददेल, असोज १०, रुकुम ।
मेरो नाम देउरुपी कामी हो । म ४५ वर्षकी भए । मेरो घर आठविसडाडाँउ ३ मा पर्दछ । मेरो १३ वर्षको उमेरमा पहिलो विहे भयो । मैले त्यो सानो उमेरमा घरधन्दा चलाउनु पर्दथ्यो । मुस्कीलले एक भारी दाउरा र घाँस ल्याउथे । तर पनि मैले घर परिवारवाट सुख पाउदैन्थे । घरमा श्रीमान र सासु ससुरावाट गाली वेज्जती सहुपर्दथ्यो । २ वर्ष सम्म म सहेर वसे । त्यसपछि मलाई काम गर्न नसक्ने भन्दै सम्वन्ध विच्छेद वनाए । म माईती घरमा गएर वसे । त्यस पछि फेरी मेरो आमा वावाले १८ वर्षको उमेरमा दोस्रो विहे गराए । अलिकति मेरो शाररिक रुपमा केही सक्षम भएकाले मेरो जिवनमा केही सहज भयो ।
पहिले पहिले श्रीमानले पनि काममा साथ र सहयोग दिनुहुन्थीयो । विस्तारै केही वर्ष वित्दै थिए । मेरो
कोखवाट २ छोरा र ३ छोरीको जन्म भईसकेको थियो । गरीव परिवार भएकाले खान लगउन पुग्दैन्थीयो । साझ विहानको छाक टार्न नै मुस्कील पर्दथ्यो । अनी फेरी मेरा दुःखका दिन सुरु भए । श्रीमानले जाड रक्सी खाएर सधै कुटपिट र झै झगडा गर्नुहुन्थीयो । कुनै दिन खाली हुदैन्थीयो मेरा आँखा मा आँसु । २०६५ सालमा श्रीमानले दाउराले हानेर दाईने हात भाच्चीयो । तर पनि सहेरै वसे । मेरो दुःख भन्ने ठाउ कतै थिएन । मर्न मन लाग्दथ्यो, कलिला नानी वावुलाई सम्झदा मर्न सकिदैन्थीयो । नत काल नै आउथ्यो । मेरो मनमा पिडा सहनु नसक्नु थियो । २०६५ फाल्गुन २ गते मेरी जेठी छोरी वाख्रा खोरमा गएकी थिई । त्यसै वखत पापी श्रीमानले छोरीलाई जवरजस्ती करणी गरेछ । छोरी रुदै कराउदै मेरो सामु आई । छोरीलाई के भयो भनि सोध्दा केही नवोलेर रुहि रही । छोरीलाई धेरै फकाएपछि वल्ल उसले आफुलाई वुवाले करणी गरेको वताई । मैले छोरीलाई कसै सँग नभन्नु भन्दै सम्झाए । उसले अझै वेला वेला छोरी माथी त्यस्तै व्यवहार गरेपछि गाँउले र माईतीको सामु गए । कुरा भने उल्टै छोरी र मलाइृ झपारे । पछि सत्य सावित भएपछि गाउलले उसलाई प्रहरी समक्ष वुझाए । वावु जिउदै मरेपछि छोरा छोरीको पालनपोषणको जिम्वेवारी मेरो काधमा आयो । वारीमा लगाएको अन्नले ३ महिना पनि पुग्दैन्थीयो । कसैको मेलापात गएर साझ विहानको छाक टार्थे । सम्पतीको नाममा कुखुरा पनि थिएन ।
२०७० सालमा युकेएडको आर्थिक सहयोगमा केयर नेपाल र नेपाल जनजागरण मन्च रुकुमको साझेदारीमा सन्चालित समुदाय सहयोग कार्यक्रम रुकुम गाँउमा आएको थाहा पाए । गाँउका दिदि वहिनीहरुले वैठक छ आउनु भने । मलाइृ वैठकले के दिने थियो र भने । पछि धेरै कर गरेपछि वैठक जाने निधो गरे । पछि त्यस वैठकमा स्तरीकरणको आधारमा विपन्न, दलित, जनजाती, एकल महिला लगाएतको २६ जनाको एउटा सदस्य वनाए । र समुहको नाम फुलवारी नागरीक सचेतना केन्द्र रहयो । म पनि विपन्न र दलित महिला भएकाले म सदस्य छनौटमा परे । यस समुह मार्फत गाँउका विपन्न महिलाहरुलाई सचेतीकरण गर्ने कार्यक्रम रहेछ ।
८ महिना सम्म हामीलाई गाँउका समस्या र सावधानको वारेमा छलफल वनाईयो । जस्तै महिला अधिकार, महिला स्वास्थ्य,महिला हिसा, गरीव हुनका कारण , जातिय छुवाछुत वालविवाह, वहु विवाह जस्ता समसयाको वारेमा हामीलाई जानकारी गराईयो । त्यसपछि वल्ल मैले आज भोली वुझे म वालविवाह र महिला हिंसाको चपेटामा परेको रहेछु । पहिले आफनो भाग्यलाई नै दोष दिन्थे । यो सस्थाले हामीलाई सचेत वनाएको छ । आजभोली हामी सवै महिलाहरु एकजुट भएका छौ । एक अर्काका समस्याको वारेमा छलफल गरी समस्या सावधानमा पहल गर्ने गरेका छौ । छोरा छोरीलाई विद्यालय पठाउन थालेका छौ । आफना छोरा छोरीको वालविवाह नगराउने सामुहिक प्रतिवद्धता जाहेर गरेका छौ । यो सस्थाले हामीलाई धेरै कुरा सिकाएको अनुभव मैले लिएको छु । साथै जिवीको पार्जन सुधार योजना अन्र्तगत हामीलाई रकम सहयोग पाएपछि व्यवसायी वनेका छौ । पहिले कुखुरा पनि थिएन अहिले भैसी पालन गरेको छु । यसले गर्दा आजभोली केही जिवन सहज रुपमा जिउन सिकाएकोमा सस्थालाइृ धन्यवाद दिन चाहान्छु ।
पिडीत दलित महिला सँग गरीएको कुराकानीको आधारमा तयार पारीएको हो ।
 साभार : जागरण मिडिया

No comments:

Post a Comment