ग्रागी छोएको निुहुमा ५९ वर्षीय वृद्ध तीर्थलाल विक कुटिए

बिभेद विरुद्ध अभियान । सिराहा , असार १ । सिराहाको विष्णुपुरकट्टी ४ का ५९ वर्षीय तीर्थलाल विक पानी छोएको निहुँमा कुटिएका छन् । विकलाई ग्रागी छोएको निुहँुमा घरभन्दा केही पर रहेको पानीको धारोमै स्थानीय कमल ढुंगानाका बाबु छोराले मिलेर कुटेका हुन् । कमल ढुंगाना र उनको छोराको कुटाइपछि तीर्थलाल विकको नाक ,आखाँमा गहिरो चोट लागेको छ । सोमबार विहान छोरी भेट गर्न घरबाट जाँदै गर्दा बाटोमा ग्रागी थियो, ग्रागी छोएको निहुँमा खेतमा जोत्दै गरेका बाबु र धारोमा बसेको छोराले आफुलाई कुटपिट गरेको तीर्थलाल विकले बताए । 
बाटोमा ग्रागी रहेछ, मैले जानेर छोएको होइन, एक्कासी मलाई ग्रागी छुने कामी भन्दै हातपात गरे ,उनले भने । घर भन्दा केही पर एउटा पानीको कुवा सहितको धारो छ । त्यहाँ बाटो साँगुरो पनि छ । बाटो छेक्ने गरी ग्रागी बाटोमा थियो , मैले बाबु यो ग्रागी सार्न मिल्छ पनि भनेको थिए । तर धेरै बाटो हेँरे, ग्रागी सारिएन् । बाटो नाघ्न खोज्दा ग्रागी छोइएछ , तीर्थलालले बताए । सात जनाको परिवार रहेका विकलाई यस अघि पनि उनै कमल ढंगानाका परिवारले छुवाछूतकै निहुँमा कुटपिट गरेको विकले बताए । 
‘मलाई पहिला पनि यही परिवारले पिटेका थिए , मैले एउटै गाँउमा के बद्नाम गर्ने भन्दै सहँे ’,‘तर अहिले धारोमै पिटे ,उनले भने । विकले आफुले कुटाइ खाएपछि आफु घाइते अवस्थामै लाहान अस्पतालमा पुगे पनि प्रहरी चौकीमा उजुरी दर्ता गर्न भने गएका थिएनन् । तर उल्टो आफुहरुको पानीको ग्रागी छोएको भन्दै र ग्रागी फाल्दिएको भन्दै कमल ढुंगानाको परिवारले विष्णुपुरकट्टी इलाका प्रहरी चौकीमा उजुरी दर्ता गरेको विकले जानकारी दिए । उनीहरुले मलाई कुटपिट गर्ने र उनीहरु नै प्रहरी चौकीमा उजुरी दिएपछि मैले पनि उजुरी दर्ता गराएको हो ,उनले भने ।
 दुई पक्षबाट घटनाको बारेमा उजुरी दर्ता भएको विष्णुपुरकट्टी इलाका प्रहरी कार्यालय सई उत्तमकुमार श्रेष्ठले बताए । ‘हामीलाई आइतबार र सोमबार घटनाको बारेमा जानकारी सहित उजुरी दर्ता भएको छ , हामी अनुसन्धान गदैछौं, उनले भने, ‘दुवै पक्षको आ आफ्नो दावी छ , घटना के हो हामी बुझछौं । 
दलित अन्लाईन बाट साभार

No comments:

Post a Comment