कानूनले लौरो हल्लाउँदैमा र सिकञ्जा कस्दैमा मात्र छुवाछुतको महारोगवाट समाज मुक्त हुदैन -अकेला




अन्ठाउन्न सालको जनगणनाले नेपालमा २९ लाख -कूल जनसँख्याको १३५) दलितहरु रहेको देखाएको छ, जसमध्ये दमै, कामी र सार्की बढी छन् । राज्य र यहाँको धर्म, सँस्कृति र परम्परागत मूल्य(मान्यताले विगतमा यी जातीहरुको उत्थानको निम्ति केही पनि गरेनन् । बरु छुवाछुत र जातीय भेदभावलाई नै बढावा दिईरहे । परन्तु, बदलिँदो जमानासँगै दलित वर्गको उत्थानको निम्ति राज्यले आज जे जति गर्दैर्छ, त्यसबाट दलितहरुले उनीहरुको उत्थानको निम्ति राज्यले केही पनि गरेन, भेदभाव वा काखा(पाखा गर्यो  भन्ने ठाउँ छैन । किनकि, दलित, आदिवासी, जनजाति, थारु, मधिसे लगायतका जातजातीहरुको विकास र उत्थानको निम्ति राज्यले अरवौँ खर्चिरहेको छ । विगतमा यहाँको धर्म, सँस्कृति र परम्परागत मूल्य(मान्यता तथा स्वयँ राज्यद्वारा नै आफुहरुलाई पछाडि पारिएको अभियोग लगाउने दलित, आदिवासी, जनजाति,
थारु, मधेसी लगायतका वर्गहरु राजनीतिक सिद्धान्तका नाममा बिभिन्न दल र गूटहरुमा विभाजित हुनाले यी वर्गहरु अझै पनि पछाडि नै परेका हुन् र त्यस्को जिम्मेवार पनि उनीहरु आफैँ हुन् । किनकि, राजनीतिका नाममा उनीहरुभित्र बिभिन्न जुन किसिमका मतमतान्तरहरु छन्, भागबण्डाका कुराहरुमा उनीहरुको आपसी हानाहान र मारामार छ, त्यस्ले निर्धारित समयमा सिद्ध्याउनुपर्ने दलित उत्थानका कुनै पनि कार्यक्रमहरु सिद्ध्याउन सक्तैनन् र हेर्यािहेर्यै  हुनेगरेका छन् । युगौँदेखि पिछडिएका दलितहरुको उत्थान जस्सरी पनि हुनर्ैपर्छ, यो तथ्य त बुझिन्छ, बुझ्नु पनि पर्छ । तर दमैलाई पञ्चेबाजा नै बजाउनुपर्ने र  लुगै सिउनुपर्ने कारण के छ - कामीलाई आरन र खँलाति नै मनपर्नुको कारण के छ - र सार्कीलाई सिनो तथा छाला सम्बन्धी काम नै मनपर्नुको गाँठ्ठी कारण के हो भन्ने तथ्य बुझ्न गाह्रो छ । अन्य विकल्प हुँदाहुँद दलित उत्थानको नाममा राज्यले दिएको बजेटलाई दमैको निम्ति पञ्चेबाजा, बुट्टा भर्ने, लुगा सिउने, कामीको निम्ति आरन तथा रोलगोल्ड -पित्तलको गहना) बनाउने र सार्कीको निम्ति छाला र जुत्ताकै कार्यक्रम रोजिनुको प्रेरक तत्व के छ, बुझ्न सकिँदैन । के दलितहरु यी सबै त्यागेर अन्य कुनै पेशा अपनाउन सक्तैनन् - प्रश्न उठ्नसक्छ कि दलितहरुले यी सबै गर्नछाडे भने यी सबै गर्छ कस्ले - गर्छ । आवश्यक परेपछि सबैले गर्छन् । सार्कीहरुले गाउँको सिनो नउठाउँदा अरु गाउँलेहरुले उठाउन हुँदैन - सिनोका कारण फैलिने रोगब्याधीबाट मर्ने डर भएपछि सार्की बाहेक अन्य जातजाती सबैले फाल्छन् । ज्यानको माया कस्लाई हुँदैन - शताब्दियौँदेखि उनीहरुका पिता(पर्ुखाहरुले गर्दै आएका यी पेशाहरु आजका प्रगतिशील उर्फअग्रगामी दलितहरुले त्याग्न सक्तैनन् - यस्को च्याप्टरै क्लोज गरे हुन्न - रुढीबादी एवं अति व्राहृमणवादी सँस्कारले गर्दा गाउँ, वस्ती तथा पहाडहरुमा दलितलाई पानी(पँधेरोबाट बञ्चित गरिएको सुन्न(पढ्न पाईन्छ ।
दलित उत्थानका नाममा राज्यले खर्चिरहेको अरबौँको बजेटबाट दलितहरुले आफ्नो निम्ति बेग्लर्ैर् इनार, धारा, कूवा बनाए हुन्न - क्षेत्री, व्राहृमणहरु लगायत अन्य ठूलो जात भनौँदाहरुले खर्चेर बनाएका मठ(मन्दिरमा दलितलाई पूजा  गर्न नदिईएकोमा दलितहरुले आफ्नो अपमान भएको ठान्छन् । तर आफ्नो निम्ति आफैँले त्यस्तो मठ(मन्दिर(गुम्वा र चर्चहरु बनाएर शानसँग पर्ुजार्(अर्चना गरे हुँदैन - यो युगमा आएर कोही, कसैले, आफु दलित, पीडित भएको हिनताबोध पाल्नु नै किन पर्योह - के जरुरी छ सधैँ आफुलाई दलित र पीडित ठान्न - मन(बुद्धिबाटै यस्लाई निकालेर फ्याँकिदिए हुँदैन - यहाँको राज्य, समाजिक सँस्कार र परम्परा जस्ता सबै कुराले दलितहरु बिरुद्ध छुवाछुत तथा भेदभाव गरेको भन्ने लाग्छ भने दलितकै उत्थानका योजनाहरु बनाउन आयोजना हुने गोष्ठी, सेमिनारहरु केवल औपचारिकतामै किन सिमित बन्दछन् - दलित उत्थानका सहभागीहरु भत्ता र भात लुँड्याउँनासाथ रफ्फु चक्कर किन हुन्छन् - दर्ीघकालिन योजनाहरु किन बनाउँदैनन् – जसले दलित मात्र नभै समस्त पिछडिएका जातजातीहरुको उत्थान गर्ने च्याप्टर सदाको लागि क्लोज गरोस । बारम्बार यो मुद्धा उठ्नुको पछाडि यहाँको राज्य कम र यहाँको सामाजिक धर्म, सँस्कृति र कुरीति नै जिम्मेवार छन्, । जवसम्म देखाउने एकथरी र चबाउने अर्कोथरी यो समाजका यी दर्ुइथरी दाँतहरु झर्दैनन्, तवसम्म नै दलित मात्र हैन, पिछडिएका अन्य वर्गको समस्या पनि जस्ताको तस्तै रहिरहनेछन् । एउटा मुखले हामी जातीय उन्मुक्तिका डिङ् हाँक्छौ । त्यही मुखले हामी त्यो धर्मको वकालत पनि गछौँ, जस्लाई हाम्रा धर्मशास्त्रहरुले निर्दिष्ट गरेका हुन्छन् । त्यस्को सानो दृष्टान्त यहाँ दिईएको छ । व्राहृमण, क्षेत्रीले अपनाएको पेशा अपनाउने शुद्रको र्सवश्व हरण गरी लखेटी दिनर्ुपर्छ -मनुस्मति(१०।।९६), साँझ(बिहान स्नान् नगर्ने शुद्र हो -मनुस्मृति(२।।१०३), शुद्रलाई बुद्धि, धर्म, कर्मको उपदेश दिनु हुँदैन -मनुस्मृति(४।।८०), शुद्रले गैर शुद्रलाई क्रूर बचन प्रयोग गरेमा त्यस्को ज्रि्रो छेडिदिनर्ुपर्छ । किनकि, शुद्रको उत्पति नै जघन्य स्थानबाट भएको हो -मनुस्मृति(८।।२७०), व्राहृमण वा कुनै गैर शुद्रको नाम लिने शुद्रको मुखमा दश अंगूल लामो फलामको झिर तताएर झोसि दिनर्ुपर्छ -मनुस्मृति(८।।२७१), अहङ्कारपर्ूवक व्राहृमणलाई धर्मको उपदेश दिने शुद्रको कानमा उमालेको तेल हालि दिनर्ुपर्छ -मनुस्मृति(८।।२७२), गैर शुद्रको शरिरमा हान्ने शुद्रको शरिरै काटि दिनर्ुपर्छ -मनुस्मृति(८।।२७९), गैर शुद्रलाई हात वा खुट्टा उठाउने शुद्रको हात वा खुट्टा, जे उठाएको हो, त्यही काटि दिनर्ुपर्छ -मनुस्मृति(२।।२८०), गैर शुद्रसँग टाँस्सिएर बस्ने शुद्रको त्रि्राको मासु ताछेर देशै निकाला गरी दिनर्ुपर्छ -मनुस्मृति(८।।२८१), घृणापर्ूवक गैरशुद्रलाई थुक्ने शुद्रको ओँठ, मुख, लिङ्ग र गुद्धद्वारै काटि दिनर्ुपर्छ -मनुस्मृति(८।।२८२), रौँ, दाह्री, गर्दन तथा अण्डकोष समात्ने शुद्रको हात काटि दिनर्ुपर्छ -मनुस्मृति(८।।२८३), शुद्रलाई व्रहृमाले व्राहृमणको सेवाको लागि बनाएकोले  जसरी भए पनि शुद्रलाई आफ्नो दासै बनाएर राख्नर्ुपर्छ -मनुस्मृति(८।।४१३),शुद्रलाई दासत्वकै निम्ति   बनाईएको हुँदा त्यसबाट उस्ले छुटकारा पाउन सक्तैन -मनुस्मृति(८।।४१४), शुद्र, व्राहृमणको दास र व्राहृमण त्यस्को मालिक भएको हुँदा शुद्रको सबै सम्पत्ति व्राहृमणले हरण गर्नुपर्छ -मनुस्मृति(८।।४१७), शुद्रको निर्वाह व्राहृमणबाट भएन भने क्षेत्रीको, क्षेत्रीबाट नभए वैश्यको सेवाटहल गरेर गुजारा गर्नुपर्छ -मनुस्मृति(१०।।१२१), व्राहृमणको सेवा गरेमा मात्र शुद्र र्स्वर्ग पुग्छ -मनुस्मृति(१०।।१२२), व्राहृमणको सेवा गर्नु नै शुद्रको धर्म हो । त्यो बाहेक उस्को सबै कर्म निष्फल हुन्छ -मनुस्मृति(१०।।१२३), जुठो अन्न, च्यात्तिएको लुगा वा परालको ओक्ष्यान बाहेक शुद्रलाई केही दिनु हुँदैन -मनुस्मृति(१०।।१२५), शुद्रलाई कुनै कुराको पाप लाग्दैन, न त धर्मको उसमा अधिकार नै हुन्छ -मनुस्मृति(१०।।१२६), कमाउनसक्ने भए पनि शुद्रले धन जम्मा गर्नुहुँदैन, किनकि, त्यो धनले व्राहृमणलाई दुःख दिन्छ -मनुस्मृति(१०।।१२९) आदि आदि । जन्म जायते शूद्र, सँस्कार द्धिज उच्च्यते । वेदभ्यास भवेत व्रि्र, व्रहृम्णो वोधती ।। जन्मदा शूद्र हुने र सँस्कार, वेदको अभ्यास र विद्याबाट व्रहृमत्व प्राप्त भएपछि मात्र उसको जातिगत पहिचान हुने कुरामा सहमत रहेको हाम्रा यी धर्मशास्त्रहरु दलितहरुप्रति यतिबिध्न किन आक्रामक , बुझ्न अलि गाह्रो छ । दमैको किलामा बाँधिएको लाहुरी भैँसी हडप्ने व्राहृमणवादी सोँचबाट जन्मिएकै कारणले यी शास्त्रहरु दलितहरुप्रति आक्रामक भएका हुन् कि - बाहुनको मुख चोखो त यस्सै पनि छँदै थियो, दलितकै एउटा समुदाय दमैको थुकलाई चोखो मान्नु र उसलाई अघि लाउनुको तार्त्पर्य के हो - समाजकै नियतमा खोट् भएर हो कि - कानून बन्छर्(धर्मबाट । आधार हुन्छ(सँस्कृति, परम्परागत मूल्य(मान्यताको । जस्तो धर्म, सँस्कृति, मूल्य(मान्यता, कानूनको अनुहार पनि त्यस्तै हुन्छ । उसोभए, जातीय विभेद र छुवाछुतका पछाडि कतै यहाँको धर्म, सँस्कृति, मूल्य र मान्यता त दोषि छैनन् - अर्थात, खूद हामी, जो युगौँदेखि जातीय उन्मुक्तिको वकालत पनि गर्दै आएका छौँ र प्रकृतिरुपी परमात्मा परमेश्वरको प्रसादस्वरुपको पानीलाई बहिष्कार पनि गर्दैछौँ - कतै, हाम्रा यिनै देखाउने र चबाउने दर्ुइथरी दाँतकै कारण यी सबै भैरहेका त हैनन् - यहाँको धर्म, सँस्कृति र परम्परागत मूल्य(मान्यताका अस्सली चौकिदार त हामी आफैँ भएकोले यस्को दोष पनि हामीले आफ्नै थाप्लामा थाप्नर्ुपर्छ । जातीय छुवाछुतको अन्त्यको निम्ति बाहुनको छोरोले दमै, कामी वा सार्कीकै छोरी बिहे गर्नुपर्छ भन्ने छैन । जातीय उन्मुक्तिको निम्ति दलितको भान्सामै गएर दलितले पकाएकै खानर्ुपर्छ भन्ने पनि छैन र दलितले बाहुनको भान्सा छोएर यो क्यान्सर निको हुन्छ भन्ने पनि छैन । समस्या यसरी हल हुँदैन । पानी(पँधेरो, मठ(मन्दिरको निम्ति आपसमा लडेर जातीय उन्मुक्ति मिल्दैन । त्यसको निम्ति शिक्षा, चेतना या सभ्यता चाहिन्छ, जुन हामीभित्र छँदा पनि छैन र हुन पनि दिईरहेका छैनौँ । समस्या यहीँनेर छ । एकथरी आर्तनाद् गरिरहेका हुन्छन् कि मैले छोएको पानी चल्दैन । अर्काथरी छात्ति ठोकेर भनिरहेका हुन्छन् कि तैँले छोएको पानी चल्दैन, जे गछौँ गर । आखिर पानीहरु किन चल्दैनन् - गज्जव चल्छ । तर यहाँ कुरो पानी चलाउनु र नचलाउनुमा मात्र सिमित छैन । यहाँ कुरो छ धर्मको । यहाँ झगडा छ आस्था, मूल्य र मान्यताको । सवाल छ(थेप्चे, चुच्चे र डल्ले ती नाकहरुको, जस्लाई हामी आफ्नो शान थान्दछौँ । जातजाती, धर्म, क्षेत्र, लिङ्ग, वर्ण्र्ााथा सम्प्रदायका नाममा हामीलाई धर्मले घोँडा बनाएको र त्यसैमा हामी जस्ता लट्टू घोँडाहरु पैँया ठोकिरहेछौँ । हाम्रो यो धूत्याईँ सरासर अपराध हो । जातीय उन्मुक्तिको निम्ति र्सवप्रथम पिछडिएका जातजातीहरु नै दलगत गुटबन्दी र राजनीतिक स्वार्थबाट मुक्त हुनर्ुपर्छ । तव मात्र केही हुनसक्छ । नत्र, कानूनले लौरो हल्लाउँदैमा र सिकञ्जा कस्दैमा मात्र छुवाछुतको महारोगवाट समाज मुक्त हुनै सक्तैन र भेदभावका यस्ता द्वन्दहरु समाप्त हुँदैैनन्, बरु बढ्दै जान्छ । अस्तु ।
साभार : birgunjtodayarticle

No comments:

Post a Comment