दलित र उत्पीडितहरुसँग क्षमा माग्ने अभियान भाइरल बन्दै :- विजयकान्त कर्ण

मधेशी नेता अनिल कुमार झा गाउँलेसामु माफी माग्दै
५ असार, विभेद बिरुद्ध अभियान- २०३५/३६ सालको विद्यार्थी आन्दोलनले मलाई समाजमा र देशमा रहेको विभेदबारे बुझ्ने मौका दियो । आफू र आफ्नो परिवारले दलित, मुस्लिम र अन्य जातिसँग गर्ने व्यवहार मलाई पहिला सामान्य लाग्थ्यो । हामी ठूला जातका हौँ, सानो जातका बच्चाहरुसँग खेल्नु र संगत गर्नु हुँदैन, स्कुलबाट फर्केपछि हामी आफ्नै दाजुभाइ वा तथाकथित ठूला जातका बच्चाहरुसँग मात्र खेल्न हाम्रा अभिभावकले भन्थे ।
पहिले मलाई सामान्य लाग्थ्यो तर पछि बुझ्दै जाँदा यो अत्यन्तै अमानवीय, असमानता र शोषणका आधारमा सञ्चालित समाज सञ्चालनको अत्यन्त निकृष्ट रुप रहेछ । २०३७ सालमा पहिलो चोटि एक जना चमार जातिको घरमा गएर पानी खाँदा झण्डै गाउँबाट लखेटिएको सम्झना आउँछ ।
२०३७ सालमा पहिलो चोटि एक जना चमार जातिको घरमा गएर पानी खाँदा झण्डै गाउँबाट लखेटिएको सम्झना आउँछ ।
२०६३ सालमा राष्ट्रिय सभागृहमा मधेशी, दलित, जनजाति र महिलालगायत पछाडि पारिएका समुदायको एक भेलामा मैले हात जोडेर दलित र मुस्लिम समुदायसँग क्षमा माग्दा मानव अधिकारवादी आदरणीय श्री पदमरत्न तुलाधरले “भाइ, तपाईंले धेरै राम्रो सुरुवात गर्नुभयो, म पनि क्षमा माग्छु” भन्दा ३ मिनेटसम्म सहभागीहरु उठेर ताली पिटेको सम्झना आउँछ । त्यसै सभामा पूर्व सभासद श्री पदमलाल विश्वकर्माले दलित भएर पनि मधेशीहरुसँग गरेको भेदभावको क्षमा माग्नुभएको पनि सम्झन चाहन्छु ।
अहिले मसहित केही मित्रहरु मधेशको राजनीतिक आन्दोलनसँग सामाजिक, जातीय, सांस्कृतिक र अन्य विभेदविरुद्ध आवाज उठाउन आफू र आफ्नो परिवारको तर्फबाट क्षमा माग्ने अभियान सामाजिक संजालमा चलाएका छौँ । यो अभियानलाई सामाजिक, राजनीतिक आन्दोलनसँग जोडेर हेर्दा उपयुक्त हुन्छ । यो आत्मसन्तुष्टिको अभियान होइन, यो अभियानले केही मात्रामा पनि मधेशी समाजमा रहेको विभेद बुझ्न र त्यसलाई समाप्त पार्ने कार्यमा योगदान गर्‍यो भने यो सार्थक अभियान हुनेछ ।
समाजमा रहेको विभेदविरुद्ध  अनेक प्रकारले अभियान सञ्चालन गर्न सकिन्छ । यो अभियानसँग असहमत हुने मित्रहरुले आ–आफ्नो बुद्धि र विवेकको प्रयोग गरेर अरु तरिकाले अभियान चलाए हुन्छ । त्यसमा मेरो सहमति र सहयोग हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु । यो अभियानले मधेशमा रहेका अनेकौँ सामाजिक, सांस्कृतिक तथा जातीय कुरीतिहरुको बारेमा एउटा सार्थक बहस हुन्छ भन्ने आशा गरेका छौँ ।
यो आत्मसन्तुष्टिको अभियान होइन, यो अभियानले केही मात्रामा पनि मधेशी समाजमा रहेको विभेद बुझ्न र त्यसलाई समाप्त पार्ने कार्यमा योगदान गर्‍यो भने यो सार्थक अभियान हुनेछ ।
त्यसैले आज म यो अभियानमा आफ्ना केही स्मृतिसहित भोजपुरी, मैथिली, अंग्रेजी, नेपाली र हिन्दी भाषामा पुनः यो बचनबद्धता दोहोर्‍याएको छु
दलित, मुस्लिम, थारु, मधेशके जनजाति, महिला अउरी सीमान्तकृत सदभावके विरुद्ध भइल पुस्तौँसे ऐतिहासिक, अमानवीय, अमर्यादित व्यवहार अउरी भेदभावमे हमर संलग्नता खातिरा हम हाथ जोडके क्षमा मांगेतानी । यी उत्पीडक संरचनाके फायदा हमर परिवार अउरी हम प्राप्त करत आइलबानी । सामाजिक, सांस्कृतिक, धार्मिक विभेद, आर्थिक शोषण अउरी सीमान्तकृत समुदायके विरुद्वमे होखेवाला व्यक्तिगत अपमानपूर्ण व्यवहार के विरोधके लडाईमे अपना तरफसे सम्पूर्ण प्रयासके बचनबद्धता करतानी । हम यि ऐतिहासिक अन्याय के खतम करेके सब प्रयासमे अपन समर्थन के प्रतिबद्धता करतानी । न्याय, समानता अउरी अधिकार खातिर होखेवाला संघर्षमे वो लोग के साथमे रहेके प्रण करतानी ।
दलित, मुस्लिम, थारु, महिला आ औरो सीमान्त समुदाय सबके साथ कइल गेल ऐतिहासिक, अमानुस आ पुस्तोंसँ कइल गेल भेदभावमे हमर… संलग्नताक लेल हम हुनका सबसँ व्यक्तिगत रुपसँ माफी मागै छी । हमर परिवार आ हम इहे दमनकारी संरचनाके कारण विशेषाधिकारसँ लाभान्वित भेलछि । आई, हम ई प्रण करै छि कि सीमान्तकृत समुदायसँ कइल गेल सामाजिक आ धार्मिक भेदभाव, आर्थिक शोषण र व्यक्तिगत अपमानक विरुद्ध लडबाक लेल हमर पूर्ण समर्थन अछि । यी ऐतिहासिक अन्याय हटेबाक लेल होइबाला प्रयास सबम हमर सकृय आ पूर्ण समर्थनमे प्रतिबद्धता अछि । न्याय, समानता र अधिकारक लेल हुनका सबके संघर्षमे हमर साथ रहत सेहो प्रण करैछी । 
हमर परिवार आ हम इहे दमनकारी संरचनाके कारण विशेषाधिकारसँ लाभान्वित भेलछि ।
I extend a deep personal apology to Dalits, Muslims, Tharus, women and other marginalised groups for my complicity in the historic, inhuman, degrading discrimination against them for generations. My family and I have been privileged beneficiaries of this same oppressive structure. Today, I pledge to do my best to fight the social, cultural and religious discrimination, economic exploitation and personal humiliation perpetuated against marginalized groups. I commit to supporting all measures to correct this historic injustice. I pledge my solidarity in their struggle for justice, equality and rights.
दलित, मुस्लिम, थारु, महिला र सीमान्तकृत समुदायहरुका विरुद्ध पुस्तौंदेखि भएको ऐतिहासिक, अमानवीय, अमर्यादित व्यवहार तथा भेदभावमा मेरो संलग्नताका लागि म विनम्र माफी माग्दछु । यो उत्पीडक संरचनाको लाभ मेरो परिवार र मैले पनि प्राप्त गर्दै आएका छौं । सामाजिक, सांस्कृतिक तथा धार्मिक विभेद, आर्थिक शोषण र सीमान्तकृत समुदायका विरुद्ध हुने व्यक्तिगत अपमानपूर्ण व्यवहारविरुद्ध लड्न म आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रण गर्दछु । म यो ऐतिहासिक अन्याय सच्याउने सबै प्रयासलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । न्याय, समानता तथा अधिकारको लागि हुने संघर्षमा उहाँहरुलाई मेरो साथ रहिरहने वाचासमेत गर्दछु ।
I commit to supporting all measures to correct this historic injustice.
मैं दलित, मुस्लिम,थारू, महिला एबं अन्य सीमान्तकृत समुदाय के प्रति हुए ऐतिहासिक, अमानवीय और पीढ़ियों से हुए अपमानजनक भेदभाव में अपनी सहपराधिता के लिए उन समुदायों से ह्रदय से ब्याक्तिगत रूप से क्षमा मांगता हूँ । मैं और मेरा परिवार इस दमनकारी संरचना से लाभान्वित हुए है । आज मैं प्रतिज्ञा करता हूँ की मैं इन सीमान्तकृत समुदायों के विरुद्ध हुए सामाजिक, सांस्कृतिक एवं धार्मिक भेदभाव, आर्थिक शोषण और व्यक्तिगत अपमान के खिलाफ लड़ाई में अपनी तरफ से पूर्ण और सक्रिय समर्थन करूँगा । मैं इस ऐतिहासिक अन्याय के खिलाफ उठाये गए हर प्रयास का समर्थन करूँगा। मैं पुनः न्याय, समानता और और अधिकार के लिए उनकी लड़ाई में अपनी प्रतिबद्धता व्यक्त करता हूँ ।
फिचर तस्बिर : क्षमा माग्दै मधेशी, थारु र मुस्लिम पत्रकार ।  बीपी साहको वालबाट । इसमता बाट

No comments:

Post a Comment