रुकुमका १६ गाविस जातीय छुवाछूत मुक्त घोषणा भए

रुकुम, २८ जेठ ,विभेद बिरुद अभियान। बुधबार मात्रै रुकुम जिल्लामा थप तीन गाविस छुवाछूत मुक्त घोषणा गरी जिल्लामै अब १६ गाविस छुवाछूत मुक्त गाविस घोषणा भएको छ । यसअघि १३ गाविस छुवाछूत मुक्त घोषणा गरिसकेको थियो । आज १० नम्बर इलाकाअन्तर्गत आठविसकोट, आठविसडाँडा गाउँ, घेत्मालाई मुक्त गरिएको छ ।रुकुम जिल्लामा पहिलो चुनबाङ गाविसलाई २०७१ सालमा छुवाछूत मुक्त घोषणा गरिएको थियो । ‘जातीय विभेद छुवाछूत मुक्त तथा सद्भाव इलाकावासीको शान, सद्भाव सभ्य र समतामूलक समाज हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ१६ गाविसलाई छुवाछूत मुक्त गाविस घोषणा गरिएको छ ।
गाविस सचिव कविलदेव शर्माको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको प्रमुख अतिथि रुकुम क्षेत्र नं २ का सांसद तथा नेकपा ९माओवादी केन्द्र०का स्थायी समिति सदस्य जनार्दन शमाले कानुनमै अब छुवाछूत मुक्त घोषणा गरिसकेको अवस्थामा जातियताकै आधारमा कसैले कुनै पनि कारणमा छुवाछूत जस्ता अमानवीय हर्कत गरे कानुनले नछाड्ने बताएका थिए ।
छुवाछूत मुक्त राष्ट्र घोषणा गरे पनि दलितमाथि अझै छुवाछूत कायम रहेको वादी समुदाय उत्थान विकास समितिका उपाध्यक्ष पुष्प वादीले बताए । रासस

No comments:

Post a Comment