नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको पाचौं सम्मेलन असार १ गते हुने

जेष्ठ २४, विभेद बिरुद्ध अभियान -राजधानीमा आज बसेको नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको बैठक ले आउदो असार १ गते प्रतिष्ठानको पाचौं सम्मेलन भब्यताका साथ आयोजना गर्ने निर्णय गरेको छ  । प्रतिष्ठानका अध्यक्ष समेत रहेका पदम सुन्दासको अध्यक्षतामा बसेको आजको बैठकले देश विदेशमा रहेका सवै साहित्य र कलाप्रेमी दलित अभियन्ताहरुलाई निमन्त्रणा गर्दै यस सम्मेलनलाई एउटा पर्व ठानि साहित्य र कलाको क्षेत्रबाट दलित आन्दोलनमा योगदान पुर्याईरहनु भएका सहकर्मी मित्र तथा मान्यजनहरुलाई असार १ गते विहान ९ वजे नेपाल प्राज्ञ प्रतिष्ठानमा स्वतःस्फुर्त उपस्थित हुन सादर अनुरोध समेत गरेको छ ।

 सम्मेलनलाई भब्यताका साथ सम्पन्न गर्न सक्दो आर्थिक र भौतिक सहयोग गर्न समेत अपील गर्दै सम्मेलनबाट नयाँ कार्यसमिती समेत चयन हुनेहुँदा कार्यसमिती र त्यसका निकायहरुमा रही काम गर्न इच्छुक मित्रहरुलाई निमन्त्रणा समेत गरिएको छ ।

 साहित्य र तत्कालीन दलित आन्दोलनलाई टेवा पुराउन दलित साहित्य तथा संस्कृति प्रतिष्ठान खोल्नु जरुरी ठान्दै धरानमा साहित्य लेखनको सुरुवात गरिरहेका जवाहर रोकाको परिकल्पना अनुसार आहुति, पदम सुन्दास, स्वर्गीय रामशरण दर्नाललगायत केही दलित साहित्यकारको अगुवाइमा दलित साहित्य तथा संस्कृति प्रतिष्ठान जन्मिएको थियो । दलित साहित्यलाई बलियो र फराकिलो पार्न प्रतिष्ठानबाट दलित साहित्यकार र दलित सरोकार राख्ने हालसम्म तीसवटा भन्दा बढी कृतिहरु समेत  प्रकाशनमा आएको दलित साहित्य तथा संस्कृति प्रतिष्ठानमा जवाहर रोकापछि पदम सुन्दास प्रतिष्ठानको अध्यक्ष छन् ।

स्रोत : सरोज बिस्वकर्मा 

No comments:

Post a Comment