महिलाहरूले दलित महिलासँग माफी मागेको र अब देखि धारा प्रयोग गर्न दिने, तल्लो जात र माथिल्लो जात भनेर विभेद नगर्ने भन्दै मिलापत्र गरिएको दलित महिला समूहका महिलाहरूले बताए ।
सार्वजनिक धारामा लुगा धुन नदिएको, हरितालिका तीजमा वर्त बसेका दलित महिलाहरूलाई भदौ २४ गते धारामा नुहाउन नदिएको भन्दै श्रीनगर गाविस-१ र २ का ४० घरधुरीका दलित महिलाहरूले प्रहरी चौकी चैनामा सोही दिन उजुरी दिएको स्थानीयबासी जसुल्ली नेपालीले जानकारी दिइन् । गाउँमा एउटा मात्र सार्वजनिक धारा रहेको र दलित समुदायलाई धारामा प्रवेश गर्न नदिएपछि थप समस्या परेको थियो ।दुवै पक्षबीच सहमति भएपनि पुन यस्तो घटना दोहोरिन सक्ने भएकाले छत्यालवाडा गाँउका दलितहरूले आफूहरूलाई छुट्टै धारा हुनुपर्ने भन्दै भदौ २७ गते जिल्ला विकास समिति मुगुमा माग गरेका छन् ।
No comments:
Post a Comment