सुदुर पश्चिमका तथा दलितका छोराछोरीलाई मास्टरडिग्री सम्मै निशुल्क:प्रधानमन्त्री

जेठ २०, जेठ - विभेद बिरुद्ध अभियान ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो सरकार स्थानीय निकायको चुनावसम्म नै नढल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपालको झण्डा भएको पानीजहाज चलाउने र सदरमुकाम जोडने २० वटा जिल्लामा ४ लेनको बाटो बनाउछु भन्दा विपक्षीहरु अत्तालिएको दाबी समेत गर्नुभयो ।
सुदुर पश्चिमका तथा दलितका छोराछोरीलाई मास्टरडिग्री सम्मै निशुल्क पढाउने भन्दै विकट जिल्लामा पनि विश्वविद्यालय उहाँको उद्घोष थियो ।
उँहाले तराईमा आगो बल्दै गर्दा एवं नाकाबन्दी भइरहँदा आफुले नै त्यस्को अन्त्य गरेको दाबी गर्नुहुदै सरकार परिवर्तनलाई लिएर कुनै गोप्य सहमति नभएको दाबी गर्नुभयो ।
उहाँले बजेटको लोकप्रियता देखेर विपक्षी अत्तालिएको जिकिर गर्दै सरकार परिवर्तनलाई लिएर कुनै भद्र तथा गोप्य सहमति नभएको पनि प्रष्ट पार्नुभयो ।
बिहीबार मानवअधिकार मन्च नेपालद्धारा काठमाडौंमा आयोजित नेपालको समृद्धिका लागि नागरिक तथा राजनीतिक संबाद नामक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुले नेतृत्व गरेको सरकारले आगामी निर्वाचन गराएरै छाडने र २ बर्षसम्म टिक्ने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले बजेट वितरणमुखी भएको आरोपको खण्डन गर्नुहुदै बजेट भन्ने विषय नै छर्ने भएको पनि प्रष्ट पार्नु भयो । उहाँले जनप्रभावकारी बजेटको कार्यान्वयन हुन थालेको देख्दा सहन नसकी छटपटिएको आरोप समेत लगाउनुभयो ।

No comments:

Post a Comment