मकवानपुरमा छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस मनाइयो

 हेटौडा ,मकवानपुर-जेष्ठ २१- विभेद विरुद्ध अभियान  ।दलित उत्थान जिल्ला   समन्वय समिति मकवानपुरको आयोजनामा २०६३ ज्येष्ठ २१ गते पुनर्स्थापित प्रतिनिधि सभाको बैठकले जातीय छुवाछुतको अन्त्यको लागि राज्यको तर्फबाट गरिएको छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको दिनको स्मरण गर्दै  दशौ छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मान बहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा एक समारोहका बिच सम्पन्न भएको छ । 

डाक्टर विश्वकर्माले आर्थिक समृध्दीको लागि योजना निर्माण गर्ने र आफ्नो योग्यता र दक्षताको  पहिचान स्थापित गर्नुपर्ने कुरा बताउनु भयो । आफ्नो समुदायको हक अधिकार प्राप्तिका लागि शिक्षित बन, संगठित हौ र संघर्ष गर भन्ने भारतीय संबिधान निर्माता अम्बेडकरको भनाईको चर्चा गर्दै हामीले पनि सोही अनुसार जातीय छुवाछुतको अन्त्यको लागि क्रियाशील हुनुपर्ने कुरामा समेत जोड दिनु भयो । कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य युक्तलाल बिश्वकर्मा नेपाल दलित संघका केन्द्रीय सदस्य पवित्रा बिश्वकर्मा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य रामकृष्ण देउला नेकपा एमाले मकवानपुरकी उपसचिव मीना लामा नेकपा माओबादी केन्द्र मकवानपुरका सदस्य जंग बहादुर बिश्वकर्मा नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल बिश्वकर्मा राप्रपा नेपालका नबराज बिष्ट लगायतकाले ज्येष्ठ २१ को सान्दर्भिकता र दलित समुदायले निर्वाह गर्नुपर्ने भूमिकाको बिषयमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रम समन्वय समितिका उपाध्यक्ष डम्बर विश्वकर्माको अध्यक्षतामा र जिल्ला विकास समिति मकवानपुरका बरिष्ठ सामाजिक बिकास अधिकृत रामकृष्ण थापाले संचालन गर्नु भएको थियो ।  कार्यक्रममा दलित समुदायको उल्लेख्य सहभागिता रहेको थियो । 

No comments:

Post a Comment