साईकल वितरणमा अनियमितता भएको दलित वर्ग उत्थान समितिको दाबी

जेठ २४, जनकपुरधाम-विभेद बिरुद्ध अभियान  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दलित विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि पठाएको साईकल वितरणमा अनियमितता भएको दलित वर्ग उत्थान समिति धनुषाले दाबी गरेको छ । जिल्ला विकास समिति धनुषा र जिल्ला शिक्षा कार्यालय, धनुषाले साईकल वितरणमा अनियमितता गरेको दाबी गर्दै समितिले कारबाहीको माग गरेको छ ।  
दलित वर्ग उत्थान जिल्ला समन्वय समिति, धनुषाले भारतीय प्रधानमन्त्री मोदीले धनुषाका दलित, जेहेन्दार, विपन्न, मुस्लिम र पिछडिएको वर्गका लागि आएको साईकल जिविस धनुषा र जिशिकाका कर्मचारीहरुले पहुँचको आधारमा आपूmखुसी वितरण गरेको टिप्पणी गरेको छ । पाँच सय साईकल वितरणको जिम्मा पाएको जिविस र जिशिका धनुषाले सम्बन्धित पक्ष सँग समन्वय नै नगरी आफ्नै तरिकाले वितरण गरेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट समितिलाई दलित समुदायसँग सम्बन्धित सञ्चालित कार्यक्रमहरुमा सहजीकरण तथा समन्वय गर्ने अधिकार दिएपनि साईकल वितरणमा कुनै समन्वय नगरी पहुँचवालालाई साईकल उपलब्ध गराएको समितिको उपाध्यक्ष राम रतन दासले बताए ।  

No comments:

Post a Comment