रुपन्देहीमा गैरदलित र दलित मिलेर जातीय विभेद विरुद्ध सचेतनामुलक अभियान सञ्चालन

विनोद परियार
रुपन्देही,१२ भदौं । रुपन्देहीमा पछिल्ला दिनमा गैरदलित र दलित मिलेर जातीय विभेद विरुद्ध सचेतनामुलक अभियान सञ्चालन गरेका छन् । जातीय छुवाछुत विरुद्ध दलित समुदायले मात्रै वकालत गर्दा प्रभावकारी नभएको भन्दै जागरण मिडिया सेन्टर साझा पहल परियोजना बुटवलले संयुक्त कार्यक्रम गर्न थालेपछि दलित र गैरदलितले संयुक्त अभिायन थालेका हुन् । जिल्लाको दक्षिणी भेग मर्चवारमा पर्ने असुरैना सहित सिक्टहन,चिल्हिया,ख–वनगाई र बुटवल वडा न. १३ मा अहिले जातीय छुवाछुत विरुद्ध संयुक्त अभियान सञ्चालन भईरहेको छ । जातीय छुवाछुत दलितको मात्रै समस्या भएको भनेर बस्दा समाजमा झन दरार पैदा
भएकोले यस्ता अमानवीय ब्यहारको सबैले विरोध गर्नुपर्ने भएकाले
आफु पनि समाजमा चेतना जगाउने कार्यमा लागेको बुटवल १३ की गिता रेग्मीले बताउनुभयो । उहा“ले जातीय छुवाछुत सभ्य समाजको लागि सह्य बिषय नहुने भएकाले जातीय विभेद विरुद्ध आफ्ना टोल र छरछिमेकीलाई सचेत गराएको बताउनुभयो । जातीय विभेद तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ र कानुनी कारवाहीको बारेमा गाउमै गएर कार्यक्रम गरेपछि सबै समुदायले जातीय विभेदका विरुद्ध जनचेतना फैलाउने र आफ्नो गाउ टोलमा जातीय विभेद नगरौं भन्दै अभियान चलाएको परियोजनाका कार्यक्रम संयोजक ईन्द्र बहादुर विश्वकर्माले बताउनुभयो ।
यसैक्रममा शुक्रबार बुटवल १३ बुद्धनगरमा कसुर र सजाय ऐन २०६८ र संयुक्त राष्ट्रय संघ सुरक्षा परिषदद्धारा पारित १३२५ र १८२० को बारेमा समुदाय सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एमाओबदी वडा न. १३ का नेता महेन्द्र भुषाल नेपाली काग्रेसका बुथ सभापति कृष्णमान कुवर,तिलोत्तमा अध्ययन केन्द्रका संयोजक बालकृष्ण बुचा,तिलोत्तमा बस्ती विकास समितिका अध्यक्ष डिल बहादुर विश्वकर्मा,समर्पण आमा समुहका गिता रेग्मी,दुर्गा आचार्य लगायतले बोल्दै जातीय विभेद महिला हिंसा सामाजिक अप।ाध भएको भन्दै यसको नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको थियो । जागरण मिडिाय सेन्टरल दुई हप्तासम्म जिल्लाका पाच क्षेत्रको जातीय विभेद महिला हिंसा विरुद्धका कार्यक्रम सम्पन्न गरेको छ । यो कार्य्क्रममा गाविस सचिव प्रहरी अधिकरी,गाउका बुद्धिजिवि र मानवअधिकाकर्मीहरुले विभेद विरुद्ध एकजुट भएर काम गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।साभार : जागरण मिडिया

No comments:

Post a Comment