|
लेखक : उमीद बागचन्द लेख , तस्बिर साभार : umidbag |
जुम्ला जिल्लाको तातोपानी गाविस वडा नं. १ राँकागाउँका मानसिं सार्कीलार्इ
देशका प्रधानमन्त्री आफ्नो घरमा आएरले खाना खान्छन भन्ने सपनामा पनि सोचेका
थिएनन् होलान । सार्की भनेर हेपिदै आएका मानसिंले देशका प्रधानमन्त्री
आएर आफुले पकाएको खाना खाएको देख्दा उनको खुट्टा नै भुर्इमा रहेन ।
आफुलार्इ उनले भाग्य मानी ठाने । श्रीमानसंगै उनकी श्रीमति चाउरी देवीले
धेरै ठुलो कुरा त प्रधानमन्त्री डाक्टर बाबुराम भट्टरार्इसँग मागिनन, तर
छोरालार्इ जागिरी लगार्इ दिन आग्रह गरिन । राँकागाउँका मानसिं सार्कीको
चुलोमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टरार्इले खाना खाएको कुराले दलित
समुदायमा निक्कै चर्चा
पायो । त्यस्तै जातीय विभेद र छुवाछुत अन्त्यका लागि
राष्ट्रब्यापी सामुहिक अभियानका क्रममा हेटौंडाकी ६५ बर्षिय एक गैरदलित
महिला मिना ढकालले आफ्नो चुलोमा दलित समुदायको सामुहिक प्रवेश गरार्इन ।
मिना ढकालको यो कदमले जातीय विभेद अन्त्यका ठुलाठुला कुरा गर्ने दलका
नेताहरुलार्इ समेत चुनौंती दिएको छ । साँच्चै भन्ने हो भने जातीय विभेद
अन्त्यका लागि सरकारी स्तरबाट हुनु पर्ने प्रयासको खडेरी देखिएको बेला
सामुहिक रुपमा दलित समुदायलार्इ आफ्नो चुलोमा प्रवेश गराएर मिना ढकालले
जातीय विभेद र छुवाछुतको बिद्यमान अन्यौलताका बिच धेरैका नजरमा सकारात्मक
पहलको थालनी गरिन । शदिऔ देखि मानिसको मष्तिकमा जरा गाडेर बसेको छुवाछुत
अन्त्यका लागि कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयनका साथसाथै सामाजिक
जागरणको आवश्यकता छ । त्यस्तो जागरण अभियान दलित समुदायले मात्र नभर्इ
सकेसम्म धेरै गैरदलितहरुको पनि सहभागिता रहन सके त्यसले दलित माथि हुने
छुवाछुत जस्तो अमानवीय ब्यवहार गर्ने गैरदलित समुदाय बीच ठुलो जागरण्ा
ल्याउन सहयोग गर्दछ । यहीे मान्यताका साथ सामाजिक तथा साँस्कृतिक अन्तर
घुलन गराउने र कोही पनि जन्मका आधारमा ठुलो वा सानो जात हुदैन भन्ने जागरण
ल्याउने उद्देश्यले जातीय विभेद र छुवाछुत अन्त्यका लागि राष्ट्रब्यापी
सामुहिक अभियान २०६९ का रुपमा यो अभियान थालनी गरिएको शान्तिका लागि साझा
अभियानले जनाएको छ । यो अभियानका अधिकाँस अभियानकर्ताहरु सामाजिक घुलनबाट
मात्र जातीय विभेद अन्त्य हुने मान्यता राख्छन । अभियानले विभेदरहित समाज
निर्माणका लागि हाम्रो अग्रसरता, जातीय छुवाछुत अन्त्यका लागि सामुहिक
प्रतिवद्धता भन्ने नारा समेत तय गरेको छ । जातीय विभेदलार्इ कानूनले
दण्डनिय अपराध मानेको छ, राज्यले जातीय विभेद अन्त्यका थुप्रै घोषणा गरेको
छ, तर पनि व्यवहारिक रुपमा लागु हुन नसकिरहेका कारण तल्लो दर्जाको जीवन
विताउनु परेको ठान्ने धेरै छन । उसो त जातीय छुवाछुत जन्य विभेद दूरदराजका
गाँउबस्तिहरुमा बढि छ, भनिएपनि, शहर बजारमा नभएको भने होइन । मेची देखि
महाकालीसम्मका कतिपय जिल्लामा अहिले पनि सार्बजनिक स्थलहरु दलितले प्रयोग
गर्न नपाएका घट्ना बाहिर आर्इ रहेकै छन । राष्टि्रय दलित आयोगका अनुसार
गाविस र प्रहरी प्रशासनमा उजुरी दिने प्रावधान भएका कारण थोरै मात्र उजुरी
आयोगसम्म पुग्ने गरेको र धेरै जसो अन्तर जातीय विवाह गरेकाहरुले सुरक्षा
मागको घट्ना बढी आउने गरेको छ । आफुलार्इ असुरक्षित सम्झिने त्यस्ता
जोडीहरु अहिले पनि संकट मुक्त हुन नसकेका क्षेत्रीसंग अन्तरजाती विवाह
गरेको दाङ्गकी झुमा बिकको भनार्इ छ । जातीय विभेद र छुवाछुत अन्त्यका लागि
राष्ट्रब्यापी सामुहिक अभियानका संयोजक गैरदलित अभियानकर्ता बासु ढकालको
भनार्इमा सामाजिक घुलनबाट मात्र जातीय विभेद अन्त्य हुन सक्छ । कैलाली
सुरेश बिक गैरदलित भएर दलितको चुलोमा खाना खानु र दलितलार्इ सामुहिक रुपमा
आफ्नो चुलोमा प्रवेश गराउने कार्यलार्इ परिवर्तनकारी कदम ठान्छन । राज्यबाट
घोषणा मात्र होर्इन, राज्य सञ्चालनमा रहेका सबै ठुला दलका ठुला नेताहरुले
डाक्टर भट्टरार्इ र ६५ वर्षिय मिना ढकालले दलितको चुलोमा खाने दलितलार्इ
चुलो प्रवेश गराए झै प्रतिवद्ध भएर प्रयास गर्ने हो भने जातीय विभेदको
कलंकबाट नेपाल मुक्त हुन सक्छ । राज्यबाट भएका त्यस्ता घोषणा कार्यान्वयन
गराउन ठुला दलका ठुला नेता व्यावहारिक रुपमा लागु गर्न गराउन अग्रसर हुन
सके त्यसको जस ठुला दलका ठुला नेताले पाउन सक्नेछन ।
No comments:
Post a Comment