आर्थिक अवस्था निकै कमजोर भएका राजन सुनारलाई आर्थिक सहयोग

२०७३ जेष्ठ २७,विभेद बिरुद्ध अभियान  - आर्थिक अवस्था निकै कमजोर भएका त्यहाँको एक परिवारको जीवनयापन मा सहयोग पु¥याउने उद्देश्यले प्रवासीले आर्थिक सहयोग गरेका छन् ।
कुर्घा गाविस–८ लामे निवासी राजन सुनारको परिवारलाई झण्डै रु. छ लाख सहयोग गरिएको हो । तीन वर्षअघि रुख ढाल्ने क्रममा उक्त रुखले नै किचिएर मेरुदण्डमा चोट लागेपछि सख्त घाइते भएका राजन सुनारको उपचारका क्रममा यही जेठ ९ गते मृत्यु भएको थियो ।
घरमा आयआर्जन गर्ने व्यक्ति लामो समयदेखि थलिएपछि परिवारले उपचारमा गरेको खर्च र उनको काजक्रिया खर्च तथा उनको चार वर्षीय छोराको अध्ययन खर्चमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका निर्देशक डिबी गुरुङले बताए ।
उनको परिवारको सहयोगार्थ विभिन्न मुलुकमा रहेका पर्वतेलीले सञ्चालन गरेको अभियानबाट करिब रु. छ लाख घरमै पुगेर शनिबार हस्तान्तरण गरिएको गुरुङले जानकारी दिए ।

No comments:

Post a Comment