यो वर्षको सुभाष दर्नाल अवार्ड पुरस्कार रक्षाराम चमारलाई प्रदान गर्ने निर्णय

२०७३ जेष्ठ २७,विभेद बिरुद्ध अभियान  -  सामाजिक न्यायको क्षेत्रमा क्रियाशील रहँदा–रहँदै छोटो उमेर बाँचेका जागरण मिडिया सेन्टरका संस्थापक अध्यक्ष तथा सामाजिक न्यायका अभियन्ता सुभाष दर्नालका सपना र कामको सम्मानस्वरुप ‘सामाजिक न्यायका लागि सुभाष दर्नाल अवार्ड’ स्थापना गरिएको हो । सरिता परियार ट्रष्ट फण्डसहयोग तथा जागरण मिडिया सेन्टरको साझेदारीमा यो अन्तर्राष्ट्रिय पुरस्कार आम उत्पीडितहरूले देखाएका विशिष्ट क्षमता र उनीहरूको शक्तिको सम्मान हो । नगद पाँच लाख रुपैयाँ राशीको यो पुरस्कारको मुख्य लक्ष्य विशेषतः नेपाल र नेपालबाहिरका सीमान्तकृत तथा उपेक्षित समुदायलाई समतामूलक समाज निर्माणका लागि उत्प्रेरित गर्नु हो ।
सुरुवात वर्ष भएकाले यो वर्षको अवार्ड नेपालका सीमान्तकृत समुदायहरू, तिनमा पनि विशेषतः दलित समुदायको सामाजिक न्याय, सम्मानित जीवन र उज्ज्वल भविष्यका लागि योगदान पु¥याएका ४० वर्षमुनिका दलित समुदायका युवालाई प्रदान गर्ने निर्णय गरिएको हो । “सामाजिक न्यायका लागि सुभाष दर्नाल अवार्ड, पुरस्कार छनोट समिति”को सिफारिस बमोजिम यस वर्षको सुभाष दर्नाल अवार्ड सामाजिक न्यायको क्षेत्रमा निरन्तर क्रियाशील कपिलबस्तु जिल्ला बाँसखोर–६ का २८ वर्षीय श्री रक्षाराम चमारलाई सुभाष दर्नालको जन्म तिथि जुन ८ को अवसर पारेर प्रदान गर्ने निर्णय गरिएको जानकारी सहर्ष सार्वजनिक गर्न चाहन्छौँ ।
बुबा जिलाजीत चमार र आमा बासमती चमारको जेठो सन्तानको रुपमा २०४४ भाद्र १ गते जन्मिएका रक्षाराम चमार त्रिभुवन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर गरी कानुनमा स्नातक गर्दै हुनुहुन्छ । हाल उहाँ तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को मानवअधिकार अधिकृतको रुपमा क्रियाशील हुनुहुन्छ । उहाँले अन्य दुई सामाजिक अभियन्तासँग मिलेर, नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)बीच २०७२ जेठ २५ गते भएको सोह्रबँुदे सहमतिलाई ‘असंवैधानिक’ भनेर दिएको रिट निवेदनमा सर्वोच्च अदालतको अन्तरिम आदेशले नै नेपालको संविधान २०७२ मा सङ्घीयता सुनिश्चित हुने मार्ग प्रशस्त गरेको थियो । करिब १९ वर्षको उमेरमै आफ्नो गाउँमा दलित विद्यार्थीहरूलाई लक्षित गरी विद्यालय स्थापना गर्नमा महत्वपूर्ण भूमिका खेल्नुभएका चमारले यसबीचमा विशेषगरी समावेशीकरण र सामाजिक न्यायको सवालमा निरन्तर पैरवी गर्दै आउनुभएको छ ।
अवार्ड छनौटका लागि नेपालको सामाजिक, राजनीतिक तथा सामाजिक न्यायको क्षेत्रमा विशेष योगदान पु¥याउनुभएका ५५ जना विशिष्ट व्यक्तिलाई प्रस्तावकका रुपमा आमन्त्रित गरिएकोमा ३० जनाले प्रस्ताव सिफारिस गर्नुभएको थियो । कुल प्रस्तावकमध्ये ३४ प्रतिशत दलित, २७ प्रतिशत जनजाति, २३ प्रतिशत ब्राह्मण÷क्षेत्री र १३ प्रतिशत मधेशी समुदायबाट हुनुहुन्छ भने उहाँहरूमध्ये १७ प्रतिशत महिला हुनुहुन्छ । प्रत्येक प्रस्तावकबाट दुई जना उम्मेदवार प्रतावित गरिने यो प्रक्रियामा कुल ४३ उम्मेदवार (२ सामाजिक आन्दोलन, १ संस्था र ४० व्यक्तिगत) प्रस्तावित भएकोमा १२ जना महिला हुनुहुन्छ । तर, कुल प्रस्तावित उम्मेदवारमध्ये २८ उम्मेदवारमात्र दर्नाल अवार्डको निर्देशिका बमोजिम छनोट प्रक्रियामा सहभागी गराइएको थियो । छनोट प्रक्रियाको दोस्रो चरणमा पुरस्कार परिचालन समितिले सम्भावित उम्मेदवारहरूको प्रारम्भिक सूचीबाट दश जना मुख्य प्रतिस्पर्धीको संक्षिप्त सूची तयार गरेको थियो । तेस्रो चरणमा पुरस्कार छनोट समितिले एक जना वैकल्पिकसहित चार जना उम्मेदवारको संक्षिप्त सूची तयार गरी उहाँहरूसँगको छलफल, थप अध्ययन तथा स्थलगत अनुसन्धानमार्फत् एक पुरस्कृत व्यक्ति छनौट गरिएको हो । अवार्ड छनोटको प्रक्रियालाई पारदर्शी बनाउन हरेक गतिविधिलाई भिजुअल अभिलेखीकरण समेत गरिएको छ ।
सामाजिक न्याय र दलित सशक्तीकरणका लागि सङ्घर्षरत व्यक्ति, संस्था वा आन्दोलनलाई सुभाष दर्नालको वार्षिक तिथिको अवसर पारेर हरेक वर्ष अगष्ट १५ का दिन दिइने यो अवार्ड आगामी २०७३ साउन ३१ का दिन राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौंमा एक अन्तर्राष्ट्रिय समारोहबीच प्रदान गरिने छ । यस वर्षको पुरस्कार वितरण समारोहका लागि अमेरिकाको स्ट्याण्डफोर्ड विश्वविद्यालयका राजनीतिक समाजशास्त्री प्रा. ल्यारी डायमण्ड, नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीका संस्थापक अध्यक्ष तथा संयुक्त राष्ट्रसंघीय मानवअधिकार समितिका लागि पूर्व अमेरिकी प्रतिनिधि कार्ल गर्सम्यान, भारतीय अर्थशास्त्री तथा युनिभर्सिटी ग्य्राण्ट्स कमिसनका पूर्व अध्यक्ष प्रा. सुखदेव थोराटलगायत सामाजिक न्यायको क्षेत्रमा ख्यातिप्राप्त राष्ट्रिय/अन्तर्राष्ट्रिय विज्ञहरू उपस्थित हुने कार्यक्रम तय भएको छ । उक्त दिन पुरस्कार वितरण समारोहअघि “The politics of Dignity and Equity: Dalits in Nepal” विषयक एक अन्तर्राष्ट्रिय विमर्श कार्यक्रम समेत आयोजना गरिने छ ।
जागरण मिडिया सेन्टर र सरिता परियार ट्रष्ट फण्ड सामाजिक न्यायका लागि सुभाष दर्नाल अवार्डबाट सम्मानित हुनुहुने व्यक्तित्व, साझेदार संस्थाहरू, पुरस्कार परिचालन समिति, पुरस्कार छनोट समिति र यस वर्षका लागि उम्मेदवार प्रस्ताव गर्नुहुने प्रस्तावकहरू सबैलाई संयुक्त रुपमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै सामाजिक न्यायका क्षेत्रमा क्रियाशील सम्पूर्ण राष्ट्रिय÷अन्तर्राष्ट्रिय समुदायलाई सामाजिक न्यायको प्रवर्धनमार्फत् जातपातमा आधारित विभेद र छुवाछूत अन्त्यका लागि हातेमालो गर्न आह्वान गर्दछौं ।
रेमबहादुर विक 
अध्यक्ष, जागरण मिडिया सेन्टर
सरिता परियार

ट्रष्टि, सरिता परियार ट्रष्ट फण्ड
www.darnalaward.org बाट

No comments:

Post a Comment