अन्तरक्रियामा सहभागी विभिन्न सञ्चारमाध्यममा क्रियाशिल पत्रकारहरुले आमसञ्चारमाध्यमले दलित महिलाका मुद्दामा विशेष बहस चलाउनुपर्ने जोड दिए । कार्यक्रममा अन्नपूर्ण पोष्टका सम्पादक
दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले आमसञ्चार आवाजविहीनहरुको आवाज भनिए पनि व्यवहारमा जसको सम्पर्क र पहुँच छ त्यसैको आवाज सञ्चार बनेको बताइन् । आगामी दिनमा आवाजविहीनको आवाज बनाउनका लागि दलित महिलामैत्री सञ्चार नीति बनाएर कार्यान्वयन गर्न सम्वद्ध सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह गरे । मधेशवाणी साप्ताहिकका सम्पादक राजेश अहिराजले कस्तो नीति बनेको छ भन्दा पनि कस्को नियत कस्तो छ भन्ने कुरा मुख्य भएको बताए ।
नागरिक दैनिककी पवित्रा सुनारले अहिलेसम्म पनि मुलधारका करिब ९० प्रतिशत सम्पादक/व्यूरो प्रमुख, डेस्क प्रमुख लगायतका महत्वपूर्ण जिम्मेवारीमा कार्यरत पत्रकारहरु दलित महिलाका सवालमा सम्वेदनशील र गम्भीर नभएको गुनासो गरिन् । उनले दलित महिलाका मुद्दालाई उठान गरेर मात्रै नपुग्ने भन्दै विश्लेषणात्मक रुपमा हेरिनुपर्ने बताइन् । सञ्चारमा दलित महिलाका मुद्दालाई सम्बोधन गर्न र उनीहरुको पहुँच पुर्याउनका लागि नीतिगतरुपमै व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।कार्यक्रममा कान्तिपुर दैनिकका रमेशचन्द्र अधिकारीले सञ्चारमाध्यममा प्राथमिकतामा पारिने सामाजिक मुद्धा पर्याप्त नभएको भन्दै यसप्रति सरोकारवालाको उचित ध्यान जानु पर्ने बताए ।
सामुदायिक सूचना नेटवर्ककी पत्रकार सविता विश्वकर्माले अहिलेपनि मुलधारको सञ्चारमाध्यममा दलित महिलाको नामै सुन्दामात्रै पनि गर्व गर्ने अवस्था रहेको भन्दै यस्तो परिस्थितिमा दलित महिलाका मुद्दालाई सम्बोधन गर्नु निकै चुनौती रहेको बताइन् । कार्यक्रममा हिमालय टाइम्सका पर्शुराम काफ्ले, राजधानीका भिषा काफ्ले, नयाँ पत्रिकाका प्रकाश गुरागाँई, काठमाडौं पोष्टका देवान राई, कमाण्डर पोष्टका रामकुमार एलनलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले मुलधारको आमसञ्चारमाध्यमलाई दलित महिलामैत्री बनाउने कुरामा आफू सम्वद्ध सञ्चारगृहमा आवश्यक पहल गर्ने र दलित महिलाका सवालमा निरन्तर कलम चलाउने प्रतिवद्धता समेत जनाए ।
- Source:ekantipur
No comments:
Post a Comment