साहित्यकार रोशन परियारको “सियोको दुर्बिन” कविता संग्रह बिमोचित

(बिमोचन समारोहमा बोल्दै कवि रोशन परियार)
१४ असार,विभेद बिरुद्ध अभियान – पूर्बी नेपालको धनकुटा जिल्लाको पर्यटकीय सुन्दर नगरी पाख्रिबास -४ मा जन्मेर बाल्यकाल देखि नै फुटकार रुपमा नेपाली साहित्यको श्रीबृद्दिको निम्ति कलम चलाई रहनु हुने एक प्रखर युवा साहित्यकार रोशन परियारको “सियोको दुर्बिन” कृति बिमोचन भएको छ।साहित्य बिज्ञान प्रतिस्ठान,नेपालको दोश्रो बार्षिक महोत्सवको एक भब्य कार्यक्रममा गत असार ११ गतेका दिन काठमाडौंमा प्रमुख अतिथी उपराष्ट्रपति नन्दकिशोर पुन र गृहमन्त्री शक्ति बहादुर बस्नेतको विशेष आतिथ्यमा उक्त कृति बिमोचन भएको हो ।
नेपाली साहित्य आकासका एक नक्षत्रको रुपमा रहेका साहित्यकार परियारको नयां कृतिमा बिम्व,शैली र प्रतीकहरुको बिछट्टै सम्मिश्रण रहेको छ  ।दलित हक,हित,अधिकार र उत्थानका लागि सकृय र निरन्तर लागि पर्नु भएका परियारका कबिता तथा गजलहरुमा समेत परिबर्तनका शब्दहरु स्पष्ट रुपमा पाउन सकिन्छ ।परियारको फुटकार रुपमा विभिन्न राष्ट्रिय साहित्यिक पत्रिका,अनलाइन पत्रिकाहरुमा कविता,गजल प्रकाशित भइसके पनि कृतिको रुपमा यो पहिलो रहेको छ । 

उनका कृति तथा सम्मानहरु 
१. साहित्य विज्ञान प्रतिष्ठान नेपाल, काठमाण्डाैंले अायाेजना गरेकाे राष्ट्रिय कविता प्रतियाेगिता २०७१ मा सर्बाेत्कृष्ट पाँच प्रथम राष्ट्रिय काव्यतारामा एक बन्न सफल (नगद तथा प्रमाण पत्र)
२. याकु साँस्कृतिक परिषद, भाेजपुर बाट ,प्रशंसा पत्र (२०७२)
३. B. FM बिराटनगरले अायाेजना गरेकाे खुल्ला गजल प्रतियाेगिता २०७२ मा तृतिय हुन सफल (नगद तथा प्रमाण पत्र )
४. नेपाली कला साहित्य डट कम प्रतिष्ठान ललितपुर र श्री गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय धनकुटाबाट प्रशंसा पत्र (२०७२)
५. दलित एकता समाज धनकुटाबाट सम्मानित (२०७३)
६. एकल कविता संग्रह,,,सियाेकाे दुर्बिन
७. उपराष्ट्रपतीबाट बिमाेचित २०७३ असार ११
८. बिभिन्न पत्र पत्रिकामा रचना प्रकाशित तथा रेडियाेहरूमा साहित्यिक अन्तर्वार्ता
९. विश्व नेपाली साहित्य महासंघबाट अायाेजित अन्तराष्ट्रिय कविता प्रतियाेगितामा उत्कृष्ट २० कविमा छैठाैं बन्न सफल र नेपाली, चिनियाँ र हिन्दी भाषामा कविता संग्रह प्रकाशन हुुने
१०. २०७३ सालमा बाल प्रतिभाहरूको सम्मानका लागि रू एक लाख राशीको रोशन परियार बालतारा अक्षयकोषको स्थापना समेत गर्नु भएको छ ।
११. पाख्रीबास कला साहित्य समाजकाे संयाेजक
१२. बिभिन्न साहित्यिक संघ संस्थाहरूमा आबद्द भने 

माधव सिवाको सहयोगमा 

No comments:

Post a Comment