साउदीमा अलपत्र अवस्थामा रहेकी हरिकला परियारको भयो उदार

असार ७ , विभेद बिरुद्ध अभियान-चार बर्ष अघि भारतको कलकत्ता हुदै साउदी पुगेकी दाङ तुल्सिपुर नगरपालिका ३ कि हरिकला परियार नेपाल फर्कन सफल भएकी छन् । उनलाई नेपाल फर्काउन सहयोग गरेका नेपाली दुताबास रियादका का.बा राजदुत आन्नद प्रसाद शर्माले स्रोतलाई जानकारी दिनु भएको छ । हरिकाल साउदीमा घरेलु कामदारको रुपामा गएकी थिईन् ।
घरेलु महिला कामदारको रूपमा साउदी छिरेकी उनलाइ रियादमा केहि महिना काम लगाइ पुर्वी प्रान्त स्थित कतिफ मालिकको बैनिको घरमा स्थानान्तरण गरिएको थियो ।साउदीको रिहादमा केहि महिना काम गरे पछि पुर्वी प्रान्त स्थित कतिफ, मालिकको बैनीको घरमा स्थानान्तरण भएकी थिईन  । 
त्यहाँ उनलाई तलब त के राम्ररी खान पनि पाउदिनथिईन् । उनीले घरेलु हिंशा सहन बाध्य भईन् । यसरी यातना सहन नसकेकी हरिकला त्यहाँबाट भागेर आफन्तजनको सरणमा पुगेकी थिईन् । अबैध बनि नेपाल फर्किन पाउने नपाउने अन्यौल आवस्थामा रहेकी हरिकला नेपाली राजदुतावास रियादसँग परामर्स गरि गत ७ मे मा एनआरएनए साउदीको एक टोलीले उद्धार गरि दुतावास रियादमा पुराउको थियो ।
यसरी अलपत्र अवस्थामा रहेकी हरिकला परियारलार्इ नेपाली दुतावास रियाद तथा एनआरएनए साउदीको संयुक्त पहलमा सकुसल नेपाल फर्काउन संभव भएको हो । कुबेत हुदै साउदी छिरेका कयौ नेपाली महिलहरुलाई तलब नपाउँने, घरेलु हिशा तथा यौन हिंशामा पनि पर्ने गरेका छन् । त्यस्ता महिलाहरु उद्धारको सिलसिलामा अझै दुतावासको सेल्टरमा सरण लिन बाध्य छन् ।

No comments:

Post a Comment