कतारमा दलित कलाकर्मीहरुलाई संयुक्त सम्मान गरियो

श्याम नेपाली,जेष्ठ २४, विभेद विरुद्ध अभियान । दलित एकता संजाल राष्ट्र समन्वय समिति कतार र नेपाल प्रवास जातीय भेदभाव उन्मुलन साझा मञ्चको संयुक्त आयोजनामा नेपालबाट नेपाली कला परिषदको आयोजनामा आफनो प्रस्तुति दिन सास्कृतिक कार्यक्रमको लागि दोहा-कतारमा आउनु भएका कलाकारहरु मध्ये दलित कलाकारहरु लोक दोहोरी गाईका साबित्री जोसी, मोडल तथा डान्सर मिना परीयार, नायिका अपेक्षा बस्याललाई सम्मान गरिएको छ । कतारको टपफम रेस्टुरेन्ट को सेमिनार हलमा एक कार्यक्रमको आयोजनागरि सम्मान प्रत्र सहित मायाको चिनो प्रदान गरि सम्मान तथा विधाई कार्यक्रमको आयोजना गरियो ।
उक्त कार्यक्रम प्रवास जातीय भेदभाव उन्मुलन साझा मञ्चका अध्यक्ष पूर्ण नेपालीको सभापतित्वमा सुरु भएको थियो र प्रमुख अतिथि दलित एकता संजाल राष्ट्र समन्वय समिति कतारका अध्यक्ष श्याम नेपाली रहनु भऐको थियो । 
उक्त कार्यक्रम मा प्रमुख अतिथि नेपालीले नेपाली कलाकारहरुले अब कला र संस्कृतिको माध्यम बाट समाज परिवर्त को बाटोमा लाग्दै कला र संस्कृतिको माध्याम बाट अहिलेको नेपालीहरुमा पारेको सामाजिक नकारात्मक असरहरुलाई चिर्दै सकारात्मक बाटोमा लाग्नु पर्ने विचार राख्नु भयो । कार्यक्रममा विशेष अतिथि साझा मञ्चका सल्लाहकार तथा दलित अधिकारकर्मी गणेश शिवा रहनु भएको थियो, कार्यक्रममा बोल्दै गणेश शिवाले नेपाली कलाकार हरुलाई माया गर्ने नेपाली दाजुभाइ र दिदी बहिनीहरु संसारको हरेक कुना रहेको विचार राख्दै त्यसको एउटा उदाहरण यहि कार्यक्रम भऐको जनाउनु भयो तेसै गरि उहाले कलाकारहरु राष्ट्रका गहना हुन भन्दै समाज परिवर्तनमा कलाकारहरुको पनि अहम भुमिका रहेको विचार राख्नु भयो । उक्त कार्यक्रमको संचालन साझा मञ्चका करण सिल्वालले गर्नु भऐको थियो । अन्य बिशेष अतिथी हरुमा समाजसेवी छम परियार,समाज सेवी अर्जुन रसाइली साझामन्च कतार का उपाध्यक्ष जीवन सुनार , समाज सेवी अमित बराइलि अन्तरराष्ट्रिय कलाकार मन्चका उपाध्यक्ष सक्ती छेत्री रहनु भएको थियो । 
दलित एकता सन्जाल कतारले कलाकार हरुलाई सम्मान गर्दा सल्लाहाकार कृष्ण विश्वकर्मा "घायल"ले कार्यक्रम सन्चालन गर्नुभएको थियो । अध्यक्ष श्याम नेपाली, प्रथम उपाध्यक्ष बिरेन नेपाली महासचिव क्षितिज किरण नेपाली , दितीय उपाध्यक्ष प्रकाश सुनार,सनैया छेत्रीय अध्यक्ष प्रितम गदाल लगायतअन्य संजालका सदस्यहरुले सम्मान पत्र सहित मायाको चिनो प्रदान गरि कलाकारहरुलाई सम्मान गर्नुभएको थियो ।
 उक्त कार्यक्रममा कलाकारहरु को प्रतिनिधित्व गर्दै नेपाली लोक दोहोरी गायिका सावित्रा जोशी परियार ले यसरी नै नेपालमा मात्रै नभऐर विदेशी भुमिबाट पनि सबैको माया र साथहरु पाईरहने हो भने निरन्तर नेपाली कला क्षेत्रमा रहेर नेपालीको कला र संस्कृतिको उचाईमा नेपाल लाई पुर्‍याउनको लागि आफु लागीरहने विचार राख्नु भयो । उक्त कार्यक्रममा मोडल डन्सर मिना परियार सेवान र अपेक्षा बस्यालले पनि आयोजना टिम लाई धन्यवाद दिनु भयो। कार्यक्रममा दलित एकता संजाल कतारका सल्लाहकार कृष्ण विश्वाकर्मा "घायल " ले स्वागत मन्तव्यका साथै शुभकामना मन्तव्य प्रथम उपाध्यक्ष विरेन नेपालीले राख्नु भऐको थियो । प्रवास जातीय भेदभाव उन्मुलन साझा मञ्च का तर्फ बाट पूर्ण नेपाली ,गणेश शिवा ,भिम लकान्द्री ,पदम विश्वाकर्मा ले सम्मान तथा कदर पत्र साथै मायाको चिनो प्रदान गर्नु भएको थियो ।
 समाजसेवी छम परियारले कलाकार हरुको उज्वल भबिश्यको कामना गर्दै जातिय भेद भाव बिरुद्ध पनि गीत गाउदै सामाजिक कुरितिको निम्ती निडर भई लग्न अनुरोध गर्नुभएको थियो भने कार्यक्रम समापन गर्दै सभापति पूर्ण नेपलीले यसरी स्वागत तथा सम्मान गर्न पाएकोमा आयोजक टिम लाई धन्यवाद दिदै समग्र दलित हरु एक भैसकेको अब केवल सस्त्र आन्दोलन गर्न मात्र बाँकी रहेको जनाउदै कार्यक्रम समापन गर्नुभएको थियो ।

No comments:

Post a Comment