आरन ब्यवसायबाट नगद आर्जन

सिमकोट ,असार १४ ,विभेद बिरुद्ध अभियान । कुनै समय आरन व्यवसायमा काम गर्दा अन्नपात मात्र पाइन्थ्यो त्यसबैबाट वर्षभरी गुजारा गर्ने व्यवसायीले आजभोलि नगद पाउन थालेका छन । आरन सम्वन्धी नयाँ सीप सिकेर औजार वनाउन थालेपछि उनीहरूको कमाई नगदमा ह्ुन थालेकोे हो ।

छिप्रा गाविसका कर्ण नेपालीले आफ्नो सात सदस्यीय परिवारलाई यसै पेसावाट पालन पोषण गर्दै आएको बताउनुभयो । पहिले पहिले आफ्नै परम्परागत सीपबाट  निर्माण भएका सामाग्री बनाउँदा र विक्री गर्दा अन्न मात्र पाए पनि आजभोलि भने नयाँ खाले कृषि औजार र हतियार बनाएर नगदा पाउन थालेको उहाँले वताउनुभयो । 
पहिले कुटो, कोदालो, बन्चरो मात्र बनाउने कर्णले आजभोलि नयाँ सीप सिकेपछि खुकुरी, चुलेसी, भाला, चक्कु, सावल, घन बनाएर विक्री गर्दा राम्रो कमाई हुन थालेको बताउनुभयो । 
उहाँले पहिले थोरै सीप हुँदा अतिरिक्त समयमा गरिने यो काम हाल भने व्यवसायीक रपमा काम गर्दा राम्रो कमाई हुन थालेको बताउनुभयो । यता डाँडाफया गाविसका वाँचा नोपलीले पनि हाल महिनामा २० हजारसम्म कमाई गर्न थालेको वताउनुभयो । 
उहाँले पनि आरनका सामग्री बनाउने, मर्मत गर्ने र नयाँ विक्री गर्ने गरेको बताउनुभयो । यो व्यवसायबाट उहाँको पाँच जनाको परिवारको पालन पोषण हुँदै आएको छ । उहाँले एक लाखको वैकं व्यालेन्स र तीन जना केटाकेटी स्कुल पढाउन यो व्यवसायले मदत गरेको बताउनुभयो । 
त्यस्तै खार्पुनाथ गाविसका तुल्या कामीले पनि आरन व्यवसायबाट जिवन निर्वाहको माध्याम बनेको बताउनुभयो । उहाँले पनि पाँच जनाको परिवार यही व्यवसायबाट पानल पोषण हुँदै आएको वताउनुभयो । 
पहिले गरौं कि नगरौं जस्तो लाग्ने तुलेलाई नयाँ सीप सिके पछि यो व्यवसाय जीवन निर्वाहको गतिलो माध्याम लागेको छ । उहाँले पनि यसै कमाईबाट बालबच्च पढाउनु भएको छ ।

No comments:

Post a Comment