क्षमायाचना अभियान: अमानवीय व्यवहार खपेर बसेकाहरुलाई सम्मान दिनु गलत हो ?

५ असार, विभेद बिरुद्ध अभियान  - गत साता सामाजिक संजालमा सबैभन्दा चर्चाका विषय रह्यो मधेसमा चलेको “क्षमायाचना अभियान”। अधिकांशले अभियानलाई सकारात्मक रुपमा लिएको पाइयो । यस्ता अभियान देशभरि नै चलाउनु पर्ने पक्षमा पनि केही देखिए । तर केही मधेशी संचारकर्मीहरु नै अभियानको विरुद्धमा लागेको देखिन्छ । अभियानको विरोध गर्दा उनीहरु व्यक्तिगत आक्षेप, डलरको खेती, आम्दानीको लेखाजोखा देखि छोराछोरीको स्कुलसम्मको हिसाबकिताब गर्न पछि परेनन् ।
तर जसजसले यो अभियान शुरु गर्नुभयो, उहाँहरुबारे खासै बोलेको देखिएन । हामीलाई मात्रै टारगेट गरेको देखियो । के अभियानकर्ताहरुबीच जातीयताको आधारमा विभाजन ल्याउन खोजेको हो कि ?
विरोध गर्नेहरुको तर्क दिनुहुन्छ कि यो अभियानले अहिलेको जारी राजनीतिक आन्दोलनलाई कमजोर बनाउँछ । वर्षौंदेखिको जातीय सद्धभावलाई खल्बल्याउँछ ।
विरोध गर्नेहरुको तर्क दिनुहुन्छ कि यो अभियानले अहिलेको जारी राजनीतिक आन्दोलनलाई कमजोर बनाउँछ । वर्षौंदेखिको जातीय सद्धभावलाई खल्बल्याउँछ । यो आन्दोलन डलरको खेती हो । सामाजिक संजालमार्फत सस्तो लोकप्रियता बटुल्नको लागि गरेको आदि ।
अब म उहाँहरुलाई जवाफ दिन चाहन्छु, के मधेसी समुदायसँग राजनीतिक समस्या मात्र छ ? के मधेसी समाजभित्र सामाजिक विभेद छैन् ? के यस अभियानमा लागेकाहरुले मधेसमा जारी आन्दोलनको विरोध गर्नुभएको छ ?

क्षमायाचना अभियान एउटा सामाजिक आन्दोलन हो । राजनीतिक आन्दोलन सुस्त भएको बेला यस अभियानले त्यसलाई झन सहयोग पुर्‍याउँदैन र ? यो अभियानले बरु मधेसी समाजमा कायम रहेको जातीय विभेदलाई कम गर्छ र चलेको मधेश आन्दोलनलाई कमजोर बनाउँदैन बरु बलियो बनाउन मद्दत गर्छ ।
जहाँसम्म मधेसी समाजमा वर्षौंदेखिको जातीय सदभावको रहेको थियो भनिन्छ, त्यो सत्य होइन । जातीय सद्धभाव थिएन । दलितहरुले सहेर बसेका थिए । हामी उच्च जातका वा मध्यम जातकाले दलितहरुसँग छुवाछूतजस्ता अमानवीय व्यवहार गरेकै हो । त्यसैले क्षमायाचना अभियानले सद्धभाव खल्बलिँदैन बरु झन मजबुत हुन्छ ।
जहाँसम्म मधेसी समाजमा वर्षौंदेखिको जातीय सदभावको रहेको थियो भनिन्छ, त्यो सत्य होइन । जातीय सद्धभाव थिएन । दलितहरुले सहेर बसेका थिए ।
हरेक अभियान चलाउन डलर नै चाहिन्छ भने होइन, इच्छाशक्ति भए पुग्छ । यदि कसैलाई त्यस्तो लाग्छ भने प्रमाण पेस गर्न आग्रह गर्दछु । जहाँसम्म देखावटीको कुरा छ त्यो त समयले प्रमाणित गर्ने हो । यसअघि सामाजिक संजालमा कस्ता कस्ता फोटोहरु राखेको कसैबाट लुकेको छैन । आफूहरुले जस्तो पनि फोटो राख्दा हुने तर अरुले राम्रो काम गरेको फोटो राख्दा पनि हलिखल्ली मचाउने ?
अब म प्रश्न गर्न चाहन्छु के राजनीतिक माग पूरा नहुन्जेल हाम्रो समाजमा रहेका विभेदहरुबारे मौन बस्ने ? कि सँगसँगै समाजका कुरीतिहरु पनि हटाउने प्रयास गर्ने ? के यो आन्दोलनमार्फत वर्षौंसम्म अमानवीय व्यवहार खपेर बसेकाहरुलाई सम्मान दिनु गलत हो ?


इसमता बाट

No comments:

Post a Comment