विश्वकर्मा लोहारहरुको अन्तरक्रियात्मक छलफल कार्यक्रम हुँदै

हेटौंडा, ४ असार , विभेद बिरुद्ध अभियान । ‘लोहार बिश्वकर्मा कुल बंश संरक्षणको लागि राष्ट्रव्यापी अभियान ,हाम्रो एकता र पहिचानले विभेदको अन्त्य अनि समतामुलक समाजको निर्माण’ भन्ने मूल नाराका साथ बिश्वकर्माहरुको लोहार थर भएका बन्धुहरुको राष्ट्रिय भेलाको तयारीका लागि २०७३ असार ११ गते काठमाण्डौमा अन्तर्क्रियात्मक छलफल कार्यक्रम सम्पन्न हुने भएको छ । 
कार्यक्रममा लोहारहरुको बंशको उत्पति र बिकासका
चरणहरुको खोज अनुसन्धान गरि कुल बंश संरक्षणको लागी बंशावली निर्माणको कार्यलाई समेत अगाडी बढाइने छ । यसको साथै लोहारहरुको कुल बंशको शास्त्रीय र धार्मिक मूल्य मान्यताको खोज अनुसन्धान ,आर्थिक सामाजिक ,शैक्षिक ,राजनैतिक अबस्थाको अध्ययन ,परम्परागत पेशा ब्यबसायको आधुनिकीकरण र प्रबर्ध्दन ,कला संस्कृतिको संरक्षण,राज्यको तह र तप्कामा प्रतिनिधित्व र सहभागिता साथै अमानवीय जातीय छुवाछुत प्रथाको समुल अन्त्य अनि समतामुलक समाजको निर्माणमा महत्वपूर्ण भूमिकाको बिषयमा पनि गम्भीर रुपले छलफल गरिने मकवानपुरका दलित अभियन्ता युक्तलाल विश्वकर्माले जानकारी दिए । 
उनका अनुसार यस कार्यक्रममा लोहार, कालुवार, लुहार र कालिराज लेखेका सम्पूर्ण बन्धुहरुलाई सहभागी गराईनेछ ।अन्तरक्रिया कार्यक्रममा सम्पूर्ण लोहार बन्धुहरुको गरिमामय उपस्थितको लागि तपशिल नम्वर मा सम्पर्क नम्बर: ९८२३०८८८६२(रामेछाप) ,९८५१०९३९१३(काठमाडौँ) ,९८४५०३०१२३(हेटौडा) ,९८५८४२२३५२(धनगढी) ,९८५२६७६२६०( झापा) सम्पर्क गर्न अनुरोध समेत गरिएको छ

No comments:

Post a Comment