जातभातले कोही ठूलो सानो हु“दैन, सबै बराबर हुन्-भूपू प्रधान सेनापति रूक्मांगद कटवाल

भरतपुर, फाल्गुन १५ - 'आमा म तपार्इंका हातले दिएको दालभात खान आएको', आ“गनमा टेक्ने बित्तिकै स्वागतका लागि फूल लिएर बसेकी ५० वषर्ीया बलरूपा बिकस“ग प्रधान सेनापति रूक्मांगद कटवालले भने, 'प्रत्येक नेपाली सिपाहीको भाग्यमा तपाईंजस्ता आमाहरूको अमूल्य योगदान हुन्छ ।' गत शनिबार भरतपुर-११ बसेनी सुकुम्बासी टोलको बिश्वकर्मा परिवारस“ग बसेर प्रधान सेनापतिले दालमा ढिंडो चोबेर खाए । झुम्मिएका सञ्चारकर्मी र स्थानीयस“ग भन्दै थिए, 'जातीय विभेद अन्त्य गर्न सेना पुनःसंरचनामा लागेको छ ।' यो अभियान ०४७ सालदेखि सेनाले थालेको र अन्तरिम संविधानबमोजिम झन छुवाछूतलाई पूरै अन्त्य गर्न आफै कस्सिएको उनले सुनाए ।सिपाही हीराबहादुर बिकको घरमा कटवाल पुग्ने बित्तिकै बुहारी उमाले ल्याएको चिया आमा बलरूपा र बाबु चन्द्रबहादुरस“गै बसेर पिए ।


 स“गै रहेका सञ्चारकर्मी लगायतलाई चिया खान अनुरोध गरे 'जातभातले कोही ठूलो सानो हु“दैन, सबै बराबर हुन्, कसैले जात, धर्म, बर्ग, लिङ्ग, बर्ण्र्ााधनी, गरिब भनेर भेदभाव गर्छ भने नेपाली सेना त्यसको अन्त्य गर्न चाहन्छ' कटवालले हीराबहादुरका आमाबाबुस“ग भन्दै थिए, 'तपाईं, हामी सबै बराबर हौं ।'कटवाल आउने खबरले सञ्चारकर्मी बिहानैदेखि कुरेर बसेका थिए । सेनामा जातभात अन्त्य गर्न आफूले दलित सिपाहीको घरमा आएर खाना खाएको उनले बताए । हीराबहादुरका आमाबुवास“गै दर्ुइ घन्टा विताएका कटवालले 'कोही ठूलो सानो जातका छैनौं, जातीयता र क्षेत्रीयताका नाममा राजनीति गर्नेले दलित भनेर भेदभाव गरेका हुन्' भने ।आफू क्षेत्रीको छोरो भएकाले जनै लगाएको देखाउ“दै कटवालले आआफ्ना चलन र संस्कार मान्न सबैलाई छुट भएको बताए । सेनामा भेदभाव अन्त्य गर्न दलित, मधेस, जनजाति, महिला, बिपन्न लगायत पिछडिएका बर्गलाई भर्ती गर्न र भर्ती भएकालाई सम्मानपर्ूवक व्यवहार सिकाउन सैनिक हेडक्वार्टरले माताहतका सम्पर्ूण्ा निकायमा निर्देशन गरेको जानकारी दिए ।प्रधान सेनापतिस“ग खाना खाएका हीराबहादुरकी आमा बलरूपा र बुवा चन्द्रबहादुर निकै खुसी देखिन्थे । 'यस्तो सहिष्णु व्यवहार कोहीबाट पाएका थिएनौं' दुवैले भने ।हीराबहादुर दोलखा चरिकोटस्थित शेरगणमा ७ वर्षेखि कार्यरत छन् । गत माघ ६ गते सैनिक दिवसका अवसरमा त्यहा“ पुगेका प्रधान सेनापतिले हीराबहादुरको नाचबाट प्रभावित भई 'त्रि्रो घरमा खाना खान आउ“छु' भनेर वाचा गरेका थिए । कटवालले आ“गनमै बसेर खाए ।
source:ekantipur २०६४ फाल्गुन १४

No comments:

Post a Comment