आज जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस

जेष्ठ २१ - विभेद बिरुद्ध अभियान - आज जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइएको वि. सं. २०६३ साल जेठ २१ गते मुलुकलाई जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
आर्थिक, सामाजिक, राजनितिक, साँस्कृतिक तथा जातिय हिसाबले दलित समुदायमाथि भएका उत्पिडिन अन्त्य गर्ने उदेश्यले यो दिवस मनाउन थालिएको हो ।
जातियता उन्मुलन भएको भनेर बर्षौअघिदेखी घोषणा गरिएपनि अझै त्यसको उन्मुलन भने भएको छैन । अझैपनि विभिन्न ठाँउमा त्यसले जरा गाढेर बसेको पाईन्छ ।
दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा उत्पीडनमा रहेका सम्पूर्ण समुदायमा जातीय समानता र सदभावका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन ।
प्रधानमन्त्री ओलीले यस दिवसले जातीय भेदभाव तथा छुवाछूतको अन्त्यको सामाजिक जागरण सिर्जना गर्न प्रेरणा प्राप्त हुने पनि विश्वास व्यक्त गरेका थिए ।

No comments:

Post a Comment