आमा समूहको बैठकमा कमिनी भन्दै सर्मिला विक कुटिइन

२ असार, विभेद विरुद्ध अभियान  । मोरङ्ग गाछा सुन्दर दुलारी ७ की ३७ वर्षीय सर्मिला विकलाई जातिय आधार देखाउदै स्थानीय मन्दिरा गुरुङ्गका दिदी बहिनीले कुटपिट गरी घाइते बनाएका छन् ।जेठ २५ गते घरदेखि केही पर स्थानीय रामा परियारको घरमा आमा समूहको बैठक बसी रहेको बेला मन्दिरा गुरुङ्गले जातिय आधार देखाउदै कुटपिट गरेका हुन् । 
कुटपिटपछि सर्मिलाको पाखुरा, घाँटी शरिरमा चोट लागेको छ । मन्दिराको दुई दिदि बहिनीको कुटाइपछि सर्मिलाकोमेरुदण्ड फुस्किएको छ भने भाटाले हान्दा निलडामै निलडामले शरिर भरिएको छ । 
गुरुङ्गको परिवारबाट कुटाइ खादा सर्मिला बेहोस भएकी थिइन । वेहोस अवस्थामा रहेकी सर्मिलालाई परिवारले तत्कालै विराटनगरको विराट नर्सिङ्ग होममा उपचारका लागि लागेका थिए । सर्मिलाको अनुसार उनको मेरुदण्ड फुस्कीएको छ ।
बैठक स्थलमै कुटाइ खाँदाखाँदै स्थानीय सुनिता परियारको घरमा गएर लुकेकी विकलाई पछ्याउँदै दिदीबहिनीले फेरी मरणासन्न हुनेगरी कुटपिट गरेकोपीडित सर्मिला विकले दलित अनलाइनलाई बताइ । ‘हाम्रो बैठक चल्दै थियो ।
बैठकमा नियम भन्दै गर्दा तँ कमिनी ठूली हुन्छेस् , कमिनी भएर धेरै जान्ने हुने भन्दै नानाभाती गाली बेइज्जती गरे , मैले के गरेको यो भन्दा कुटपिट गरे ,’ उनले भनिन्।‘खास बैठकमा जम्मा भएको पैसा एक पटक लगेको महिलाहरुलाई फेरी दिने नियम छैन । 
मैले पहिला लगेको पैसा फिर्ता नदिएसम्म फेरी पैसा दिन नमिल्ने अध्यक्षको नाताले भनेकी मात्रै थिए । तर उनी मन्दिरा गुरुङ्गृ कमिनी दलित भएर आफ्नो ठाउँमा बस्नु पदैन् , भन्दै सबैको बीचमा गाली बेइज्जती गरिन् । १ बजे मन्दिराले सर्मिलालाई कुटपिट गरे पछि आफ्नो बहिनीलाई फोन गरी बोलाएर फेरी दुई जना मिलेर आफुलाई कुटपिट गरेको सर्मिलाले बताइन् । 
यो निकै सुनिश्चित ढंगबाट मलाई कुटिएको छ , मेरो केही गल्ती छैन ,उनले भनिन् ।२६ गते मोरङ्ग बेलबारी प्रहरी कार्यालय र गाछामैआफुले उजुरी दर्ता गरे पनि घटनाको विषयमा प्रहरीबेखरजस्तै बनेको पीडित विकले बताइन् । 
‘मलाई जातिय आधारमा कमिनी भन्दै मरणासन्न हुने गरी कुटपिट भयो , प्रहरीबाट तत्कालै कारबाही हुनु पर्नेमा केही भएको छैन, उनले भनिन् ,’‘उल्टो उनीहरुले पनि उजुरी दर्ता गराएका छन् ।घटनाको विषयमा उजुरी दर्ता भएर अनुसन्धान भइरहेको मोरङ्ग बेलबारी प्रहरी कार्यालय डिएसपी मेघराज थापाले बताए । 
दुई तर्फको उजुरी आएको छ , कुटपिट पनि भएछ , हामीले उजुरीकै आधारमा दोषीमाथिकारबाही गछौं ,उनले भने ,कारबाहीबाट कोही उम्किन पाउँदैन ।

साभार-दलित अन्लाईन 

No comments:

Post a Comment