प्रधानमन्त्री निवासमा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस

काठमाडौं,जेष्ठ २१ - विभेद बिरुद्ध अभियान –प्रधानमन्त्री निवास बालुवाटारमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइएको छ। यो बर्षको बजेटमा जेठ २१ लाई 'जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस'मनाउने घोषणा गरे लगत्तै निवासमै यो दिवस मनाइएको हो।प्रथम दिवस समारोहलाई सम्वोधन गर्दै ओलीले दलित माथि बिद्यमान भेदभाव तथा छुवाछुत अन्त्यका लागि संबैधानिक व्यवस्था अनुरुप कार्यान्वयनमा अघि बढ्नु पर्नेमा जोड दिए। 'जातीय छुवाछुत पछौटे र सामान्ती समाजको उपज हो,यसलाई व्यवहारिक रुपमै अन्त्य गर्दै लैजानु पर्छ'प्रधानमन्त्री ओलीले भने।
जातीय मुक्तिको खातिर संघर्ष गर्ने अग्रहरुलाई सम्मान व्यक्त गर्दै प्रधानमन्त्रीले देशमा गरिव उत्पीडितहरुको पालो आउँदै गरेको बताए। उनले दलित माथिको भेदभाव अन्त्य हुँदै जाने बताए। 'यो विज्ञान र सत्यको जमाना हो,सामाजिक आन्दोलन तिब्रताका साथ अघि बढ्न आवश्यक छ' उनले भने।पछि परेका समुदायको सम बिकास नभएसम्म समाज बिकास अधुरै रहने जनाउँदै ओलीले समान सामाजिकीकरण, समान सम्मान र नभएको अवस्थासम्मका लागि आरक्षण,सकरात्मक बिभेदको व्यवस्था कायम रहने बताए। दलितहरुलाई समान बिकासमा ल्याउन यसै बजेटमा उच्च शिक्षासम्मको लागि निशुल्कः शिक्षाको व्यवस्था गरेको जनाए। दलित शिक्षित भएपछि मात्र सवैसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुग्ने भएकोले शिक्षामा प्राथमिकता दिएको ओलीले बताए।
बालुवाटार पुगेका दलितहरुले प्रम ओली प्रधानमन्त्री बन्नु अघिदेखि नै दलित मुक्तिको आन्दोलनमा सहयोग र योगदान पुर्याउँदै आएको कुरा औंल्याए।'प्रधानमन्त्रीकै नेतृत्वमा गठन हुने जातीय भेदभाव तथा छुवाछुत उन्मूल संयन्त्र गठन हुने कुराले दलित समुदाय गौरवान्वित छ'एमाले नेता जितु गौतमले भने।एमाले नेता छविलाल बिकले नेपाल जातीय भेदभाव तथा छुवाछुत मुक्तिको दिशामा कानुनी रुपमा अघि बढिसकेको भएपनि कार्यान्वयनमै चुनौती रहेको जनाए। 'समाजमा बिद्यमान छुवाछुत र बिभेदको पर्खाल भत्काउन नसकेको विश्व सामु सगरमाथा र बुद्धको देशको स्वाभिमान झुकेको छ 'उनले भने। 

No comments:

Post a Comment