मनहरी गाबिस ब्यबहारिक रुपमै छुवाछुत मुक्त गाबिस घोषणा


मनहरी, ज्येष्ठ २१ गते , विभेद विरुद्ध अभियान - नेपालमा जातीय छुवाछ्त मुक्त राष्ट्र घोषणा गरिएको दिनको अवसर पारेर सामुदायिक बिकास केन्द्र किशोर किशोरी संजाल मनहरीले मकवानपुर जिल्लाको पश्चिमी  गाबिस मनहरीलाई  ब्यबहारिक रुपमै छुवाछुत मुक्त गाबिस घोषणा गरेको छ | 

राष्ट्रिय दलित आयोगका सदस्य माननीय रुप बहादुर परियारले एक समारोहका बिच ब्यानरमा टांगिएको रिबन काटेर र ब्यानरमा लेखिएको शब्द उच्चारण गरेर छुवाछुत मुक्त गाबिस घोषणा गर्नु भएको हो | प्रमुख अतिथि परियारले जन्मदा सबै जना शुद्र भएर जमन्छन कर्मले मानिस श्रेष्ठकर महान हुन्छन त्यसैले जातीय छुवाछुत मानब समाजको कलंक हो | हामी सबैले यसलाई हटाउनु पर्छ र समतामुलक समाजको निर्माण गर्नु पर्छ |

 मनहरी ब्यबहारिक रुपमै छुवाछुत मुक्त गाबिस हुनुले मुलुक भरी सकारात्मक संदेश प्रवाह हुने र सबैतिर यसको अनुकरण हुने कुरा बताउनु भयो | दलित समुदायलाई अवसर प्रदान गर्नुपर्छ | अवसर पाएमा महत्वपूर्ण काम गर्न सक्छन त्यसैले राज्यले अवसर, सेवा ,सुबिधा प्रदान गर्नुपर्ने कुरा बताउनु भयो | कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. मान बहादुर बिश्वकर्मा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य राम कृष्ण देउला नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य एबम मकवानपुर इन्चार्ज युक्तलाल बिश्वकर्मा महिला बालबालिका कार्यालयका प्रमुख शोभा शाह नेकपा एमाले मकवानपुरका सदस्य नवराज सुबेदी नेकपा माओबादी केन्द्रका ओम घलान नेपाली कांग्रेसका प्रतिनिधि नारायण उप्रेती लगायतकाले मनहरी गाबिस ब्यबाहरिक रुपमै छुवाछुत मुक्त गाबिस घोषणा भएकोमा सम्बध्द सबैमा धन्यवाद दिदै आफ्नो तर्फबाट प्रतिबध्दता ब्यक्त गर्नु भएको थियो |

 कार्यक्रममा राष्ट्रिय तथा स्थानीय लोक गायकहरु अमृत खाती ,जीबन परियार ,र्याम्के लामा सुन्दर लामा मकवानपुर आईडियल दिपराज केसीले बिबिध सांस्कृतिक माध्यमबाट भरपुर मनोरंजन प्रदान गर्नु भएको थियो | संबाद केन्द्रमा आबध्द बिद्यार्थीहरुले आकर्षक नृत्य सहित जातीय छुवाछुत बिरुध्दको नाटक बल्ल थाहा पाए प्रस्तुत गरेका थिए | मार्च २१ बाट सुभारम्भ गरिएको यो अभियान १०० दिनको बिबिध क्रियाकलाप पश्चात ज्येष्ठ २१ गते छुवाछुत मुक्त गाबिस घोषणा गरिएको हो |

 १०० दिने अभियानमा सामाजिक ,धार्मिक राजनीतिक र शैक्षिक क्षेत्रसंग आबध्द व्यक्ति समुदाय संग अन्तरक्रिया, सडक नाटक, टोल स्तरीय भेला, छलफल कार्यक्रमहरु संचालन भएको थियो | कार्यक्रमको अध्यक्षता गाबिस सचिब एबं कार्यक्रम संयोजक शिबराज कोइरालाले गर्नु भएको थियो भने  अभियानका सदस्य एबम संचार संयोजक शिब कुमार कासीले स्वागत गर्नु भएको थियो | कार्यक्रम संचालन दलित अभियन्ता कमल कुमार विश्वकर्माले गर्नु भएको थियो | कार्यक्रममा सहभागीहरुले पन्चे बाजाका साथ नारा जुलुस सहित मनहरी बजार परिक्रमा गरि औपचारिक कार्यक्रममा सहभागिता जनाएका थिए |   

No comments:

Post a Comment