डडेल्धुराका डम्बर कामी संकटमा -उमीद बागचन्द

जिउदै मरेको भनी नाम कस्को उधम बिना बिद्‍छ, काल जस्को भनी माहाकवी लक्ष्मीप्रसाद देवकोटाले रचेको यो उक्ती मानै डडेलधराका परिश्रमी डम्मर कामीको जिवन  दर्शन जस्तै हो ।
बाल्यकालमा बुवाआमा दुबै गुमायका टुहुरा डम्मर कामीलाई धेरैको आंङ्ग सिरीङ्घ हुने क्यान्सर रोगले समेत ग्रर्सित पार्‍यो  यस्ले उनलाई मागर खान लगाएन बरु बड्‍ता उधमी बन्न जागरुक बनायौ । क्यानसरका

कारण दुबै खूट्टा गुमाएका उनले ऋण लिएर गाडा बनाएर त्यसैबाट आफ्‍नो जिन्दगी पनि गुडाए । त्यसबाट अहिले उनी महिनामा एउटा मन्त्रिको भन्दा बढी कमाउंछन । दिनकै कमाई उनको लगभग ३ हजार जति छ । केही गर्ने चाहाना र आंटभए जस्तो सुकै कठिनाइसंग पनि जित्न सकिन्छ भन्नेकुरा डडेल्धुरा जिल्लाका दुवै खुट्टा नभएका ६६ वर्षिय अपाङ्ग डम्बर कामीले देखाएका छन। क्यान्सरका कारण ५३ वर्षको उमेरमा खुट्टा काटेर अपाङ्ग भएका डम्बर कामीले पहाडी गाविस सकायलमा आफैले बनाएको गाडा चलाएर आफ्‍नो गाउ“का सपाङ्ग भन्दा दशौं गुना बढी रकम कमाउन सफल भएका छन । साना साना ३ छोरा र २ छोरीका पिता डम्बर कामीले क्यान्सरका कारण दुवै खुट्टा काट्‍नु पर्दा भएको सम्पत्तिपनि उपचारमा गुमाउनु पर्‍यो । आफूसंग केही नहुंदा पनि आंटिलो मन भएका कारण काठको गाडा बनाई ऋणमा लिएको एक हल रांगाबाट गाडा हाकेर दैनिक ३ हजार कमाउन डम्बर कामी सफल भएका छन । उनी भन्छन्‍ “५३ साल मा खुट्टा काट्‍यो र ५९ साल मा दुबै खुट्टा काटियो त्यस पछि मैले आफैले लीग बनाएको छु । म मिलको काम पनि गर्छ्रु सीमेन्टको काम पनि गर्छ्रु म लेन्टरको काम पनि गर्छ्रु गाडामा माटो, ढुंगा र काठ बोकेर एक जनालाई रोजगारी दिएको छु” । श्रीमति र एक जना १२ वर्षिय छोरोले डम्बरलाई सघाई रहेका छन भने २ छोरी २ छोरा स्कूल पढि रहेका छन ।२०५३ सालमा क्यान्सर भएकोले पहिलो पटक एउटा खुट्टा काटिएको थियो भने ६ वर्ष पछि अर्को खुट्टा काट्‍नु परेपछि ७ जनाको उनको परिवारको संकटपुर्ण जिवन यात्रा शुरु भएको थियो, डम्बरले भने”।जिवनमा हार खार्इ सकेका डम्बर कामीले उपचारका क्रममा पोखरा गएका बेला आफु भन्दा पनि दयनिय अवस्थामा अन्यलाई देखेपछि मनलाई दरिलो पार्दै परिश्रमका साथ काममा लागेरै होला कसैसंग मागेर खानु नपरेको उनले बताए । उनले अहिले  दैनिक २ देखि ३ हजार कमाउंछन सफल भएका छन ।अपाङ्गता भएकै कारण होला काम गरेर खांदा सपाङ्गलाई भन्दा गाउंलेबाट बढी माया पाउने गरेको र अरु भन्दा काम र भने भन्दा दोब्बर पैसा पाउने गरेको छु, भने । छिमेकीहरु पनि डम्बर कामीको मिहिनत र आंट देखि आश्चर्य चकित छन । डम्बर भन्छन,पहिले मिस्त्री काम गरेर खाएको मान्छे अहिले मागेर खान्छ लाज पनि लाग्दैन ९ महिनाका हुदा बुवा मरी हाले ७ वर्ष आमा पनि मरी त्यस पछि खुट्टा पनि काटीयो पैसा थिएन म कुहियर र्मदै थिए धेरै दु:खमा थिए म अरुसंग माग्नु र्पदैन आफुलाई खानलाई पुग्छ अहिले पैसा चाहिएको छ काम गरी र्दिन्छु भने साउजिले पनि मलार्इ विश्वास गरेर दिनु हुन्छ ।दुवै खुट्टा नभएका ६६ वर्षिय अपाङ्ग डम्बर कामीको सफलताका लागि सहयात्री बनेका १२ वर्षिय छोरा र उनकी श्रीमति नारु कामी पनि खुशि छिन । खास गरी दुवै खुट्टा काटिएका कारण काम गर्न नसक्ने र गरिवीका भोग्नु परेको अपठेरोमा गरिवी निवारण कोषको सहयोगले सहज भएको नारु कामीको भनार्इ छ ।उनको यो आंट र सहासले हातमा डिग्री लिएर नौकरीका लागि भौतारिनेहरु र लाखौं खर्च गरेर पनि थोरै रकमका लागि विदेश जानेरहरुका लागि दुवै खुट्टा नभएका डम्बर कामी उदाहरण बनेका छन । डम्बर कामी अहिले आफु जस्ता अरुलाई मन सानो गर्नु हुदैन आंट गरे जस्तो सुकै कठिन समस्यासंग पनि लड्‍न सकिन्छ भन्ने गर्छन । डम्बर कामी अहिले “आफुलाई गरिवी निवारण कोषले गरेको थोरै रकमले केही सहयोग भएको छ, अलि सहयोग बढाई दिएमा सांच्चै प्रगति गर्न सक्ने थिए” भन्छन् ।
डडेल्धुरा जिल्लाको मष्ठमाण्डौं गाविसको सकायल गाउंका डम्बर कामीको मिहिनत र आंटलाई अन्य क्षेत्रका अपाङ्गले मात्र होइन सपाङ्गले पनि अनुशरण गर्न सके नौकरीका लागि भौतारिनेहरु र लाखौं खर्च गरेर पनि थोरै रकमका लागि विदेशिनेहरुका लागि पनि यो एउटा राम्रो उदाहरण हुन सक्छ ।
लेख , तस्बिर साभार : umidbag

No comments:

Post a Comment